पत्रकारहरुलाइ सम्मान (लोकल खबरका चन्दन पनि सम्मानित)

सुनसरी र अन्तर्राष्ट्रिय प्रेस क्लब भारतले अन्तर्राष्ट्रिय पत्रकार सम्मान समारोह कार्यक्रमको आयोजना गर्दै नेपालका प्रदेश नं. १, २, ३ र
४ का पत्रकारहरुलाइ सम्मान गरेको छ । नेपाल भारत मैत्री सुदृढीकरणमा पत्रकारको भुमिका कार्यक्रमको आयोजना गर्दै सम्मान गरिएको हो ।

कार्यक्रमको उद्घाटन भा.प्र.से.का जिल्ला पदाधिकारी सुपोलका बैद्यनाथ यादबले गरे ।

नेपाल र भारत बिचको समस्याका हल गर्नका लागि मिडियाको अहम भूमिका रहेको र नेपाल र भारतका मिडियाको योगदान अतुलनीय रहेको प्रसंशा गर्दै कार्यक्रमका प्रमुख अतिथी सेवा निवृत जिल्ला एवं सत्र न्यायाधीश अमरनाथ सहायले बताए ।

सम्मानित मध्येका एक तथा टुडेखबर अनलाइनका चन्दन रौनियारले हाल मिडिया राजनीतिक दलका मुखपत्र जस्तो काम गरिरहेकाले समस्या आएको गुनासो पोखे ।

न्युजकर्मी विजय प्रसादले भने मिडियाले स्वतन्त्र रुपमा आफ्नो विचार सम्प्रेषण गर्नु पर्ने बताए ।

नेतृ प्रिति झाले भने परिवर्तनको पक्षमा मिडिया हुनु पर्ने भनाई राखिन् ।

कार्यक्रममा पत्रकार चन्दन रौनियार (सुनसरी), श्याम सुतिहार (मोरङ), हिरा शाह (मोरङ), उषा उराव (मोरङ), पदम सरदार (मोरङ), बिकास राजवंशी (झापा), नितेष चौधरी (झापा), अनिल बर्मा (बारा), जितेन्द्र अक्षत (धनुषा), सबिर आलम (बारा), कुलदिप साह (धनुषा), गणेश कुमार शर्मा (सिरहा), पारसमनि ठाकुर (धनुषा) र निभा झा (धनुषा) लाई सम्मान गरेको छ ।

त्यस्तै, भारत नेपाल सामाजिक सांस्कृतिक मंचका अध्यक्ष राजेश कुमार शर्मा, पत्रकार सशंक सुमन, चंदन कुमार, अरुण झा, प्रमोद कुमार यादव लगायत पनि सम्मान गरियो ।

सुनसरी र अन्तर्राष्ट्रिय प्रेस क्लब भारतले अन्तर्राष्ट्रिय पत्रकार सम्मान समारोह कार्यक्रमको आयोजना गर्दै नेपालका प्रदेश नं. १, २, ३ र ४ का पत्रकारहरुलाइ सम्मान गरेको छ । नेपाल भारत मैत्री सुदृढीकरणमा पत्रकारको भुमिका कार्यक्रमको आयोजना गर्दै सम्मान गरिएको हो । कार्यक्रमको उद्घाटन भा.प्र.से.का जिल्ला पदाधिकारी सुपोलका बैद्यनाथ यादबले गरे । नेपाल र भारत बिचको समस्याका हल गर्नका लागि मिडियाको अहम भूमिका रहेको र नेपाल र भारतका मिडियाको योगदान अतुलनीय रहेको प्रसंशा गर्दै कार्यक्रमका प्रमुख अतिथी सेवा निवृत जिल्ला एवं सत्र न्यायाधीश अमरनाथ सहायले बताए । सम्मानित मध्येका एक तथा टुडेखबर अनलाइनका चन्दन रौनियारले हाल मिडिया राजनीतिक दलका मुखपत्र जस्तो काम…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७५

काठमाडौं/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता ...