Author Archives: Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

साकेला उभौली शुरु

धार्मिक बहुलतालाई महत्व दिएकाले देशमा भएका सवै जातजाती धर्म संस्कृति एवम परम्परा सवैको संरक्षण गर्नु स्थानीय प्रदेश र राज्यको दायित्व  प्रमिला वान्तावा राई । इटहरी   प्रकृतिपुजक किरात राईहरुको महान पर्व साकेला उभौली सोमवार वाट शुरु भएको छ । किरात जाती अर्थात समुदायले मनाउँदै आएको भूमिपूजा अर्थात उभौली पर्व किरात जातीकोमात्र नभएर सवै नेपाली भुगोलवासीको साझा धर्म र पर्व भएको कुरामा जोड ...

Read More »

इटहरीमा किरात राई युवा तदर्थ समिती गठन

साकेला उभौली भव्य रुपमा मनाउने किरात राई प्रारम्भिक कार्यसमिति इटहरीको तयारी प्रमिला वान्तावा राई । इटहरी   इटहरीमा एक कार्यक्रमका विच शनीवार किरात राई युवा तदर्थ समिती गठन गरिएको छ । विकि राईको संयोजकत्वमा ३३ सदस्यिय समिति गठन गरिएको किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति इटहरी ६ का अध्यक्ष चिराहाङ राईले वताउनुभयो । यायोक्खाको काम कर्तव्य र अधिकारको विषयमा अवगत गराउन साथै आगामी ...

Read More »

मोरङ र सुनसरीमा चट्याङ लागेर एकको मृत्यु, चार घाइते

पिपलको रुख मुनी बसिरहेको उनको दिउँसो २ बजेतिर हावाहुरी संगे परेको चट्याङ लाग्दा घटनास्थलमानै मृत्यु चन्दन रौनियार  सुनसरी बैशाख १५ गते/मोरङ र सुनसरीमा चट्याङ लागेर शनिबार एक जनाको ज्यान गएको छ भने अन्य चारजना घाइते भएका छन्। सुनसरीको दुहवी नगरपालिका-११ स्थित तनमुन्ना बस्ने-१८ बर्षिय रोसन कुमार ऋषिदेवको चट्याङ लागेर मृत्यु भएको छ। पिपलको रुख मुनी बसिरहेको उनको दिउँसो २ बजेतिर ...

Read More »

वाइसियल इटहरीको नयाँ कार्य समिति

सञ्जुके लिम्बु (कृष्ण) नेतृत्वमा नयाँ कार्य समिति  नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसियल इटहरी उपमहानगरपालिका वडा नंम्वर २० तरहरामा सञ्जुके लिम्बु (कृष्ण) नेतृत्वमा नयाँ कार्य समिति गठन भएको छ । नेकपा माओवादी केन्द्र, वडा नंम्वर २० तरहराका अध्यक्ष देव तामा ङको प्रमुख आतिथ्यमा आज सम्पन्न एक कार्यक्रमा उपाध्यक्ष, सचिवमा , सहसचिव तथा कोषाध्यक्षमा क्रमशः प्रविन तामाङ, योगेश घिमिरे, युकेश लिम्बु ...

Read More »

तरहरा सरसफाईमा युवा

समयको सदुपयोगसँगै कुरुप बन्दै गएको आफ्नो शहरलाई सुन्दर बनाउनका निम्ति अभियान शुरु  तरहरा । साबिकको हाँसपोसा गाविस, हाल इटहरी २० तरहरा झनझन कुरुप बनिरहेको अवस्थामा चिन्तित तरहराका युवाहरु सरसफाई अभियानमा जुटेका छन् । लिबरल सोसाइटी नामक सामाजिक क्लबले युवा अभियन्ता सुबेक्छु देवान राईको नेतृत्वमा चारवटा फोहोर फ्याक्ने आधुनिक डस्टविन राखेर तरहरा चौकदेखि बजारसम्म शनिबार सरसफाई गरे । उनको अनुसार, थप डस्टविनहरु राखिने ...

Read More »

काङ्ग्रेसले शहिदहरुलाई सम्झदै मनाए १३औ लोकतन्त्र दिवश

कार्यक्रम संयोजक प्रेमकुमार राईको आरोप- लोकतन्त्र दिवशको सार्वजनिक बिदा कटौती गरेर सरकारले जनआन्दोलन उपलब्धिलाई अवहेलना गरे बैशाख ११, २०७५ धरान/नेपाली काङ्रेस सुनसरी क्षेत्र न. १ को आयोजनामा तेर्हौ लोकतान्त्रिक दिवश धरानको भानुचोकमा मैनबती प्रज्जवलन गरि भवत्यताको साथ मनाईयो। २०६२/६३ सालको बृहत् जनआन्दोल्न पछि आजकै मितिमा पुर्व राजा ज्ञानेन्द्र शाहले जनताको नासो जनतालाई नै फर्काएको बन्दै संसदको पुनर्बहालि गरेका थिए र त्यही ...

Read More »

वान्तावा खिमको नयाँ केन्द्रिय कार्यसमिती

सवै समुदाय , भाषा , संस्कृति र लिपीहरुको संरक्षणमा ध्यान दिएर देश बलियो बनाउ-मुख्यमन्त्री शेरधन राई प्रमिला वान्तावा राई इटहरी । मुलुक समृद्धिको यात्रा तय गरिरहेको वेला सवै समुदाय , भाषा , संस्कृति र लिपीहरुको संरक्षणमा ध्यान दिनुपर्ने र देशको जग वलियो वनाउन प्रदेश नंम्वर एकका मुख्यमन्त्री शेरधन राईले जोड दिनुभएको छ । किराँत राई वान्तावा खिमको धरानमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनमा ...

Read More »

थारु जाति बारे चर्चा

यसै युगमा राजा जनकले जनकपुरमा छोरी सिताको स्यमबरकालागि धनुष राखेको बेला सबै ज्ञृmषिमुनी, युवराज र पर्शुराम पनि आएका थिए ।  रामधुनी, बैशाख २ गते । थारु जातिले मनाउने सिरुवा पर्बको चहल पहल पूर्बी नेपालमा शुरु भएको छ । नयाँ बर्षको अबसरमा बैशाख महिना भरी बिभिन्न ठाउमा सिरुवा मेला लाग्ने गर्छ । थारुहरुले हर्ष उल्लासका साथ सिरुवा पर्ब मनाउने गरेको छ ...

Read More »

धरानमा मायाबी

स्वस्थ्व क्षेत्र जनसेवाको लागि हो । मायाबीबाट हामी रोजगारी पनि दिन्छौं- डाक्टर समीर चौधरी धरान/धरानको मुख्य शहरको हल्लाखल्लालाई छिछोल्दै वडा नम्बर ११ न्यू पशुपति चोकमा धरानका युवाहरुले नयाँ कन्सेप्टसहितको मायाबी बीबी क्यू गार्डेन सञ्चालन ल्याएका छन् । शुक्रबारबाट औपचारिक संचालनमा आउने मायाबीले संचालन अघि नै चर्चा पाउन थालेको छ । धरानका साईकलिष्ट तथा माउन्ट बाइकका संचालक तथा मायाबीका समेत सञ्चालक रहेका ...

Read More »

तालतलैया मिनी महोत्सव शुरु

सञ्जालद्धारा ५ जना पत्रकार र १ जना पर्यटन व्यवसायी सम्मानित  प्रमिला वान्तावा राई इटहरी । पर्यटनको विकासले देश समृद्ध हुने वताउदै पर्यटन क्षेत्रको प्रबद्धन र प्रचारमा सरकार लाग्नु पर्नेमा प्राज्ञा राम धामीले जोड दिए । इटहरीमा आइतवार वाट शुरु भएको तालतलैया मिनी महोत्सवको उद्घाटन कार्यक्रमको प्रमुख अतिथी रहनुभएका धामीले यस्तो बताउनुभयो । पर्यटन क्षेत्रको विकासमा सबैले आ आफ्नो ठाउँबाट लाग्नु पर्ने होटल ...

Read More »