सरित सम्मानित

  • बिराज प्रधान 

लोकल खबरका सल्लाहकार सम्पादक तथा स्वादेश नेपाल डट कमका प्रमुख सम्पादक एवं चर्चित साहित्यकार इन्द्रकुमार श्रेष्ठ ‘सरित’ सम्मानित भएका छन् । उनीसँगै बिगत ३९ बर्षदेखी निरन्तर रुपमा प्रकाशन हुँदै आएको ‘तन्नेरी’ द्वैमासिक पत्रिकाले राजधानीमा एक भब्य कार्यक्रमको आयोजना गरि भाषा, साहित्य, शिक्षा, प्रसाशन, संचार क्षेत्र  लगायतका ३९ जना विशिष्ठ प्रतिभाहरुलाई पुरस्कृत तथा सम्मानित गरेको छ ।

सताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा साहित्यकार लक्ष्मी माली,  तीर्थराज खनिया, गोपाल अश्क, दामोदर पुडासैनी किशोर, राजेन्द्र थापा, सीता परियार, डिल्लीराम मिश्र श्रमजीवी  आदिलाई  सम्मानित तथा पुरस्कृत गरिएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि सत्यमोहन जोशीले साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरितको कविता संग्रह ‘समर हाँक्ने समय’, लगायत  ५ वटा कृतिहरुको घुम्टी खोली गर्नु भएको थियो ।

विमोचित कृतिहरुमाथि डा. पुस्करराज भट्टले समीक्षात्मक मन्तब्य राखेका थिए भने पुरस्कृत व्यक्तिहरु मध्ये डा. तीर्थराज खनियाले पनि आफ्नो मन्तब्य राखेका थिए ।

तन्नेरी द्वैमासिक प्रकाशन गर्दाको आनुभव र यसरी साहित्यिक कार्यक्रम गर्दाको अनुभव अभिव्यक्त गर्दै ‘तन्नेरी’ द्वैमासिकका सम्पादक/प्रकाशक विदुर गौतमले पनि कार्यक्रममा आफ्नो मन्तब्य राखेका थिए. कार्यक्रम प्रा. राजेन्द्र सुबेदीको सभापतित्वमा भएको थियो ।

स्वादेश नेपाल डट कमबाट ।

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

पत्रकार जनकऋिषी राई पुरस्कृत

लोकल खबरका सल्लाहकार पत्रकार जनकऋिषी राई किरात राई यायोक्खाको ३१ औं स्थापना दिवशमा केन्द्रीय समितिबाट ...