व्हाईट हाउस सम्मान कार्यक्रम सम्पन्न

नेपाल चलचित्र निर्देशक समाज तथा व्हाईट हाउस धरानको आयोजनामा धरानमा पहिलो पल्ट प्रदेश न.१ का महिला चलचित्र निर्देशक, वरिष्ठ निर्देशक , अग्रज कलाकर्मी तथा नव नायिका सम्मान कार्यक्रम सम्पन्न भएको छ । निर्देशक समाजको अध्यक्ष सुचित्रा श्रेष्ठको सभापतित्व तथा चलचित्र बिकास बोर्ड का पुर्व अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

पुरानालाई सम्मान नयालाई प्रोत्साहन भन्ने नाराको साथमा सम्पन्न भएको यस कार्यक्रममा वरिष्ठ नायक तथा अग्रज निर्देशक बि.स. २०३६ सालमा प्रदर्सन भएको चलचित्र सिन्दुरको ७१ बर्षिय नायक बिश्व बस्नेत, अन्तराल र श्री ५ अम्बरे कि निर्देशक दिपा बस्नेत,लक्षु गौतम , निर्देशक केशब रायमाझी त्यसै गरि प्रदेश न. १ का अग्रज महिला कलाकर्मि हरुमा लक्की गुरुङ,शारदा शाक्य,लिम्बू चलचित्रकि प्रथम नायिका शोभा खजुम, गितकार/ समाजसेवी / कलाकर्मि शशी थापा सुब्बा त्यसै गरि नव अभिनेत्री हरुमा मिस पुर्बेली 2014/यो साईनो मायाको अभिनेत्री रेश्मा घिमिरे , चलचित्र लालपुर्जा कि अभिनेत्री मिरुना मगर तथा पुर्बको थारु समुदायकि चर्चित नायिका कौशल चौधरी हरु लाई सम्मान गरिएको थियो ।

सोही अवसरमा निर्देशक समाजकी अध्यक्ष तथा प्रथम महिला निर्देशक सुचित्रा श्रेष्ठलाई पनि व्हाईट हाउसले सम्मान गरेको थियो ।

उक्त अवसरमा निर्देशक समाजकी उपाध्यक्ष रक्षा सिङ राणा , महासचिव गोपाल चन्द्र लामिछाने , कार्यकारी सदस्य समुन्द्र भट्ट लगायत प्रदेश न.१ का अधिकान्श निर्देशक तथा कलाकारहरुको उपस्तिथि रहेको थियो । प्रदेश न. १ का कलाकर्मिहरुको निरत्यको रमाईलो प्रस्तुति को साथै व्हाईट हाउसको विद्यार्थीहरुले आफैले बनाएका १५ भन्दा मिठा परिकारहरुको फूड फेस्टिभल पनि आयोजना भएको थियो ।

राजधानिमा प्रसस्त अवसर र सुबिधा भएको हुदा राजधानी बाहिर गएर त्याहाका कलाकर्मी र निर्देशकलाई सम्मान गरेको हो र आगामि दिनमा पनि यस्ता कार्यक्रमहरुको आयोजना गरिने कुरा समाजका अध्यक्ष सुचित्रा श्रेष्ठले जानकारी गराउनु भयो ।

त्यसै गरि निर्देशक समाज र व्हाईट हाउस ले यस्तो कार्य गरेर प्रशन्शायोग्य कार्य गरेको भनेर चलचित्र बिकास बोर्डका पुर्ब अध्यक्ष राजकुमार राईले ब्यक्त गर्नु भयो ।

कार्यक्रममा प्रदेश न.१ कि दुई जना महिला निर्देशक दिपा श्री निरौला र रेखा थापा निर्देशक समाजले पत्राचार गरेर जानकारी गराउदा पनि सम्मान कार्यक्रममा उपस्तिथि हुन रकम मागेको व्हाईट हाउसका सन्चालक तथा सि.ई.ओ. अरुण प्रधानले जानकारी गराउनु भयो ।

 

नेपाल चलचित्र निर्देशक समाज तथा व्हाईट हाउस धरानको आयोजनामा धरानमा पहिलो पल्ट प्रदेश न.१ का महिला चलचित्र निर्देशक, वरिष्ठ निर्देशक , अग्रज कलाकर्मी तथा नव नायिका सम्मान कार्यक्रम सम्पन्न भएको छ । निर्देशक समाजको अध्यक्ष सुचित्रा श्रेष्ठको सभापतित्व तथा चलचित्र बिकास बोर्ड का पुर्व अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । पुरानालाई सम्मान नयालाई प्रोत्साहन भन्ने नाराको साथमा सम्पन्न भएको यस कार्यक्रममा वरिष्ठ नायक तथा अग्रज निर्देशक बि.स. २०३६ सालमा प्रदर्सन भएको चलचित्र सिन्दुरको ७१ बर्षिय नायक बिश्व बस्नेत, अन्तराल र श्री ५ अम्बरे कि निर्देशक दिपा बस्नेत,लक्षु गौतम , निर्देशक केशब रायमाझी त्यसै गरि प्रदेश न.…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

महर प्रति भट्ट असन्तुष्ठ (नेविसंघ विवाद)

भट्टले महरको कार्यशैली प्रति असन्तुष्ठ काठमाडौं । पुस १३ । नेविसंघका अध्यक्ष नैनसिंह महरले १२ ...