धरानमा मायाबी

धरान/धरानको मुख्य शहरको हल्लाखल्लालाई छिछोल्दै वडा नम्बर ११ न्यू पशुपति चोकमा धरानका युवाहरुले नयाँ कन्सेप्टसहितको मायाबी बीबी क्यू गार्डेन सञ्चालन ल्याएका छन् । शुक्रबारबाट औपचारिक संचालनमा आउने मायाबीले संचालन अघि नै चर्चा पाउन थालेको छ । धरानका साईकलिष्ट तथा माउन्ट बाइकका संचालक तथा मायाबीका समेत सञ्चालक रहेका कृष्ण केसी ग्राहकहरुलाई शान्त वातावरणमा सेवा दिने उद्धेश्यले मायाबी शुरु गरेको, पत्रकार सम्मेलनमा जानकारी दिए । धरानमा हाईजनिक अर्गानिक खाना खुवाउन मायाबी मद्दत गर्ने युवा उद्यमी तथा अर्का संचालक प्रमोद शाक्यले बताए । मायाबीमा ग्राहकले गीतसंगीतमा झुम्न समेत सक्ने छन्…

Review Overview

स्वस्थ्व क्षेत्र जनसेवाको लागि हो । मायाबीबाट हामी रोजगारी पनि दिन्छौं- डाक्टर समीर चौधरी

धरान/धरानको मुख्य शहरको हल्लाखल्लालाई छिछोल्दै वडा नम्बर ११ न्यू पशुपति चोकमा धरानका युवाहरुले नयाँ कन्सेप्टसहितको मायाबी बीबी क्यू गार्डेन सञ्चालन ल्याएका छन् । शुक्रबारबाट औपचारिक संचालनमा आउने मायाबीले संचालन अघि नै चर्चा पाउन थालेको छ ।

धरानका साईकलिष्ट तथा माउन्ट बाइकका संचालक तथा मायाबीका समेत सञ्चालक रहेका कृष्ण केसी ग्राहकहरुलाई शान्त वातावरणमा सेवा दिने उद्धेश्यले मायाबी शुरु गरेको, पत्रकार सम्मेलनमा जानकारी दिए ।

धरानमा हाईजनिक अर्गानिक खाना खुवाउन मायाबी मद्दत गर्ने युवा उद्यमी तथा अर्का संचालक प्रमोद शाक्यले बताए ।

मायाबीमा ग्राहकले गीतसंगीतमा झुम्न समेत सक्ने छन् । मायाबीमा एक सय ५० जना क्षमताको सभाहल तथा पर्याप्त पार्किङको व्यबस्था समेत भएको केःशीले बताएका छन् ।

७० लाख बढी लगानी भएको मायाबीमा स्थानीयलाई रोजगारी दिईने केःशीले पत्रकार सम्मेलनमा बताए ।

लोकल खबर तथा सोल्टी टिभीसँगको विशेष कुराकानीमा अर्का सञ्चालक तथा साईकलिष्ट डाक्टर समीर चौधरीले डाक्टरी पेशा कमाउनका लागि नभई सेवाभावले आवाद्ध भएको र मायाबीलाई चै व्यवसायीक रुपमा अगाडि बढाउने बताए ।

‘स्वस्थ्व क्षेत्र जनसेवाको लागि हो । मायाबीबाट हामी रोजगारी पनि दिन्छौं, हामी आफै पनि व्यवसायीक रुपमा अगाडि बढ्ने योजनामा छौं ।’, डा. समीरले भने ।

पत्रकार सम्मेलनमा चर्चित गायक दिप श्रेष्ठ तथा स्थानीय कलाकार एवं साईकलिष्टहरुको उपश्थीति रहेको थियो ।

धरान/धरानको मुख्य शहरको हल्लाखल्लालाई छिछोल्दै वडा नम्बर ११ न्यू पशुपति चोकमा धरानका युवाहरुले नयाँ कन्सेप्टसहितको मायाबी बीबी क्यू गार्डेन सञ्चालन ल्याएका छन् । शुक्रबारबाट औपचारिक संचालनमा आउने मायाबीले संचालन अघि नै चर्चा पाउन थालेको छ । धरानका साईकलिष्ट तथा माउन्ट बाइकका संचालक तथा मायाबीका समेत सञ्चालक रहेका कृष्ण केसी ग्राहकहरुलाई शान्त वातावरणमा सेवा दिने उद्धेश्यले मायाबी शुरु गरेको, पत्रकार सम्मेलनमा जानकारी दिए । धरानमा हाईजनिक अर्गानिक खाना खुवाउन मायाबी मद्दत गर्ने युवा उद्यमी तथा अर्का संचालक प्रमोद शाक्यले बताए । मायाबीमा ग्राहकले गीतसंगीतमा झुम्न समेत सक्ने छन्…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

सरित सम्मानित

बिराज प्रधान  लोकल खबरका सल्लाहकार सम्पादक तथा स्वादेश नेपाल डट कमका प्रमुख सम्पादक एवं चर्चित ...