नायिका/मोडल शिल्पा पोख्रेलसँग शाहिलको आवेग…!

चलचित्रको प्रोमो र ट्रेलर सम्पादन एवं निमार्णमा एक सर्वोत्कृष्ट नाम हो, शाहिल खान । मुभि फ्याक्टीका शाहिल हेर्दा जति प्रेमिल देखिए पनि, प्रेममा भने उनी कठोर रहेछन् भन्ने देखिएको छ । मोडल तथा नायिका शिल्पा पोख्रेल जस्ती सुन्दरीलाई समेत शाहिलले आवेगका साथ "गल्ती यो थिएन कि मैले माया गरे, गल्ती यो थियो कि तिमीलाई गरे" भनिदिएका छन् । चलचित्र निमार्ता छबी ओझासँगको सम्बन्ध बारे हल्ला फिजिरहेको बेला शिल्पाको प्रेमलाई शाहिलले त्यसो भनेको हुन् कि ! वा, शिल्पाको पहिलो प्रेम शाहिल पो थिए कि ! सायद यस्तै प्रश्नहरु तपाईको मनमा…

Review Overview

“गल्ती यो थिएन कि मैले माया गरे, गल्ती यो थियो कि तिमीलाई गरे”

चलचित्रको प्रोमो र ट्रेलर सम्पादन एवं निमार्णमा एक सर्वोत्कृष्ट नाम हो, शाहिल खान । मुभि फ्याक्टीका शाहिल हेर्दा जति प्रेमिल देखिए पनि, प्रेममा भने उनी कठोर रहेछन् भन्ने देखिएको छ । मोडल तथा नायिका शिल्पा पोख्रेल जस्ती सुन्दरीलाई समेत शाहिलले आवेगका साथ “गल्ती यो थिएन कि मैले माया गरे, गल्ती यो थियो कि तिमीलाई गरे” भनिदिएका छन् ।

चलचित्र निमार्ता छबी ओझासँगको सम्बन्ध बारे हल्ला फिजिरहेको बेला शिल्पाको प्रेमलाई शाहिलले त्यसो भनेको हुन् कि ! वा, शिल्पाको पहिलो प्रेम शाहिल पो थिए कि ! सायद यस्तै प्रश्नहरु तपाईको मनमा उब्जिनु सक्छन् । किन्तु, नझुक्किनुहोस्, शाहिलले बोलेको शब्द त मात्र एउटा म्युजिक भिडियोको डाईलग हो । अनि, शिल्पा र शाहिलको प्रेम सम्बन्ध नभएर उनीहरु उक्त भिडियोका पात्रहरु मात्र हुन् ।

उनीहरु दुबै चर्चित भिडियो निर्देशक विज्ञान राईद्धारा निर्देशित चर्चित गायिका अन्जु पन्तको ‘न रुनु है’ बोलको गीतको म्युजिक भिडियोमा देखिएका छन् ।

म्युजिक भिडियोको लिड रोलमा शाहिलको यो पहिलो म्युजिक भिडियो हो ।

क्षितिज श्रेष्ठ र सन्तोष कटुवालको शब्द, आलिफ खानको संगीतमा तयार गीतको भिडियो अर्जुन तिवारीले खिचेका हुन् ।

नेपाली चलचित्र ‘च्याम्पियन’ पछि पर्दामा नदेखिएका शाहिल, यो भिडियोसँगै चर्चामा छन् ।

रोमान्टिक दृश्यमा औसत देखिएका शाहिलको भावुक र तनावपूर्ण फेशियल एक्सप्रेसण भने उम्दा लाग्छ । म्युजिक भिडियोमा समावेश डाइलगले भिडियोको ओझ बढाएको छ । भोकल तथा डाइलग डेलिभरिमा शाहिलले जादुमय तर ङ पैदा गरेको छ ।उता, शिल्पाको अभिनय पनि तारिफयोग्य छ ।

भिडियो निर्देशन तथा सम्पादनमा लगनशिल भई लागि परेका विज्ञानको यो अर्को उत्कृष्ठ भिडियो बनिएको छ ।

मिठो शब्द, संगीतमा अञ्जुको स्वरले श्रोता तथा भिडियोले दर्शकको मनमा सुन्दर बास पाउने निश्चित छ ।

चलचित्रको प्रोमो र ट्रेलर सम्पादन एवं निमार्णमा एक सर्वोत्कृष्ट नाम हो, शाहिल खान । मुभि फ्याक्टीका शाहिल हेर्दा जति प्रेमिल देखिए पनि, प्रेममा भने उनी कठोर रहेछन् भन्ने देखिएको छ । मोडल तथा नायिका शिल्पा पोख्रेल जस्ती सुन्दरीलाई समेत शाहिलले आवेगका साथ "गल्ती यो थिएन कि मैले माया गरे, गल्ती यो थियो कि तिमीलाई गरे" भनिदिएका छन् । चलचित्र निमार्ता छबी ओझासँगको सम्बन्ध बारे हल्ला फिजिरहेको बेला शिल्पाको प्रेमलाई शाहिलले त्यसो भनेको हुन् कि ! वा, शिल्पाको पहिलो प्रेम शाहिल पो थिए कि ! सायद यस्तै प्रश्नहरु तपाईको मनमा…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

रामधुनीको दुई ठाउमा झोलुङ्गे पुलको तयारी 

खोलामा वारपार गर्न समस्या रहेकोले पुलको आबस्यक्ता रामधुनी, असार ७ गते । रामधुनी ९स्थित दुई ...