राम्रौ कामलाई प्रशंसा र प्रोत्साहन जरुरी: श्रेष्ठ

वडा अध्यक्ष श्रेष्ठ आफैमा एक कुशल फुटबल खेलाडी 

वडा अध्यक्ष मणीराम श्रेष्ठ

तरहरा/इटहरी उपमहानगरपालिका वडा नंम्वर २० का वडा अध्यक्ष मणीराम श्रेष्ठले वडामा हुने कुनै पनि सकारात्मक एवं अनुकरणीय कार्यको स्वागत गरिनु पर्ने बताएका छन् ।

‘राम्रौ कामलाई प्रशंसा र प्रोत्साहन गर्न जरुरी छ । युवाहरुबाट हाल भईरहेका सकारात्मक कार्यहरुको वडाले खुलेर प्रशंसा गर्छ ।’, वडा अध्यक्ष श्रेष्ठले लोकल खबरसँगको भेट्मा भने, ‘वडाबाट हुने सम्पूर्ण सहयोग गर्न हामी तयार छौं ।’

उनले वडा मात्र नभई पुरै नगर सफा र सुन्दर बनाउने अभियानमा सबै नगरवासी एकमत भई लाग्नु पर्ने धारणा व्यक्त गरे ।

लोकल खबर र सोल्टी टिभी, अनलाईन युट्यूब च्यानलका प्रमुख नवीन गुरूङको संस्था एन्. जी. इन्टरटेनमेन्टले यहि जेठ १२ गते, शनिबार गर्ने साँस्कृतिक एवं सम्मान कार्यक्रमका लागि अनुमति माग्न वडा पुगेका गुरूङलाई वडा अध्यक्ष श्रेष्ठले युवाहरुको कला र श्रृजना प्रस्तुती हुने कार्यक्रममा वडाको साथ रहने बताए ।

‘कला र साँस्कृतिक कार्यक्रमले वडाको पनि सकारात्मक प्रचार हुने’, बताउदै श्रेष्ठले ‘युवाको प्रतिभा प्रस्फुटन हुने कार्यक्रमका लागि वडाबाट मागअनुसारको पर्याप्त सहयोग हुन नसके पनि वडावासीका युवाहरुबाट हुने खेलकुद, साँगीतिक एवं साँस्कृतिक तथा सृजनशील कार्यक्रमका लागि अधिक्तम सहयोग प्रदान गरिने’ वचन दिए ।

स्मरणरहोस्, वडा अध्यक्ष श्रेष्ठ आफैमा एक कुशल फुटबल खेलाडी समेत हुन् । उनी नेतृत्वमा स्थापित युवा स्र्पोटस् क्लब एक समयको चर्चित युवा क्लब हो ।

गीतसंगीत प्रति पनि उनको रुची देखिन्छ । वडा अध्यक्ष विजयी भएपछि कांग्रेस, वडाले आयोजन गरेको विजय जुलसमा श्रेष्ठले सुमधुर स्वरमा एउटा गीत समेत गाएका थिए ।

श्रेष्ठको तस्वीर उनकै फेशबुकबाट ।

 

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

रामधुनीको दुई ठाउमा झोलुङ्गे पुलको तयारी 

खोलामा वारपार गर्न समस्या रहेकोले पुलको आबस्यक्ता रामधुनी, असार ७ गते । रामधुनी ९स्थित दुई ...