प्रथम गन्तव्य फुटबल प्रतियोगिता सम्पन्न

साउदी । गन्तव्य स्पोर्टिङ क्लब साउदी अरबद्वारा इस्लाम धर्मोलम्बीहरुको महान पर्व रमदान इदको अवसरमा आयोजना गरिएको प्रथम गन्तव्य फुटबल प्रतियोगिता सफल रुपमा सम्पन्न भएको छ । अनैजाको अल अरबी खेल मैदानमा आयोजक टिम गन्तव्य स्पोर्टिङ क्लब र अल पान्डा बुरैदा बीचको प्रतिस्पर्धामा सम्पन्न भएको थियो । उद्घाटन खेल पश्चात समूह ए अन्तर्गतका अन्य खेलहरु सम्पन्न भएको थियो । समूह ए बाट विजय टिमहरु समूह बि अन्तर्गत सेमिफाइनलका लागि प्रतिस्पर्धा गरेका थिए । सेमिफाइनलपछि फाइनल खेल आयोजक टिम गन्तव्य स्पोर्टिङ क्लब र नमुना युबा क्लब रियादबिच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा आयोजक टिमलाई १ गोलका विरुद्ध ४ गोल गरि नमुना युबा…

Review Overview

साउदी  गन्तव्य स्पोर्टिङ क्लब साउदी अरबद्वारा इस्लाम धर्मोलम्बीहरुको महान पर्व रमदान इदको अवसरमा आयोजना गरिएको प्रथम गन्तव्य फुटबल प्रतियोगिता सफल रुपमा सम्पन्न भएको छ ।

अनैजाको अल अरबी खेल मैदानमा आयोजक टिम गन्तव्य स्पोर्टिङ क्लब र अल पान्डा बुरैदा बीचको प्रतिस्पर्धामा सम्पन्न भएको थियो । उद्घाटन खेल पश्चात समूह ए अन्तर्गतका अन्य खेलहरु सम्पन्न भएको थियो ।

समूह ए बाट विजय टिमहरु समूह बि अन्तर्गत सेमिफाइनलका लागि प्रतिस्पर्धा गरेका थिए ।

सेमिफाइनलपछि फाइनल खेल आयोजक टिम गन्तव्य स्पोर्टिङ क्लब र नमुना युबा क्लब रियादबिच प्रतिस्पर्धा भएको थियो ।

उक्त खेलमा आयोजक टिमलाई १ गोलका विरुद्ध ४ गोल गरि नमुना युबा क्लब रियाद प्रथम भएको थियो ।

प्रतियोगिताको सभापति मिलन श्रेष्ठ, प्रमुख अतिथि नेपाली राजदुतावासका प्रथम सचिव बिजय कुमार राउत र विशिष्ट अतिथि इस्लामी सेन्टर ओनैजाका प्रमुख शेख अबु अबदुस सलामले सयुक्त रुपमा उट्घाटन गरेका थिए ।

बिजेता नमूना क्लब रियाद टिमका खेलाडीहरुलाई कार्यक्रमका सभापति श्रेष्ठ, नेपाल इन्भेस्टमेन्ट पृथ्वी रेमिट साउदी प्रमुख राम लामा र इस्लामिक सेन्टरका प्रतिनिधि सनाउल्लाहबाट सयुक्त रुपमा पुरस्कार नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र हस्तान्तरण गरे ।

प्रतियोगितामा सबैभन्दा धेरै गोल सुरेन्द्र तामाङ, बेस्ट किपर बिमल सुनार तथा बेस्ट प्लेयर पबन लिम्बुलाई समेत पुरुस्कार प्रदान गरियो । द्वितिय स्थान हासिल गर्ने आयोजक टिम गन्तव्य स्पोर्टिङ क्लबलाई पनि नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो ।

पत्रकार आर.बी. लामाको सहयोगमा ।

 

साउदी । गन्तव्य स्पोर्टिङ क्लब साउदी अरबद्वारा इस्लाम धर्मोलम्बीहरुको महान पर्व रमदान इदको अवसरमा आयोजना गरिएको प्रथम गन्तव्य फुटबल प्रतियोगिता सफल रुपमा सम्पन्न भएको छ । अनैजाको अल अरबी खेल मैदानमा आयोजक टिम गन्तव्य स्पोर्टिङ क्लब र अल पान्डा बुरैदा बीचको प्रतिस्पर्धामा सम्पन्न भएको थियो । उद्घाटन खेल पश्चात समूह ए अन्तर्गतका अन्य खेलहरु सम्पन्न भएको थियो । समूह ए बाट विजय टिमहरु समूह बि अन्तर्गत सेमिफाइनलका लागि प्रतिस्पर्धा गरेका थिए । सेमिफाइनलपछि फाइनल खेल आयोजक टिम गन्तव्य स्पोर्टिङ क्लब र नमुना युबा क्लब रियादबिच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा आयोजक टिमलाई १ गोलका विरुद्ध ४ गोल गरि नमुना युबा…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

सरित सम्मानित

बिराज प्रधान  लोकल खबरका सल्लाहकार सम्पादक तथा स्वादेश नेपाल डट कमका प्रमुख सम्पादक एवं चर्चित ...