समाचार

News & Reports.

शनिबार इटहरीमा पौडेल बन्धुहरुको भेला

इटहरी/पौडेलवंश संस्कृति प्रवर्द्धन समाजले यहि शनिबार २०७४–८–१६ गते विहान ११ः०० बजे इटहरी उपमहानगरपालिकामा रहेका पौडेल बन्धुहरुको भेला गर्दैछ । उक्त भेला इटहरीको गोर्खा डिपार्टमेन्टमा हुने समाजका बेनु प्रसाद पौडेले जानकारी दिए । भेलामा उपस्थितिका लागि समाजले सम्पुर्ण पौडेल बन्धुहरुलाई अनुरोध गरेको छ । भेला पौडेलवंश संस्कृति प्रवर्द्धन तथा अन्य विषयमा हुने, बुझिएको छ ।  

Read More »

नेपालमा अपार सफलतापछि “खै ओ म्हिथेवा” हङकङमा

  नेपालमा अपार सफलतापछि अभिनेता, लेखक तथा निर्देशक सुबास गुरुङको चलचित्र ‘खै अाे म्हि थेबा’ ७ जनवरी २०१८ का दिन याउ मे ताई हल हङकङमा प्रदर्शन गरिने भएको छ । चुमलुङ हिम जाेर्डनमा पत्रकार सम्मेलन आयोजित गर्दै चलचित्रको पाेस्टर सार्वजनिक गरिएको छ । सामाजिक परिवेशमा आधारित नेपाली गुरुङ चलचित्र खै ओ म्हिथेवा हङकङमा प्रर्दशन हुने भएको छ । धरान/लोकल खबर खुशी ...

Read More »

खोटाङ समाज हङकङद्धारा संकलित रकम हस्तान्तरण (सहयोगदाताको नामावलीसहित)

मजाको राई/हङकङ दुबै मृगौला फेलभए पुर्खोली घर खोटाङ भई धरान बगैचा लाईनमा स्थायी बसोबास गर्दै आएका हङकङमा घरेलु कामदारको रुपमा कार्यरत विजय राईलाई खोटाङ समाज हङकङको पहलमा संकलन गरेको सहयोग रकम हस्तान्तरण गरिएको छ । हङकङ डलर एक लाख ६१ हजार खोटाङ समाज हङकङले संकलन गरि विजयलाई हस्तान्तरण गरेको हो । डोमेस्टिक हेल्परको रुपमा कार्यरत विजय एक्कासि बिरामीले थलिए पछि ...

Read More »

निर्वाचन अनि आशाका त्यान्द्रोहरु (सुमन दाहाल)

सुमन दाहाल (शिष्टाचार अभियन्ता) देश यतिबेला प्रतिनिधीसभा र प्रदेशसभाको लागि निर्वाचनमा होमिएको छ । निर्वाचनपछि देशमा केही परिवर्तन हुने आशा धेरैले व्यक्त गरेका छन् । राजनीतिक अस्थिरताबाट स्थिरता, भ्रष्टाचारबाट सदाचार, अपमानबाट सम्मान र अविकसितबाट विकसितका रेखाहरु कोरिने अपेक्षासहित धेरै नेपाली मार्गशीर्ष (मंसिर) १० र २१ गते निर्वाचनमा मतदान गर्न निस्किने छन् । विभिन्न कालखण्डमा भएका विभिन्न निर्वाचनले देशमा उल्लेख्य परिवर्तन ...

Read More »

कैलाशको ४१ औं शाखा इटहरीमा

एलएन गच्छदार/इटहरी मंसिर ६ गते। पुर्वान्चलको मुटु सुन्दरनगरी इटहरीमा कैलाश विकास बैंकको ४१ औं शाखा विस्तार भएको छ। बैंकका संचालक उद्धवराज गिरिले बिधिवत रुपमा रिवन काटेर शाखाको उदघाटन गरेको छ। २५ बर्ष पुरानो पोखराबाट सुरु भएको सो बैंकको चुक्ता पुँजि रु.२ सय २९ करोड, निक्षेप तर्फ साढे १८ अर्व तथा कर्जा तर्फ रु. १६ अर्व रहेको छ भने आर्थिक वर्ष ...

Read More »

ग्राहक वर्गलाई ओमेगाले दियो पचास हजार बढीको उपहार

सुनील तिम्लिसिना/तरहरा  सपिङ गर्न गएको एउटा चिज, साथमा अर्को चिज पनि पाईयो भने के होला ? त्यो पनि सित्तैमा । यहाँ रहेको एउटा डिर्पाटमेन्ट स्टोरमा सपिङ गर्न गएका ग्राहक वर्ग यतिबेला मख्खै छन् । नहुनु पनि कसरी ? कसैले ३५ हजारभन्दा बढीको आधा तोला सुन, कसैले पन्ध्रसोह्र हजार पर्ने ओपो सेल्फि मोबाईल फोन त कसैले दशबाह्र हजारको स्यामसुङ मोबाईल फोन ...

Read More »

तातियो २० का कांग्रेस (१९ मा राप्रपाले सघाउने)

तरहरा । प्रतिनिधी र प्रदेश सभा निर्वाचनको व्यापक प्रचारप्रसार शुरु भए पनि इटहरी वडा नंम्वर २० का कांग्रेसीहरुले वडामा घरदैलो कार्यक्रम गरे पनि घर–घर र पोल पोलमा झण्डा झुण्डाउने काम गरेका थिएनन् । आजदेखि चन्द्र गिरी, राजु श्रेष्ठ लगायतका कांग्रेसी नेताहरु आफै तातिएका छन् । आज विहानदेखि नै उनीहरुले आफै झण्डा बनाउनेदेखि घर–घर र पोल पोलमा झण्डा झुण्डाउने काम गरिरहेका ...

Read More »

इटहरीमा नेवारी मौलिक भोज तथा सांस्कृतिक कार्यक्रम ११३८ हुने

] इटहरी । ने.सं. ११२० तथा वि.सं. २०५६ सालमा बिधिवत रुपमा दर्ता भई जातिय तथा सामाजिक विकाशमा अनवरत लागि रहेको हाम्रो संस्था नेवाः पुचः इटहरीको आयोजनामा इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा नेपाल संवत ११३८ को उपलक्ष्यमा ०७४ पौष १५ गते तद्नुसार डिसेम्बर ३०, २०१७ गते शनिवारका दिन नेवारी मौलिक भोज तथा सांस्कृतिक कार्यक्रम ११३८ (Newa; Traditional Feast and Cultural Program ...

Read More »

अद्भूत सर्जक धिरज श्रेष्ठले दिने भए स्वर (हेमकर्णका लागि सोल्टीको गीत)

धेरै कम बोल्ने । तर, बोलेपछि प्रत्येक बोलीले मन छुने । शालिन, भद्र अनि प्रेमिल । कोलहालदेखि टाढा बस्न रुचाउने, फगतः चर्चा मात्रबाट पनि टाढिन् खोज्ने । बिराटनगरमा जन्मिएर पूर्वमा गीत–संगीत कला–श्रृजनामा एकक्षत्र राज गरेका, सबैका मनमा बसेका म्युजिक एरेन्जर (संगीत संयोजन–सर्जक) धिरज (निरज) श्रेष्ठ हाल राजधानी काठमाण्डौंमा रहेर गीतसंगीतको क्षेत्रमा काम गरिरहेका छन् । यीनै बहुआयिमक एक अद्भूत सर्जक ...

Read More »

टिपरको ठक्करबाट गम्भीर घाईते

एलएन गच्छदार । मोरङ  असोज २१ / मोरङको हरैंचा बजारमा हिजो बेलुका टिपरको ठक्करले साइकल सवार मनोज खवास गम्भीर घाइते भएका छ्न। खवास काम गरेर घर फर्किदा दक्षिण दिशा तिर गईरहेको को१ख ५३०६ को टिपरले ठक्कर दिएको हो। खवासको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भइरहेको छ भने सवारी चालक र टिपरलाई इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको स्थानीय नन्दकुमार खवासले जानकारी दिएको ...

Read More »