आगलागी पीडितलाई राहत वितरण

बराहक्षेत्र । शनिबार भएको आगलागीमा परि पीडित सुनसरी मधुवनका ४९ घरका ५० परिवारकालाई तरुण दल सुनसरीले सुनसरीले राहत वितरण गरेको छ । घरहरु जलेर पूर्ण रुपमा नष्ट भएको थियो ।   बराहक्षेत्र नगरपालिका ११ नं वार्ड स्थित इक्राह बस्तीका आगलागी पीडितहरुलाई तरुण दल सुनसरी अध्यक्ष सीजन गुरुङ र उपाध्यक्ष सन्तोष बिकको पहलमा प्राराम्भि राहत स्वरुप प्रत्येक परिवारलाई दुई केजी चामल, दाल, चिउरा भुजा, चाउचाउ र एक थान पाल दिईयो । सोही समय, बालबालिकाहरुलाई लत्ताकपडा समेत वितरण गरियो । अध्यक्ष गुरुङले यो सहयोग प्राराम्भिक र आंशिक…

Review Overview

अध्यक्ष गुरुङले यो सहयोग प्राराम्भिक र आंशिक मात्र भएको बताए ।

बराहक्षेत्र । शनिबार भएको आगलागीमा परि पीडित सुनसरी मधुवनका ४९ घरका ५० परिवारकालाई तरुण दल सुनसरीले सुनसरीले राहत वितरण गरेको छ । घरहरु जलेर पूर्ण रुपमा नष्ट भएको थियो ।

 

बराहक्षेत्र नगरपालिका ११ नं वार्ड स्थित इक्राह बस्तीका आगलागी पीडितहरुलाई तरुण दल सुनसरी अध्यक्ष सीजन गुरुङ र उपाध्यक्ष सन्तोष बिकको पहलमा प्राराम्भि राहत स्वरुप प्रत्येक परिवारलाई दुई केजी चामल, दाल, चिउरा भुजा, चाउचाउ र एक थान पाल दिईयो ।

सोही समय, बालबालिकाहरुलाई लत्ताकपडा समेत वितरण गरियो ।

अध्यक्ष गुरुङले यो सहयोग प्राराम्भिक र आंशिक मात्र भएको बताए । उनले तरुण दल र आफु पीडितका निम्ति आवश्यक अन्य सहयोग र राहतका लागि सम्बन्धित निकाय र पक्षसँग पनि पहल गर्ने बताए ।

उनले पीडितलाई तत्काल सहयोग पुराईदिनका लागि स्थानीय, प्रादेशिक र केन्द्रिय सरकारसँग पनि अनुरोध गरेका छन् ।

उनले आफु राजनीतिक फाईदा वा स्वर्थका लागि पीडितलाई राहत प्रदान गर्न आएको नभई मानवीय सेवाका लागि आएको समेत स्पष्ट पारेका छन् ।

अध्यक्ष गुरुङ र उनको दलले परोपकारी एवं मानवीय सेवा गर्दै आईरहेको छ ।

गुरुङ सोल्टीद्धारा प्रशंसा

सोल्टीले सीजनको सत्कार्यको प्रशंसा गर्दै खुलेर फेशबुकमा स्टाटस् लेखेका छन् । सोल्टीको फेशबुक स्टाटस् जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरिएको छ ।

उनको #चारित्रीक_हत्याका लागि किन बारम्बार उनीमाथि आक्रमण गरिन्छ ? स्पष्ट छ, पीडित, दुखी अनि, गरिबका लागि उनी प्रिय बनिएका छन् । यो समाजका लागि अरु होईन, उनी जरुरी बनिन्दैछन् ।

राजनीतिक विचार र आस्था जे भए पनि, आवाद्ध जुनसुकै पार्टी वा त्यसको भातृ संगठनसँग भए पनि…विशुद्ध पवित्र मनले यदि कुनै युवा आफ्ना साथी/ समूहसँग मिलेर कुनै पनि सामाजिक, परोपकारी अनि आम समुदायको हित हुने काम गर्दैछन्, वा कसैको सेवा गर्छन् भने निसन्देह त्यो कृतज्ञयोग्य र प्रशंसानीय हुन्छ ।

राजनीतिक फाईदा या, स्वर्थ वा प्रभावको लागि नभई पीडितलाई राहत प्रदान गर्नका लागि, तिनका पीडा कम गर्न गरिएका जुनसुकै मानवीय सेवा सत्कार्य हुन् । यस प्रकारका #धर्म गर्ने सीजन मात्र होईनन्, जोसुकै हुन्, तिनी धन्यवादका पात्र हुन् । समाज अनि समाजभित्रका सचेत वर्गले ति पात्रहरुलाई प्रोत्साहन गर्नै पर्छ ।
किन्तु: विडम्वना ! अलग पार्टीसँगको राजनीतिक आवाद्धता अनि, फरक आस्था र विचार भएकै कारण, सीजन र सीजन जस्ता अनेकौं पात्रहरुबाट गरिने/गरिएका सकारात्मक कार्यहरुलाई धन्यवाद दिन हामी कन्जुसाई गछौं । यो संकोचित एवं अनुचित विचारभाव, व्यवहार र संस्कारको अन्त्य हुन जरुरी छ ।
 
दोषी प्रमाणित नभएका घट्नामा नियोजित रुपमा अतिरञ्जित ढंगले कसैको चरित्र हत्या गर्न उद्दत हुने समाजभित्रका #युवा_विरोधी पाखण्डीहरुले, आज युवाहरुले स्पष्टसँग देखिने गरि गरेका सत्कार्यहरुका चै खुलेर तारिफ गर्न चै किन डराईरहेका छन् ? समाज र समाजभित्रका पीडित, दुखी र गरिबका सहयाता र सहयोग अनि सम्बृद्धिका लागि अहोरात्र चिन्तित, क्रियशील अनि दृढ लागि परेका युवालाई फरक पार्टी, अलग विचारधार र जात भएकै कारण किन विचलित बनाउने सुनियोजित प्रहार गरिन्छ ? उनको #चारित्रीक_हत्याका लागि किन बारम्बार उनीमाथि आक्रमण गरिन्छ ? स्पष्ट छ, पीडित, दुखी अनि, गरिबका लागि उनी प्रिय बनिएका छन् । यो समाजका लागि अरु होईन, उनी जरुरी बनिन्दैछन् ।
 
थाहा छ, यति लेखिरहदा ममाथि अनेकौं शंकाहरु अनि शब्द-भनाईमा, बारुदका वर्षातहरु हुनेछन् । परन्तु, सीजनबाट भएका यसखाले सत्कार्यहरुको म जहिले पनि मन खोलेर प्रशंसा गर्छु र उनी र उनको टिमलाई कृतज्ञतासहित आभार प्रकट गर्छु ।
 
समय र परिस्थीतिले साथ दिए म उनीहरुसँगै पनि हुनेछ । किनकी, मेरो आमाबुवाले सिकाउनु भएको संस्कार यहि हो, राम्रौ कामको तारिफ गर्नु, राम्रौ काम गर्नु, नसके साथ दिनु ।
 
म सीजन सम्बन्धले मेरो #भतिज वा हाम्रौ खुन हो भनेर होईन, यो समाज र देशले पाएको भिजन भएका र तुरुन्तै एक्शनमा जाने एक होनहार र दृढ #युवा_नेता भएकाले खुशी र गर्व गर्छु ।
 
सीजन किञ्चित विचलित नहुनु, सहि, सत्य र राम्रौ कामका लागि समाजका हरेक पात्रहरु तिमीसँगै हुनेछन्/छन् ।
 
म त परिवारभित्रको हु, देश र समाज विकासका लागि परिवर्तन र सम्बृद्धि चाहाने हरेक युवा तथा आमा नेपाली तिम्रा साथमा छन् । राम्रौ गर्दै जाऊ । माया र आर्शिवाद ।
 
#नवीन
बराहक्षेत्र । शनिबार भएको आगलागीमा परि पीडित सुनसरी मधुवनका ४९ घरका ५० परिवारकालाई तरुण दल सुनसरीले सुनसरीले राहत वितरण गरेको छ । घरहरु जलेर पूर्ण रुपमा नष्ट भएको थियो ।   बराहक्षेत्र नगरपालिका ११ नं वार्ड स्थित इक्राह बस्तीका आगलागी पीडितहरुलाई तरुण दल सुनसरी अध्यक्ष सीजन गुरुङ र उपाध्यक्ष सन्तोष बिकको पहलमा प्राराम्भि राहत स्वरुप प्रत्येक परिवारलाई दुई केजी चामल, दाल, चिउरा भुजा, चाउचाउ र एक थान पाल दिईयो । सोही समय, बालबालिकाहरुलाई लत्ताकपडा समेत वितरण गरियो । अध्यक्ष गुरुङले यो सहयोग प्राराम्भिक र आंशिक…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

सरित सम्मानित

बिराज प्रधान  लोकल खबरका सल्लाहकार सम्पादक तथा स्वादेश नेपाल डट कमका प्रमुख सम्पादक एवं चर्चित ...