भाषा , लिपी , संस्कार संस्कृतिको जगेर्ना गर्नुपर्छ – मुख्यमन्त्री राई

प्रमिला वान्तावा राई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भूमि अर्थात प्रकृतिपुजक किरात समुदायले प्राचीनकाल देखि मान्दै आएको उभौली पर्वको महत्व झन बढेर गईरहेको भन्दै आफ्नो हकअधिकार प्राप्तीको लागी सवै जातजातीले आफ्नो भाषा , लिपी , संस्कार संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभएको छ । आइतवार इटहरीस्थित तायारिप्चि साँस्कृतिक भवन स्थलमा किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिती इटहरी ६ ले आयोजना गरेको साकेला उभौली २०७५ को अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथी रहनुभएका मुख्यमन्त्री राईले यस्तो बताउनुभएको हो । किरात समुदायको उभौली र उधौली पर्व विश्वका अरु…

Review Overview

हकअधिकार प्राप्तीको लागी सवै जातजातीले आफ्नो भाषा , लिपी , संस्कार संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड 

प्रमिला वान्तावा राई
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भूमि अर्थात प्रकृतिपुजक किरात समुदायले प्राचीनकाल देखि मान्दै आएको उभौली पर्वको महत्व झन बढेर गईरहेको भन्दै आफ्नो हकअधिकार प्राप्तीको लागी सवै जातजातीले आफ्नो भाषा , लिपी , संस्कार संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आइतवार इटहरीस्थित तायारिप्चि साँस्कृतिक भवन स्थलमा किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिती इटहरी ६ ले आयोजना गरेको साकेला उभौली २०७५ को अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथी रहनुभएका मुख्यमन्त्री राईले यस्तो बताउनुभएको हो ।

किरात समुदायको उभौली र उधौली पर्व विश्वका अरु गुप्रै देशहरुमा धुमधामसँग मनाई रहेको सन्दर्भ अझ लोभलाग्दो भएकोले किरात समुदायले आफ्नो मौलिक धर्म संस्कार संस्कृति एवम जातीय मौलिकतालाई गहन रुपमा अध्ययन गरेर सम्पूर्ण जातजातीको बीचमा उच्च तुल्याउन जरुरी रहेको तर्फ ध्यान दिनु पनि उहाले ध्यानाकर्षण गराउनुभएको छ ।

कार्यक्रममा नेपाल आदिवासी जनजाती महासङ्घ सुनसरीका अध्यक्ष राम राईले किरात समुदायको मौलिक चाडपर्व र धर्म आदिको ऐतिहाँसिक पृष्ठभूमि तथा बर्तमान नेपालमा किरात सभ्यता समेतको आफ्नै इतिहाँस रहेकाले यसलाई लोप हुन नदिनका लागि प्रदेश एकको नाम किरात प्रदेश राखिनु उचित हुने वताउनुभयो ।

किरात राई यायोक्खा इटहरीका अध्यक्ष चिराहाङ्ग राईको अध्यक्षतामा भएको उभौली पर्व समारोहमा किरात राई समुदायको उत्थान र विकासमा महत्वपूर्ण योगदान पु¥याउनु भएको भन्दै गम्भीराजङ राई तारा राई लगायतलाई सम्मान समेत गरिएको छ ।

किरात राई यायोक्खा सुनसरीकी अध्यक्ष कमला राई ,सचिव हिन्दुहाङ राई , आदिवासी जनजाति विद्यार्थी संघ सुनसरीका अध्यक्ष यलमहाङ राई , किरात राष्ट्रिय मुक्ति मोर्चा का ज्ञान किराती , किरात राई विद्यार्थी संघ केन्द्रिय उपाध्यक्ष रामचन्द्र राई , करदाता सेवा कार्यलय इटहरीका प्रमुख भोगीराज राई ,किरात राई प्रारम्भिक कार्य समितीका अध्यक्ष तथा सदस्यहरु , सुम्निमा संघ का अध्यक्ष तथा सदस्यहरुको आथित्यतामा भएको कार्यक्रममा सुनसरी र मोरङ वाट आएका किरात राई समुदायले चण्डी नाच प्रदर्शन गरेर आफ्नो संस्कृति पछ्याउदै साकेला उभौली भव्यताका साथ मनाएका छन् ।

प्रमिला वान्तावा राई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भूमि अर्थात प्रकृतिपुजक किरात समुदायले प्राचीनकाल देखि मान्दै आएको उभौली पर्वको महत्व झन बढेर गईरहेको भन्दै आफ्नो हकअधिकार प्राप्तीको लागी सवै जातजातीले आफ्नो भाषा , लिपी , संस्कार संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभएको छ । आइतवार इटहरीस्थित तायारिप्चि साँस्कृतिक भवन स्थलमा किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिती इटहरी ६ ले आयोजना गरेको साकेला उभौली २०७५ को अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथी रहनुभएका मुख्यमन्त्री राईले यस्तो बताउनुभएको हो । किरात समुदायको उभौली र उधौली पर्व विश्वका अरु…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

सरित सम्मानित

बिराज प्रधान  लोकल खबरका सल्लाहकार सम्पादक तथा स्वादेश नेपाल डट कमका प्रमुख सम्पादक एवं चर्चित ...