हाँसपोसा सामुदायिक वनमा झमेला (नयाँ अपडेट)

इटहरी/विविध कारण पटकपटक मिति सरेको हाँसपोसा सामुदायिक वन उपभोक्ता समूहको साधारण सभा अन्ततः बैशाख २९ गते हुने भनिए पनि समूहका केही सल्लाहकारहरुले नै आफ्ना ७ बुदे असन्तुष्ठी पोख्दै सभाअघि त्यसको सम्बोधन हुन पर्ने मागसहित सोमबार बिहान समूहको कार्यालयमा वर्तमान कार्यसमितिका अध्यक्ष कर्ण बहादुर राउतलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा, वन समूहको सल्लाहकारहरुका साथै लेखा समिति, वातावरण समिति, न्यायिक समितिको बैठक राख्न माग गरिएको छ । त्यस्तै, २०७४ श्रावणदेखि लेखा परिक्षण गरिनु पर्ने, सदस्यता नविकरण अवैध तरिकाले भएकोले छानविन हुनु पर्ने तथा भत्ता नलिने भने पनि अध्यक्षले मासिक…

Review Overview

हालसम्म लिईएको भत्ता फिर्ता गरिनु पर्ने मागसहितको ७ बुदे ज्ञापन पत्र 

इटहरी/विविध कारण पटकपटक मिति सरेको हाँसपोसा सामुदायिक वन उपभोक्ता समूहको साधारण सभा अन्ततः बैशाख २९ गते हुने भनिए पनि समूहका केही सल्लाहकारहरुले नै आफ्ना ७ बुदे असन्तुष्ठी पोख्दै सभाअघि त्यसको सम्बोधन हुन पर्ने मागसहित सोमबार बिहान समूहको कार्यालयमा वर्तमान कार्यसमितिका अध्यक्ष कर्ण बहादुर राउतलाई ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्रमा, वन समूहको सल्लाहकारहरुका साथै लेखा समिति, वातावरण समिति, न्यायिक समितिको बैठक राख्न माग गरिएको छ ।

त्यस्तै, २०७४ श्रावणदेखि लेखा परिक्षण गरिनु पर्ने, सदस्यता नविकरण अवैध तरिकाले भएकोले छानविन हुनु पर्ने तथा भत्ता नलिने भने पनि अध्यक्षले मासिक भत्ता लिएकोले हालसम्म लिईएको भत्ता फिर्ता गरिनु पर्ने मागसहितको ७ बुदे ज्ञापन पत्र सल्लाहकार समेत रहेका समूहकै पूर्व अध्यक्ष रुद्ध बहादुर बस्नेतले राउतलाई बुझाएका हुन् ।

एकजना लेखा समिति सदस्यसहित जम्मा १२ जना सल्लाहकारहरु हस्तक्षार गरि बुझाएको ज्ञापन पत्रको बोधार्थ इटहरी उपमहानगरपालिकाको कार्यालय, इटहरीसहित सुनसरीको जिल्ला प्रशासन कार्यलय, जिल्ला वन कार्यालय र सामुदायिका वन उपभोक्ता महासंघलाई पनि दिईएको छ ।

अध्यक्ष राउतले ज्ञापन पत्र बुझिसकेपछि कार्यसमिति र सल्लाहकारहरुको बैठक राख्ने र त्यसबाट निस्किने निर्णय अनुसार अघि बढ्ने बताए ।

पूर्व र वर्तमान : राउता (देब्रे) र बस्नेत (दाहिने) ज्ञापन पत्र बुझ्दै, बुझाउदै ।

इटहरी/विविध कारण पटकपटक मिति सरेको हाँसपोसा सामुदायिक वन उपभोक्ता समूहको साधारण सभा अन्ततः बैशाख २९ गते हुने भनिए पनि समूहका केही सल्लाहकारहरुले नै आफ्ना ७ बुदे असन्तुष्ठी पोख्दै सभाअघि त्यसको सम्बोधन हुन पर्ने मागसहित सोमबार बिहान समूहको कार्यालयमा वर्तमान कार्यसमितिका अध्यक्ष कर्ण बहादुर राउतलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा, वन समूहको सल्लाहकारहरुका साथै लेखा समिति, वातावरण समिति, न्यायिक समितिको बैठक राख्न माग गरिएको छ । त्यस्तै, २०७४ श्रावणदेखि लेखा परिक्षण गरिनु पर्ने, सदस्यता नविकरण अवैध तरिकाले भएकोले छानविन हुनु पर्ने तथा भत्ता नलिने भने पनि अध्यक्षले मासिक…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

सरित सम्मानित

बिराज प्रधान  लोकल खबरका सल्लाहकार सम्पादक तथा स्वादेश नेपाल डट कमका प्रमुख सम्पादक एवं चर्चित ...