सुप्तुलुङमा फर्किए निरज।

बज्र कुमार थुलुङ्ग राई । हङकङ साहित्य तथा संगीतकर्मी नीरज वान्तवा राई किरात राईहरुको मौलिक धर्म,संस्कार-संस्कृतिलाई स्वीकार गर्दै सुप्तुलुङ(चुला)मा फर्किका छन्।किरायाका भाषिक संस्था वान्तवा यायोक्लाखीमका अध्यक्ष तिलक वालाहाङ राई र नाक्छोङ मैत्र कुमार राईले मुन्दुमी प्रक्रियाद्वारा उनलाई चुलामा प्रवेश गराएका थिए। चुला प्रवेश पश्चात स-सम्मान फेटा गुथाएर निरजको शीर उभ्याउने कार्य पनि गरिएको थियो।किरात राईहरुको संस्कारमा फेटा गुथाउनुलाई बिशेष सम्मानको रुपमा लिने गरिन्छ। आफ्ना पारिवारिक अग्रजहरुले अन्य धर्म-संस्कार मान्दै आएको र त्यसमा किरात राई हुनुको कुनै मौलिक पहिचान नरहने कुरा आफूले गहन रुपमा महशुश गरी आफ्नै मौलिक…

Review Overview

किरात राई दाजुभाई/दिदीबहिनीहरु आफ्नै घरमा, आफ्नै धर्म, संस्कार, संस्कृतिमा फर्कन आव्हान गर्दै आएको छ।

बज्र कुमार थुलुङ्ग राई । हङकङ

साहित्य तथा संगीतकर्मी नीरज वान्तवा राई किरात राईहरुको मौलिक धर्म,संस्कार-संस्कृतिलाई स्वीकार गर्दै सुप्तुलुङ(चुला)मा फर्किका छन्।किरायाका भाषिक संस्था वान्तवा यायोक्लाखीमका अध्यक्ष तिलक वालाहाङ राई र नाक्छोङ मैत्र कुमार राईले मुन्दुमी प्रक्रियाद्वारा उनलाई चुलामा प्रवेश गराएका थिए।

चुला प्रवेश पश्चात स-सम्मान फेटा गुथाएर निरजको शीर उभ्याउने कार्य पनि गरिएको थियो।किरात राईहरुको संस्कारमा फेटा गुथाउनुलाई बिशेष सम्मानको रुपमा लिने गरिन्छ।
आफ्ना पारिवारिक अग्रजहरुले अन्य धर्म-संस्कार मान्दै आएको र त्यसमा किरात राई हुनुको कुनै मौलिक पहिचान नरहने कुरा आफूले गहन रुपमा महशुश गरी आफ्नै मौलिक धर्म, संस्कार, संस्कृतिमा फर्किएको बताउँदै hatteri.com का संस्थापक रिपोर्टरसमेत रहेका नीरजले सुप्तुलुङ(चुला) ढोगे।

भावी दिनहरुमा आफ्ना सन्ततिहरुलाई किरात राईहरुको भाषा,धर्म, संस्कार, संस्कृति तथा समग्र मुन्दुमी दर्शन बारे ज्ञात गराउँदै आफ्नो मौलिकताको पक्षमा उभिने कुरा निरजले आफ्नो मन्तव्यमा थपे।

किरायाले विभिन्न कारणले बाटो बिराएर, आफ्नो मौलिकता भूलेर अर्काको धर्म, संस्कार,संस्कृतिमा गएका आफ्ना किरात राई दाजुभाई/दिदीबहिनीहरु आफ्नै घरमा, आफ्नै धर्म, संस्कार, संस्कृतिमा फर्कन आव्हान गर्दै आएको छ।

स्मरण रहोस् किराया हङकङले विगत ३ बर्षअघि जमीनसहितको आफ्नै भवन(जसलाई सुप्तुलुङखीम भनिएको छ) खरीद गरी किरात राईहरुको सम्पूर्ण मौलिक संस्कार-संस्कृति सम्पन्न गर्ने थलो निर्माण गरेको छ।

बज्र कुमार थुलुङ्ग राई हङकङ्गमा नेपाली समुदायबिच सुपरिचित नाम हो । पत्रकारिता, साहित्य, खेलकुद तथा समाजसेवामा सक्रिय थुलुङ्ग हङकङ्गमा रहेर लामो समय पत्रकारिता गरिरहनुभएका छन् । (तस्वीर पनि, बज्र कुमार थुलुङ्ग राई ।)

बज्र कुमार थुलुङ्ग राई । हङकङ साहित्य तथा संगीतकर्मी नीरज वान्तवा राई किरात राईहरुको मौलिक धर्म,संस्कार-संस्कृतिलाई स्वीकार गर्दै सुप्तुलुङ(चुला)मा फर्किका छन्।किरायाका भाषिक संस्था वान्तवा यायोक्लाखीमका अध्यक्ष तिलक वालाहाङ राई र नाक्छोङ मैत्र कुमार राईले मुन्दुमी प्रक्रियाद्वारा उनलाई चुलामा प्रवेश गराएका थिए। चुला प्रवेश पश्चात स-सम्मान फेटा गुथाएर निरजको शीर उभ्याउने कार्य पनि गरिएको थियो।किरात राईहरुको संस्कारमा फेटा गुथाउनुलाई बिशेष सम्मानको रुपमा लिने गरिन्छ। आफ्ना पारिवारिक अग्रजहरुले अन्य धर्म-संस्कार मान्दै आएको र त्यसमा किरात राई हुनुको कुनै मौलिक पहिचान नरहने कुरा आफूले गहन रुपमा महशुश गरी आफ्नै मौलिक…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

महर प्रति भट्ट असन्तुष्ठ (नेविसंघ विवाद)

भट्टले महरको कार्यशैली प्रति असन्तुष्ठ काठमाडौं । पुस १३ । नेविसंघका अध्यक्ष नैनसिंह महरले १२ ...