फोनिजको छैठौं महाधिवेशन (LIVE)

नवीन गुरुङ
नेपाल पुलिस क्लब, भृकुटी मण्डप, काठमाण्डौं

LIVE UPDATE

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को छैठौं महाधिवेशन अहिले प्रदर्शनी मार्गस्थित नेपाल पुलिस क्लवको सभाकक्ष, भृकुटी मण्डप, काठमाण्डौं भईरहेको छ । ३७ सदस्यीय नयाँ नेतृत्व चयन गर्न बन्दसत्र हुदैछ । हिजै, शुक्रबार, उपपराष्ट्रपति नन्दबहादुर पुन पासाङले महाधिवेशनको समुद्धघाट्न गरेका थिए ।

आज, फोनिजले तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । अघिविहान ८ बजेबाट शुरुभएको बन्दसत्रबाट सर्वसम्मत नेतृत्व चयन गर्ने भरपुर प्रयास भए पनि अध्यक्ष एवं वरिष्ठ उपाध्यक्ष बाहेकका पदहरुमा आंकाक्षी बढी देखिएका छन् । तर पनि, सर्वसम्मतका लागि प्रयास जारी रहेको निर्वाचन अध्यक्ष मण्डलका संयोजक खीम घलेले बताए । आदिबासी जनजाति पत्रकारबीच एकमतयता छ भनेर सन्देश दिन पनि सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नु पर्नेमा घलेले जोड दिए ।

सुत्रहरुका अनुसार, हिजोबाट कार्य समिति विघट्न गरेर पूर्व अध्यक्ष बनिन पुगेका डण्ड गुरुङ नै अध्यक्षमा दोहोरिदै नयाँ कार्यसमितिको नेतृत्व गर्ने सम्भावना बढी छ । पूर्व महासचिव गजुरधन राईले पनि अध्यक्ष पदका लागि इच्छा देखाए पनि यसपटक उनले वरिष्ठ उपाध्यक्षमा चित्त बुझाउने सम्भावना छ ।

विभिन्न सुत्रहरुका अनुसार, उपाध्यक्ष ९खुला० मा लक्की चौधरी, उपाध्यक्ष ९महिला० मा देविका घर्तीमगर, महासचिवमा मनोज घर्तीमगर, अमरध्वज लामा, सचिवहरुमा छेटु शेर्पा, जगत दोङ, एक्सन राई, कोषाध्यक्षमा जीवन लामा, लाला गुरुङ, अन्जना शिल्पकार लगायतले दावी गरिरहेका छन् ।

नयाँ नेतृत्वका लागि अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ९खुला०, उपाध्यक्ष ९महिला०, तीनजना सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष गरी ११ जना पदाधिकारी हुनेछन् । त्यस्तै, फोनिज अब प्रादेशिक संरचनामा पनि जाने, पूर्व उपाध्यक्ष भैरव आङलाले जानकारी दिए ।

फोनिजको पाँच विदेश शाखा र ४९ जिल्ला शाखासहित ५४ शाखा रहेका छन् । त्यस्तै, आठवटा विभिन्न जातीय पत्रकार संगठन आवद्ध छन् । महाधिवेशनमा साढे तीनसय प्रतिनिधिको सहभागीता रहेको अध्यक्ष गुरुङले बताए ।

फोनिजमा सातवटै प्रदेशबाट ७ जना प्रादेशिक इन्चार्ज, ८ जना जातीय पत्रकारको तर्फबाट संस्थागत सदस्य, खुला सदस्य ५, महिला ४, अल्पसंख्यक २ जना सदस्य रहने विधानमा व्यवस्था छ । २०५६ सालमा स्थापना भएको फोनिजमा अहिले देशभरबाट करिब तीनहजार जनजाति पत्रकार आवद्ध छन् ।

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

बेईज्जती होईन, खबरदारी ! (जनप्रतिनिधी राम बहादुर गिरी प्रति हाम्रौ उच्च सम्मान छ ।)

  गत हप्ता, बैशाख २९, शनिबार स्वादेश नेपाल, युट्यूब च्यानलका लागि स्थानीय रिर्पोट तयार पार्ने ...