लेख-विचार

Articles.

थारु जाति बारे चर्चा

यसै युगमा राजा जनकले जनकपुरमा छोरी सिताको स्यमबरकालागि धनुष राखेको बेला सबै ज्ञृmषिमुनी, युवराज र पर्शुराम पनि आएका थिए ।  रामधुनी, बैशाख २ गते । थारु जातिले मनाउने सिरुवा पर्बको चहल पहल पूर्बी नेपालमा शुरु भएको छ । नयाँ बर्षको अबसरमा बैशाख महिना भरी बिभिन्न ठाउमा सिरुवा मेला लाग्ने गर्छ । थारुहरुले हर्ष उल्लासका साथ सिरुवा पर्ब मनाउने गरेको छ ...

Read More »

विजयपुरमाथि “खेलवाड” महागल्ती !

विकासको नाऊमा पुरातात्विक महत्वलाई नै विर्सिनु पनि अत्यन्तै गम्भिर भूल  प्राचिन अनुसन्धान तथा अध्ययनका लागि विजयपुर जस्तो एक विशिष्ट पुरातात्विक स्थलको विनाःवहस संरक्षण र अभिलेखिकरण हुनु पर्नेमा सिमित राजनीतिक स्वर्थ, जातीय अतिवादी सोच र आफु अनुकूलको व्याखा गराईले सायद आज इतिहास रोईरहेको हुनपर्दछ । यो दुर्भाग्यपूर्ण छ । दुःख लागेको छ । निसन्देहः विकास जरुरी छ । धरानलाई खानेपानीको अति ...

Read More »

निर्वाचन अनि आशाका त्यान्द्रोहरु (सुमन दाहाल)

सुमन दाहाल (शिष्टाचार अभियन्ता) देश यतिबेला प्रतिनिधीसभा र प्रदेशसभाको लागि निर्वाचनमा होमिएको छ । निर्वाचनपछि देशमा केही परिवर्तन हुने आशा धेरैले व्यक्त गरेका छन् । राजनीतिक अस्थिरताबाट स्थिरता, भ्रष्टाचारबाट सदाचार, अपमानबाट सम्मान र अविकसितबाट विकसितका रेखाहरु कोरिने अपेक्षासहित धेरै नेपाली मार्गशीर्ष (मंसिर) १० र २१ गते निर्वाचनमा मतदान गर्न निस्किने छन् । विभिन्न कालखण्डमा भएका विभिन्न निर्वाचनले देशमा उल्लेख्य परिवर्तन ...

Read More »

मतदान हाम्रोलाई होइन राम्रालाई गरौँ । (हस्त थापा)

  असारमा सम्पन्न स्थानियतहको निर्वाचनमा म पनि सकृय रुपले सहभागी भएँ । दुई दशकपछी प्रदेशबाट घर आएको एउटा नेपाली जति हर्सित हुन्छ, मलाई पनि विभिन्न पार्टीहरूको चुनावी अभियान एवं प्रचार–प्रसारमा उर्लिएको जनसागर देख्ता कम खुशी त कहाँ भयो र ! आफ्नौ वडामा र छिमेकको वडाहरूमा तीन हप्ता जति प्रचार प्रसारमा हिड्दा, अनि जनताहरूको ठुलो संख्यामा सहभागिता देखियो । त्यो सहभागिता ...

Read More »

तिम्रो राजनीति र मेरो मधुशाला (वेदराज पौडेल)

तिमीले निर्धाहरुको धड्कन नापेर बेझिझक स्पिकरहरुमा आश्वासन बाड्दै गर्दा त्यहि साँझ म मधुशालामा तिनीहरुसंगै प्रेम, मिलन र विछोडका गाथा सुनाइरहेछु । फरक यत्तिछ, तिम्रो अनि मेरो भेलामा तिम्रा डाइनोसर आश्वासन निल्न उनीहरुसंग भिजाउने थुक समेत छैन । तर म उनीहरुलाई मदिरासंगै अभावसंग भिड्ने आत्मविश्वास पिलाइरहेछु । थाहा छैन तिम्रो सूर्य साम्यवादलाई काँध हालेर कहिले उदाउने हो । समाजवादको गुलियो आँप ...

Read More »

मनाउ बिजयी उत्सव तिम्रो अहङ्कारको

ठडाउ तिम्रो मनको सिमानामा आवेगको अग्लो बर्लिन पर्खाल या त, पिजडाबाट फुत्किएर निर्वाध कावा खाईरहेको मन्जरीमाथि वर्षाउ ईर्ष्याको अग्नि वाण त्यतिले पनि तिम्रो दुर्बासा विचार मथ्थर नबने, बिदुर धिरज नभए अर्जाप तिम्रो प्रतिशोधको त्रिशुल/खुडा र मुला काटे झै छप्काउ घाँटी मुन्ड हातमा उठाएर मनाउ बिजयी उत्सव तिम्रो अहङ्कारको ।  

Read More »

विषयान्तरमा प्रतिष्ठान विवाद

अन्ततः जिम्मेवार वडाध्यक्षको हैसियतमा प्रवीण राईले धरान–१८ स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको तालाबन्दी तोडिदिए । वडाध्यक्ष राईको सो गतिविधिले अस्पताल बन्द गर्न तम्सनेहरु एक कदम पछाडि हट्न बाध्य भए । खासमा त वडाध्यक्षको यो कदमले बिमारी उपचार गर्ने अस्पताल आफै बिमारी हुनबाट जोगियो । प्रतिष्ठानमा कार्यरत कर्मचारीको सेवासुविधाको माग उठाउँदै आएको ‘कर्मचारी कल्याण समाज’ को आन्दोलन पछिल्लो चरणमा विषयान्तरण ...

Read More »

दुखै दुखको जिन्दगीमा सेवावती

मोरङ जिल्ला ग्रामथान गाउँपालिका–७, (साविकको बनिगामा गाविस) धोबियारेमा बुवा स्वर्गिय बद्रीनारायण भगत तथा आमा कलशिदेवी भगतको कोखबाट बिक्रम सम्वत २०३८ चैत्र ८ गते जन्मिएकी सेवावती भगत शारिरीक रुपमा असक्त भई हिड्न नसके पनि जब कोही उनी नजिक आउछन्, आफ्नो सुमधुर स्वरले तिनीहरुलाई मन्त्रमुग्ध पार्छिन । उनकी आमाले आफ्नो स्तनपान नहुदाँ सेवावतीलाई पर्याप्त स्तनपान गराउन सकिनन् । त्यति मात्र होईन, जब ...

Read More »

खाँदवारी नेपालको मिनी संघाइ

नेपाल, चीन र भारतको त्रिपक्षीय व्यापारको मुख्यबाटोको रुपमा कोशी–ल्हासा (रेवाहाङ) राजमार्ग निर्माण गर्न सके त्यसको सबैभन्दा बढी फाइदा नेपाललाई नै हुने प्रष्ट्र छ । अझ कोशी–ल्हासा राजमार्गलाई रेल मार्गको रुपमा निर्माण सके भारतको कलकत्ता, जोगमुनी, विराटनगर, खाँदवारी, किमाथाङ्का हुँदै ल्हासासंग रेलमार्ग जोड्न सक्ने सम्भावना उच्च छ । यसबाट नेपालको सामुन्द्रिक क्षेत्रमा पहुँच पुग्ने थियो । चीनको ल्हासा पुन्ने सबै भन्दा छिटो ...

Read More »

उम्मेद्वारको डाईरी (अनुभूति)

राजनीतिमा असल र सक्षम मानिस आएनन्, यो त साह्रै खराब भयो भन्ने बहस चिया चमेनादेखि ककटेल डिनरसम्म सुन्न थालिएको पनि दशकौं भयो। इमानदार र योग्य मानिसहरु राजनीतिमा नहोमिने अनि सर्वआहारावादीहरुले खत्तम पारे भन्न पनि नछाड्ने हाम्रो बानी छ। यसरी त कसरी पो मुलुक बन्ला त भन्ने मान्यतालाई आत्मसात गरेरै मैले क्रियाशील राजनीतिमा हामफाल्ने निर्णय गरेको हुँ। यसैक्रममा साझा पार्टीको तर्फवाट ...

Read More »