दृढ मणीराम (विशेष)

इटहरी/सरकारी जग्गा र खोला, नाला, पैनी अतिक्रमण गरि बनाईएको खोर तथा शौचालय (चर्पी) जेठको पहिलो हप्तादेखि भत्काईने भएको छ । इटहरी उपमहानगरपालिका वडा नंम्वर २० का वडा अध्यक्ष मणीराम श्रेष्ठले #लोकल_खबरसँगविशेष कुराकानी गर्दै कानुनी मापदण्ड विपरीत सरकारी खोलापैनी अतिक्रमित गरि बनाईएको त्यस्ता शौचालयहरु भत्काउनका लागि सूचना जारी गर्ने र त्यसको वेवस्ता गरे नगर प्रहरी, प्रहरी प्रशासन र स्थानीयकै सक्रियता र सहभागितामा स्थानीय सरकारले भत्काई छाड्ने बताए । 'सार्वजनिक खोलापैनी मिचिएको मात्र होईन, त्यसको फोहोरले पुरै नगर दुषित छ । स्वास्थ्यमा प्रतिकुल असर पुगेको छ । एउटा सचेत र…

Review Overview

सरसफाईका लागि भनेर छुट्टै बजेट पनि बिनियोजन गर्ने

इटहरी/सरकारी जग्गा र खोला, नाला, पैनी अतिक्रमण गरि बनाईएको खोर तथा शौचालय (चर्पी) जेठको पहिलो हप्तादेखि भत्काईने भएको छ ।

इटहरी उपमहानगरपालिका वडा नंम्वर २० का वडा अध्यक्ष मणीराम श्रेष्ठले #लोकल_खबरसँगविशेष कुराकानी गर्दै कानुनी मापदण्ड विपरीत सरकारी खोलापैनी अतिक्रमित गरि बनाईएको त्यस्ता शौचालयहरु भत्काउनका लागि सूचना जारी गर्ने र त्यसको वेवस्ता गरे नगर प्रहरी, प्रहरी प्रशासन र स्थानीयकै सक्रियता र सहभागितामा स्थानीय सरकारले भत्काई छाड्ने बताए ।

‘सार्वजनिक खोलापैनी मिचिएको मात्र होईन, त्यसको फोहोरले पुरै नगर दुषित छ । स्वास्थ्यमा प्रतिकुल असर पुगेको छ । एउटा सचेत र विवेकशील नागरिक भएपछि हामीले यस खाले काम गर्नु हुन्न ।’, वडा अध्यक्ष मणीरामले भने, ‘विकास भनेको बाटोपुल बनाउनु मात्र होईन, सरसफाई र त्यसको उचित व्यवस्थापन गर्नु पनि नगर सम्बृद्ध बनाउनु हो । हामी सामाजिक जनचेतना जगाउदै सरसफाईमा विशेष ध्यान दिने छौं । अबको बजेटमा सरसफाईका लागि भनेर छुट्टै बजेट पनि बिनियोजन गर्नेछौं ।’

दृढ देखिएका वडा अध्यक्षले भने, “ढुक्क हुनुहोस, मेरै नजिकका मान्छे भए पनि सार्वजनिक खोलानाला र पैनी मिचेर बनाईएको खोर र ट्वाईलेट हामी भत्काएरै छाड्छौं । कानुनी मापदण्ड सबैको लागि बराबरी हुन्छ र मेरो मान्छे भनेर कसैले छुट पाउदैन । म वडाको अध्यक्ष भएको नाताले सबै मेरा आफ्ना हुन र म पनि उहाँहरु सबैका साझा हु । स्थानीय सरकार कानुनी मापदण्ड अनुसार चल्छ ।”

उनले वडा सदस्य क्याप्टेन नाकधन राईको संयोजकत्वमा सरसफाई तथा वातावरण सम्बन्धी एउटा समिति बनिसकेको र वडा सदस्य क्याप्टेन राईले एक्लै भए पनि सरसफाई अभियानमा आफुलाई सक्रिय पारिरहेकाले स्थानीयले पनि सहयोग गर्नु पर्ने विचार प्रकट गरे ।

यसैविच, क्याप्टेन राईले बैशाख २९ गते तरहराको जनसहयोग स्कूलको सरसफाई कार्यक्रम रहेकोले स्थानीयलाई सहयोगको लागि अपिल गरेका छन् । उनले विशेषगरि युवाहरुलाई सहयोग र सक्रियताका लागि अपिल गरेका छन् ।

सामाजिक संजाल मार्फत अध्यक्ष श्रेष्ठसँग जोडिनका लागि यहाँ क्लिक गर्नुहोस् ।

इटहरी/सरकारी जग्गा र खोला, नाला, पैनी अतिक्रमण गरि बनाईएको खोर तथा शौचालय (चर्पी) जेठको पहिलो हप्तादेखि भत्काईने भएको छ । इटहरी उपमहानगरपालिका वडा नंम्वर २० का वडा अध्यक्ष मणीराम श्रेष्ठले #लोकल_खबरसँगविशेष कुराकानी गर्दै कानुनी मापदण्ड विपरीत सरकारी खोलापैनी अतिक्रमित गरि बनाईएको त्यस्ता शौचालयहरु भत्काउनका लागि सूचना जारी गर्ने र त्यसको वेवस्ता गरे नगर प्रहरी, प्रहरी प्रशासन र स्थानीयकै सक्रियता र सहभागितामा स्थानीय सरकारले भत्काई छाड्ने बताए । 'सार्वजनिक खोलापैनी मिचिएको मात्र होईन, त्यसको फोहोरले पुरै नगर दुषित छ । स्वास्थ्यमा प्रतिकुल असर पुगेको छ । एउटा सचेत र…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

सरित सम्मानित

बिराज प्रधान  लोकल खबरका सल्लाहकार सम्पादक तथा स्वादेश नेपाल डट कमका प्रमुख सम्पादक एवं चर्चित ...