नशा सम्बन्धी रोगबाट पीडितलाई एक लाख २० हजार सहयोग

  इटहरी /आर्थिक रुपमा विपन्न एक नशा सम्बन्धि रोगबाट पीडित स्थानीयलाई उनकै दौतरीहरुले नगद झण्डै एक लाख दश हजार सहयोग गरेका छन् । इटहरी उपमहानगरपालिका वडा नंम्वर २०, साबिकको हाँसपोसा गाविस, तरहराका नशा सम्बन्धी रोगबाट पीडित मोति परियारलाई उनकै दौतरीहरुले नगद एक लाख, ९ हजार ९ सय चालिस रुपैयाँ संकलन गरि उपचारका लागि आर्थिक सहयोग गरेका हुन् । स्थानीय जनसहयोग माध्यमिक विद्यालयका एसएलसी २०५४ का ग्रुप नामक समूहले सो सहयोग रकम बुधबार हस्तान्तरण…

Review Overview

जनसहयोग माध्यमिक विद्यालयका एसएलसी २०५४ का ग्रुप नामक समूहले सो सहयोग रकम बुधबार हस्तान्तरण गरे

 
इटहरी /आर्थिक रुपमा विपन्न एक नशा सम्बन्धि रोगबाट पीडित स्थानीयलाई उनकै दौतरीहरुले नगद झण्डै एक लाख दश हजार सहयोग गरेका छन् ।
इटहरी उपमहानगरपालिका वडा नंम्वर २०, साबिकको हाँसपोसा गाविस, तरहराका नशा सम्बन्धी रोगबाट पीडित मोति परियारलाई उनकै दौतरीहरुले नगद एक लाख, ९ हजार ९ सय चालिस रुपैयाँ संकलन गरि उपचारका लागि आर्थिक सहयोग गरेका हुन् । स्थानीय जनसहयोग माध्यमिक विद्यालयका एसएलसी २०५४ का ग्रुप नामक समूहले सो सहयोग रकम बुधबार हस्तान्तरण गरेको हो ।
 
नशा सम्बन्धी रोगबाट ६ वर्षअघिदेखि पीडित मोतिले सोही विद्यालयबाट उनीहरुसँगै एसएलसी दिएका हुन् । ट्रेलरिङ (दर्जी) पेशा गरेर जिविका चलाईरहेका मोति आर्थिक रुपले कमजोर भएकाले मात्र होईन, साथीका लागि साथीहरु भन्ने भावनाले आफुहरुले सहयोग गरेको, ग्रुपले जानकारी दिएको छ ।
तस्वीर सौंजन्य: दिनेश कोईराला ।
सोही अवसरमा, भूपू विट्रिस गोर्खा लाहुरे सइनध्वज राईले पनि परियारलाई नगद दश हजार रुपैयाँ सहयोग गरे । हङकङ छाडेर भर्खरै नेपाल बस्दै आएका राईकी श्रीमत्ती सिता राईले उक्त रकम हस्तान्तरण गरिन् ।
  इटहरी /आर्थिक रुपमा विपन्न एक नशा सम्बन्धि रोगबाट पीडित स्थानीयलाई उनकै दौतरीहरुले नगद झण्डै एक लाख दश हजार सहयोग गरेका छन् । इटहरी उपमहानगरपालिका वडा नंम्वर २०, साबिकको हाँसपोसा गाविस, तरहराका नशा सम्बन्धी रोगबाट पीडित मोति परियारलाई उनकै दौतरीहरुले नगद एक लाख, ९ हजार ९ सय चालिस रुपैयाँ संकलन गरि उपचारका लागि आर्थिक सहयोग गरेका हुन् । स्थानीय जनसहयोग माध्यमिक विद्यालयका एसएलसी २०५४ का ग्रुप नामक समूहले सो सहयोग रकम बुधबार हस्तान्तरण…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

रामधुनीको दुई ठाउमा झोलुङ्गे पुलको तयारी 

खोलामा वारपार गर्न समस्या रहेकोले पुलको आबस्यक्ता रामधुनी, असार ७ गते । रामधुनी ९स्थित दुई ...