बेईज्जती होईन, खबरदारी ! (जनप्रतिनिधी राम बहादुर गिरी प्रति हाम्रौ उच्च सम्मान छ ।)

 
गत हप्ता, बैशाख २९, शनिबार स्वादेश नेपाल, युट्यूब च्यानलका लागि स्थानीय रिर्पोट तयार पार्ने क्रममा लिवरल सोसाईटीले प्रत्येक साता गरिरहेको सरसफाई अभियानको क्रममा त्यस विषय उपर इटहरी उपमहानगरपालिका वडा नंम्वर २० का निर्वाचित जनप्रतिनिधी वडा सदस्य #राम_बहादुर_गिरीसँग गरिएको जनप्रतिनिधीसँग सिधा प्रश्न बारे विभिन्न प्रतिक्रिया आएकोले मिडिया पर्शन नवीन गुरूङको स्पष्ट धारणा यहाँ प्रस्तुत गरिएको छ ।
 

राम बहादुर गिरी

निसन्देहः राम बहादुर गिरी, साबिकको हाँसापोसा गाविस, र हालको इटहरी उपमहानगरपालिका, विशेषगरिः वडा नंम्वर २०, का एक इमान्दार, स्वच्छ छविका र सामाजिक नेता हुन् ।

 
सामाजिक मात्र नभई, खेलकुद, धार्मिक एवं जातीय लगायतका संघसंस्थामा उनले खेलका प्रशंसानीय भूमिका र पुराएका अतुलनीय योगदानको चर्चा जति गरे पनि शब्दमा कम हुन्छ ।
 
तर, यति भनिरहदाँ उनी जनप्रतिनिधी हुनुका कारण र गत स्थानीय निर्वाचनमा वडा सदस्यहरुमध्ये सर्वाधिक मत (भोट) पाएका कारण एक वडावासी हुनु वा सामाजिक अभियन्ता (पत्रकार नै हुनु जरुरी छैन ।) भएर हामीले वडाको विकास र सम्बृद्धिका विषयमा परिधीभित्र रहेर यज्ञ प्रश्न गर्न पाउने हक तथा अधिकार हामी वा जोकोही वडावासी वा वडाका शुभचिन्तकलाई हुन्छ भन्ने हामी सबैले बुझ्न जरुरी छ ।
 
हामी स्पष्ट जानकार छौं, वडा सदस्य गिरीले भारतीय गोर्खा फौजमा पनि उच्च नाम कमाएका थिए, जसरी स्थानीय स्तरमा उनको नाम, शान र इज्जत छ ।
 
हामी यतिसम्म सुचित छौ कि, अहिले पनि गिरीलाई भारतीय फौजका उनका जुनियरहरुले उनले फौजमा हुदाँ देखाएका अदम्य साहस, इमान्दारिता र पल्टन नेतृत्वको व्यवश्थीत कार्यशैली प्रति गर्व गर्दै, खुशी व्यक्त गर्दै पत्र लेखिरहेका छन्, बेलाबेला फोन सम्पर्क गर्छन । यो उनका जुनियरहरुले उनीमाथि गरेका गर्व र सम्मान हो । र, यतिले नै राम बहादुर गिरी के र को हो ? भन्ने स्पष्ट पार्छ ।
 
अझ बढेर भन्दा, स्थानीयस्तरमा कुनै एक राजनीतिक दल, धर्म, जातीय संस्था वा अन्य सामाजिक संघसंस्थाको मात्र नभई उच्च र फराकिलो विचारभावले सबैका साझा बनिएका भद्र एवं नरम राम बहादुर गिरी कसैको अप्रिय वा शत्रु होला भनि परिकल्पनासम्म गर्न सकिन्न ।
 
व्यक्तिगत रुपमा मात्र नभई व्यवायीक रुपमा पनि गिरीसँगको हाम्रौ सम्बन्ध प्रगाढ र सुमधुर छ । उनी हाम्रा बुवा समान व्यक्तित्व हुन् ।
 
वेशकः उनी प्रति हाम्रौ उच्च सम्मान छ अनि रहिरहने छ । यस्तोमा लोकल खबर वा नवीन गुरूङ यी इमान्दार पुरूषको मानमर्यादन गर्नमा लागेको सोच्नु मुर्खताको पराकाष्ठ शिवय केही हुन्न । र, राम बहादुर गिरी जस्ता बौद्धिकस्तरका नेता स्वंयमले पनि जनताको सिधा र यज्ञ प्रश्नलाई आफ्नो बेईज्जती नठानेर खबरदारीका लागि हो भनि बुझ्न बुद्धिमता देखिन्छ ।
 
कम बोल्ने र सरल स्वभावका श्रद्धय नेता राम बहादुर गिरीलाइ आफ्नै नजिकका, सम्बन्धले भान्जा पर्नेबाट, यस खाले प्रश्न अस्वभावि कडा वा अप्रत्यासित लागेको हुनसक्छ ! तर, वडा र देशको भविष्य कोर्न हिडेका अनि भोलीका लागि अथाह सम्भावना बोकेका राम बहादुर गिरी जस्ता एउटा जिम्मेवार जनप्रतिनिधीहरुले जस्तोसुकै कडा प्रश्नलाई पनि सभ्य भाषामा तार्किक उत्तर दिन जहाँ र जुनसुकै समयमा पनि तयार हुनुसक्नु पर्छ ।
 
केही समय कार्यकारी वडा अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका गिरी भोलीका दिनमा त्यो पदभन्दा माथिल्लो जिम्मेवारी सम्हाल्नु पर्ने नेता भनि हामी लगायत स्थानीय जनताले आशा गरेका एक स्वच्छ छवि, निश्चल चरित्र र इमान्दार व्यवहार भएका जनताका आशाका पात्र हुन् ।
 
यीनै राम बहादुरका प्रशंक र शुभचिन्तक हौं हामी, लोकल खबर, नवीन गुरूङ र स्पष्ट विना स्वर्थ सामाजिक अभियानमा लागेका युवाहरु ।
 
यसर्थ, जनप्रतिनिधी हुनुका कारण राम बहादुर गिरी वा जोकोही निर्वाचित जनप्रतिनिधीले जनताको प्रश्न तितो लागे पनि सुन्नु पर्छ, सकेसम्म सम्बोधन गर्नु पर्छ । किनकी, राम बहादुर गिरी फगतः राम बहादुर गिरी मात्र होईनन्, उनी वडा सदस्य पनि हुन् । अझ, बजार व्यवश्थापन समितिका जिम्मेवार अध्यक्ष पनि ।
 
उनीसँग गरिएको सिधा प्रश्न र उनले दिएको उत्तर हामीले जस्ताको त्यस्तै अपलोड गरेका छौं । यसर्थ, उनको बेईज्जत गर्ने उद्देश्यले यो भिडियो अपलोड गरिएको हुदै होईन । हामीले भनिसक्यौ, हामी राम बहादुर गिरी अनि, वडा सदस्य राम बहादुर गिरी, दुबैका प्रशंक र शुभचिन्तक हौं ।
 
हल्लामा भन्दा बढी काममा विश्वास गर्ने भारतीय गोर्खा सेनाका अवकास प्राप्त यी सिधा–स्पष्ट भूपू लाहुरेलाई साबिकका हाँसपोसा गाविसका गाविस अध्यक्ष, र हालका मेयर (नगर प्रमुख) द्धारिकलाल चौंधरीले उसबेला एउटा विश्वास र आशामा जनताको काम गर्नका लागि अनुरोध गरेकादेखि स्थानीय भूपू लाहुरे, तिनका परिवारलाई गिरीले पुराएका योगदान बारे हामी उसबेलादेखि सुचित र जानकार छौं, त्यो अविस्मरणीय पनि छ ।
 
भारतीय भूपू गोर्खा सेनालाई संगठित गर्न राम बहादुर गिरीले खेलेको अतुलनीय भूमिका बारे पनि हामीसँगै धेरै जानकार छन् ।
 
यस्तो अवस्थामा, यी इमान्दार पुरुषले कडा प्रश्न गर्नेलाई गलत दृष्टिकोणले हेरेर बैरी ठान्नु घातक हुन्छ ।
 
सा’ब हजुर भन्दै फुरकाउने धमिराहरुभन्दा पनि कडा नै सहि तर, स्पष्ट रुपमा इमान्दारितापूर्वक आफुलाई प्रस्तुत गर्ने नवीन जस्ता शुभचिन्तकहरुलाई चिन्न राम बहादुर गिरीले सक्नु पर्दछ ।
 
हामी फेरि पनि स्पष्ट पाछौं, हामी जहिले पनि आदरणीय एवं प्रिय नेता राम बहादुर गिरी प्रति सकारात्मक एव सहयोगी छौं, रहिरहने छौं ।
 
किन्तु, यति स्पष्ट पारिरहदाँ उनलाई सार्वजनिक एवं सामाजिक हितका विषयउपर यज्ञ प्रश्नहरु राख्न भने अझै पनि जारी नै राखिरहने छौं ।
 
किनकी, हामी राम बहादुर गिरी जस्ता स्वच्छ छविका इमान्दार नेता आजकोभन्दा उच्च फोरममा उभिएर, नेतृत्व लिईरहेको हेर्न चाहान्छौं ।
 
त्यसको निम्ति उनलाई निरन्तर घचघचाउन र खबरदारी गर्नु हामी सबैको कर्तव्य र दायित्व बनिन जान्छ ।
 
र, राम बहादुर गिरीले पनि यस्ता भावनालाई सकारात्मक ढंगले बुझ्न सक्नु पर्दछ ।
यो पनि ।

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

रामधुनीको दुई ठाउमा झोलुङ्गे पुलको तयारी 

खोलामा वारपार गर्न समस्या रहेकोले पुलको आबस्यक्ता रामधुनी, असार ७ गते । रामधुनी ९स्थित दुई ...