थारु जाति बारे चर्चा

यसै युगमा राजा जनकले जनकपुरमा छोरी सिताको स्यमबरकालागि धनुष राखेको बेला सबै ज्ञृmषिमुनी, युवराज र पर्शुराम पनि आएका थिए । 

धिरेन्द्र कुमार चौधरी

रामधुनी, बैशाख २ गते । थारु जातिले मनाउने सिरुवा पर्बको चहल पहल पूर्बी नेपालमा शुरु भएको छ ।
नयाँ बर्षको अबसरमा बैशाख महिना भरी बिभिन्न ठाउमा सिरुवा मेला लाग्ने गर्छ । थारुहरुले हर्ष उल्लासका साथ सिरुवा पर्ब मनाउने गरेको छ । यस अबसरमा नया कपडा लगाउनुका साथै चेली बेटी लाई बोलाउने चलन रहेको छ । 
र बिभिन्न पकबानका साथै मिठो खाने कुरा खाने गर्दछ । चैत्र मसान्तदेखी सिरुवा पर्ब शुरु हुन्छ । यस दिन बिभिन्न ठाउमा जहदा मेला लाग्ने गर्छ । चैत्र मसान्तमा पकाएको खाना बैशाख १ गते खानाले वर्ष दिनसम्म खान पुग्ने जनबिश्वास रही आएको छ ।

परापूर्ब कालदेखी खेती किसानीमा आस्रित थारुहरु त्यतिबेला अनिकाल र प्रचण्ड गर्मी छल्न् बैशाख १ गते जुरशितल मनाउदै आईरहेको छ । यस दिन बिहान स्नान गरी घरको देउता, ग्रामथान, बुढापाका, अग्रज, गौमाता, बोट बिरुवा लगायतलाई जल चढाई पुजा गर्ने चलन रहेको छ । र आफु भन्दा उमेर र नाताले ठूलासंग आशिर्बाद लिने चलन रहेको छ । अग्रजले सानालाई माया गर्दै टाउकोमा जल छर्किई आशिर्बाद दिने चलन छ । 

यसरी थारु समुदायले जुरशितलको तथा सिरुवा पर्बको अबसरमा शुभकामना आदान प्रदान गर्ने गरेको छ ।

धार्मिक मान्यता अनुसार त्रेता युगमा भग्वान पर्शुरामले पर्शुराम कुण्डबाट जल भरी आफना माता, पिता रेणुका र जनजिबनी ज्ञmृषिलाई जल चढाई आशिर्बाद लिएको धार्मिक मान्यता रही आएको रामधुनी ९ का गणेशराम चौधरी बताउदछन् । यसै युगमा राजा जनकले जनकपुरमा छोरी सिताको स्यमबरकालागि धनुष राखेको बेला सबै ज्ञृmषिमुनी, युवराज र पर्शुराम पनि आएका थिए । भग्वान प्रशुरामले राम भग्वानको बारेमा खुलाशा गरेको धार्मिक मान्यता रही आएको छ ।

जुरशितलको शुरुवात भग्वान प्रर्शुरामले गरेको धार्मिक मान्यता रही आएको छ । 

नेपालमा परापूर्ब कालदेखी पौराणिक तथा ऐतिहासिक ठाउमा सिरुवा मेला लाग्दै आएको छ । सुनसरीको रामधुनी नगरको बिभिन्न स्थानमा बैशाख १ गते पञ्चाईन मेला, ४ गते धुराहा मेला, १३ गते झुम्कामा डाकिन मेला, इनरुवामा ५ गते कंसमडानमा लाटी थान मेला, ८ गते भग्बती मन्दिरमा मेला, इटहरीमा ३ गते कचना मेला, ८ गते जब्दी मेला र २ गते डोरा मेला चादबेलामा महत्वपूर्ण तथा ऐतिहासिक मेला लाग्ने गर्छ ।

सुनसरीमा मात्र हैन्, मोरङ, सप्तरीको फुलबैरिया मेला, सिरहा, उदयपुर लगायत थारु बाहुल्य रहेको २२ जिल्लामा बैशाख महिना भरी सिरुवा मेलाको चहल पहल बढेको छ ।
सिरुवा मेलाको अबसरमा भग्बानलाई चढाईने प्रसाद आफुले गच्छे अनुसारको भाकल चढाउदा मनोकामना पुरा हुने जनबिश्वास रही आएको छ । सिरुवा मेलामा दर्शनार्थीहरुको भीड लाग्ने गर्छ । मेला भर्न स्वदेश तथा भारतबाट समेत दर्शनार्थीहरु आउने गर्छ । थारु कल्याणकारीणी सभाका केन्द्रिय सल्लाहकार तथा थारु कानुन ब्यबसायि सभाका अध्यक्ष रामराज चौधरीले सिरुवा मेला थारु जातिको पहिचान रहेको बताउदै यसलाई निरन्तरता दिनु पर्नेमा जोड दिए ।

(लेखक फोनिज, सुनसरीका अध्यक्ष हुन् )

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

सरित सम्मानित

बिराज प्रधान  लोकल खबरका सल्लाहकार सम्पादक तथा स्वादेश नेपाल डट कमका प्रमुख सम्पादक एवं चर्चित ...