कोही विरोधमा, कोही पक्षमा (मोदी–भ्रमण)

राजपाका लामा र एमालेका भट्टराई पक्षमा, विवेकशील साझाको स्वागत तर माग !

 

तरहरा/लोकल खबर
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रिय सचिव तथा समानुपातिक उम्मेदवार समेत रहिसकेका युवा नेता तेन्जिङ (तेन्जि) उर्फ छत्रपति लामाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर भईरहेको नकारात्मक टिकाटिप्पणी र आलोचनाले छिमेकी राष्ट्रविचको सुमधुर सम्बन्धमा नकारात्मक असर पार्न सक्ने चिन्ता व्यतm गरेका छन् । भुकम्पले थला परेको आफ्नो राष्ट्रलाई मोदी सरकारले नाकाबन्दी गरेर क्रुरताको पराकाष्ठ नाघेको पीडा नभूलेको भन्दै सामाजिक संजाल फेशबुक, ट्व्टिर लगायतमा मोदीलाई जनकपुर र काठमाडौं दुई शहरमा गरिने नागरिक अभिनन्दनको व्यापाक विरोध भईरहेको बेला लामाले चिन्ता व्यक्त गर्दै सरकारी परम्परा अनुसार विशिष्ठ विदेशी पाहुनालाई सत्कार, सम्मान र अभिनन्दन गरिएकोले विरोध गर्नुको तुक नभएको बताए ।

परम्पराकालदेखि अभिनन्दन हुदै आएको हो । छिमेकी राष्ट्रविच आत्मियता बढाउने यो उत्तम कार्यलाई अनुचित तवरले प्रायोजित रुपमा विरोध गर्नुको तुक छैन ।,’ लामाको कथन थियो, ‘नाकाबन्दी उत्पीडनमा परेका मधेसी, पिछाडा वर्ग र राज्यसँग पहुच नभएकाहरुले सम्मान हकअधिकार, पहुच र राष्ट्रमा आफ्नो समानुपातिक उपश्थीति रहोस् भनेर गरेका हुन्, मोदी सरकारले होईन ।’

विरोधले सम्बन्ध प्रगाढ बनाउन्न, बिगारेर लैजान्छ ।, लामाको अनुरोध थियो, ‘राष्ट्रवादी बनिने नाममा उच्श्रृखल तत्वहरुको बहकमा अनुचित गतिविधी नगरिदिन म सबैसँग अनुरोध गर्दछु ।’

यसैबिच, नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहका नेपाल तर्फका सदस्य एवम् परराष्ट्रविद् तथा एमाले नेता राजन भट्टराईले पनि भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई लिएर भईरहेको विरोध प्रति चिन्ता व्यक्त गर्दै तर, क्रिया तथा प्रतिक्रिया आउनु स्वभाविक भएको बताएका छन् ।

मोदीको स्वागत सम्मानमा जनकपुरवासीले नागरिक अभिन्दन राख्दा विरोध गरिनुको अर्थ नभएको भट्टराईले काठमाण्डौंमा बताए । उनले केन्द्र सरकारले अभिनन्दन गर्ने त परम्परा नै रहेको समेत जिकिर गरे ।

विवेकशील साझाको स्वागत, तर यस्तो भनाई !
विवेकशील साझा पार्टी नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सकारात्मक रुपमा लिएर मोदीलाई स्वागत गरे पनि भूकम्पको बेला मोदी नेतृत्वको सरकारबाट भएको अघोषित नाकाबन्दी बारे बोल्दै भनेको छ…


महामहीम मोदीजी नेपालमा स्वागत छ ।
तर हामीले नाकावन्दी भुलेका छैनौ ।
औपचारिक क्षमा माग्नु हुन्छ कि ?

भ्रमणको हार्दिक स्वागत गर्दागर्दै पनि हामी २०७२ सालमा विनाशकारी भूकम्पको लगत्तै प्रधानमन्त्री मोदी नेतृत्वको सरकारले नेपालमाथि लगाएको अमानवीय र अन्तर्राष्ट्रिय कानुन प्रतिकूलको अघोषित नाकाबन्दीको स्मरण गराउन चाहन्छौँ। राज्य र जनस्तर दुवै तहमा घनिष्ट सम्बन्ध रहेको ठुलो छिमेकी देशबाट नेपालले विभिन्न बहानामा तेस्रो नाकाबन्दी भोग्नु अत्यन्तै खेदजनक घटना थियो।

नाकाबन्दीले गर्दा आम नेपालीको मनमा लागेको घाउ अझै निको नभएको यथार्थसँग भारत अनभिज्ञ छैन। प्रधानमन्त्री मोदीको राजकीय भ्रमणको यो महत्त्वपूर्ण अवसरमा उनले त्यति बेला नेपालीको मनमा पुर्याएको चोटप्रति क्षमायाचना गर्नु जायज हुन्छ भन्ने हाम्रो धारणा हो।

-विवेकशील साझा पार्टी

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

सरित सम्मानित

बिराज प्रधान  लोकल खबरका सल्लाहकार सम्पादक तथा स्वादेश नेपाल डट कमका प्रमुख सम्पादक एवं चर्चित ...