विजयपुरमाथि “खेलवाड” महागल्ती !

विकासको नाऊमा पुरातात्विक महत्वलाई नै विर्सिनु पनि अत्यन्तै गम्भिर भूल 

नवीन गुरुङ सोल्टी

प्राचिन अनुसन्धान तथा अध्ययनका लागि विजयपुर जस्तो एक विशिष्ट पुरातात्विक स्थलको विनाःवहस संरक्षण र अभिलेखिकरण हुनु पर्नेमा सिमित राजनीतिक स्वर्थ, जातीय अतिवादी सोच र आफु अनुकूलको व्याखा गराईले सायद आज इतिहास रोईरहेको हुनपर्दछ । यो दुर्भाग्यपूर्ण छ । दुःख लागेको छ ।

निसन्देहः विकास जरुरी छ । धरानलाई खानेपानीको अति आवश्यक छ । अनि, वेशकः धरान र धरानवासीका लागि हामी सँगसँगै र साथमा हुनपर्दछ । किन्तु, विकासको नाऊमा पुरातात्विक महत्वलाई नै विर्सिनु पनि अत्यन्तै गम्भिर भूल हुनेछ । विजयपुरले ऐतिहासिक प्रमाण बोकेको छ । यसर्थ, विजयपुरको संरक्षण हुनु बुद्धिमता देखिन्छ । यसो गरे, यसमा निहित अधिकांश तथ्य एवं सूचना नष्ट हुनबाट जोगिनेछ । पुरातात्विक अवशेष तथा अभिलेख भविष्यको पिढीका लागि सुरक्षित राख्नु हाम्रो दायित्व र जिम्मेवारी हो । यसर्थ, भोलीका लागि हामीले आज बोल्नै पर्छ ।

एक विशिष्ट पुरातात्विक स्थलको महत्व र भविष्यमा त्यसको उपश्थीति बारे पर्याप्त ज्ञान र सुझबुझ नभएका अपरिपक्व अतिवादीहरुको विचार र वहसभन्दा पनि पुरातत्व विज्ञान विभाग, विज्ञ, सम्बन्धित पक्ष र सरोकारवलाले प्रक्रियागत रुपमा विजयपुर समस्याको समाधान खोज्न जरुरी र जायज देखिन्छ । कुनै पनि राजनीतिक दल, समूह वा संस्थाले विजयपुरमाथि “खेलवाड” गर्नु अक्षम्य महागल्ती हुनेछ । त्यो गल्ती कोहीकसैबाट हुनुहुन्न । किनकी, विजयपुरसँग हामी सारा जोडिएका छौं ।

तस्वीर : कान्तिपुर दैनिक । 

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

रामधुनीको दुई ठाउमा झोलुङ्गे पुलको तयारी 

खोलामा वारपार गर्न समस्या रहेकोले पुलको आबस्यक्ता रामधुनी, असार ७ गते । रामधुनी ९स्थित दुई ...