अझै सिक्नु छ (वहुप्रतिशाली सरोज)

एकबेला बिबिसी लण्डनबाट प्रसारित नेपाली सेवाको चर्चित रेडियो नाट्क कथा मिठो सारडगीको नाट्य सिरिजमा सक्रिय तन्नेरी कलाकार सरोज केःसी यसबेला पूर्वमा व्यस्त छन् । उनी नयाँ नेपाली चलचित्र “हल्ला नगर”को कथा तयार पारिरहेका छन् ।

घुम्न रुचाउने सरोज यतिबेला होटल, पर्यटन तथा प्याराग्लाईडिङ व्यवसायमा पनि आफुलाई सक्रिय बनाईरहेका छन् ।

उनी होटल धरान स्काई एण्ड एडभेन्चर प्याराग्लाईडिङ संचालनमा ल्याएका छन् ।

चलचित्र मिराजका लेखक तथा मुख्य सहयाक निर्देशक समेत रहेका सरोजले चलचित्र क्षेत्रमा सम्भावना भए पनि पर्यटन व्यवसायमा रुचीका कारण होटल तथा प्याराग्लाईडिङ  पेशा शुरु गरेको बताए ।

भर्खरै प्रर्दशीत चलचत्रि लाजपुर्जाको कथा लेखनमा समेत सहभागी सरोजले दर्जन बढी टिभीस (टेलिभिजनका लागि विज्ञापन) निर्देशन गर्नुका साथै त्यति नै संख्यामा सर्ट मुभिहरुको लेखन तथा निर्देशन गरिसकेका छन् ।

हालसम्म तिन म्युजिक भिडियोको निर्देशन अनुभव बटुलेको सरोजले तत्कालै चलचित्र निर्माण गर्ने सोच भने नभएको बताए ।

सरोजको चर्चित मोडल दिनेश कोईराला अभिनित चर्चित गायिका मेलिना राईको स्वरमा रहेको “मैले सुने” बोलेको गीतको म्युजिक भिडियो चर्चित छ ।

गायक असिम तामाङ को मात्र तिमी र संजय चौंधरी र करण राज कार्की, इथोस ब्याण्डको र्याप गीत पनि उनीद्धारा निर्देशित चर्चित म्युजिक भिडियोहरु  हुन् ।

निर्माता तथा मुर्तिकार अशेष तिम्लिसिनाद्धारा निर्माण गर्न लागिएको “हल्ला नगर” नामक नयाँ चलचित्र लेखिरहेका सरोजले पहिलो पल्ट गन्धर्व गीतसंगीतलाई कर्मसियल भिडियो बनाउने योजनामा छन् ।

मोडल तथा कलाकार दिनेश कोईराला तथा रमेश कटुवालसँगको सहकार्यमा उनले नयाँ कन्सेप्टमा यो भिडियो तयार गर्न लागेको बताए ।

कम बोल्ने, मिजासिलो सरोज प्रेमको विषयमा भने खास बोल्न चाहेनन् ।

“प्रेम भावना बुझेर हुने हो, व्यस्त समयलाई प्रेमले डाईभट गर्छ, म त्यतातिर फस्ने चाहना राख्दिन् ।”, उनी भन्छन्, “कुनै दिन प्रेममा परे, सुनाउछु ।”

“हाललाई कथा लेखकको रुपमा स्थापित हुने” चाहाना भएको सुनाउने सरोजले “कथा लेख्दै गर्दा कथाको पात्रका चरित्रहरु निभाउनका लागि पनि आफु कलाकारिता भिजेको” बताए ।

निर्देशन भने मोह भएको, उनको कथन छ ।

भन्छन्, “कथा लेख्दै गर्दा साथीभाईहरुले निर्देशनको लागि अफर गरेको, त्यसमाथि मेरो पनि मोह भएकोले निर्देशनमा पनि हात हालेको हु ।”

उनले निर्देशन सम्बन्धि कोर्ष समेत गरेका छन् ।

नेपालका चर्चित निर्देशकहरुसँगको घनिष्टा भएको कारण निर्देशनमा भने आफुलाई सहज भएको, उनको भनाई थियो ।

सम्भावना र अवसर देखेर पूर्वमा नै बसेर चलचित्रको काम गरिरहेको बताउने सरोजले भविष्यमा भने काठमाण्डौंमा बसेर काम गर्ने योजना भएको सनाए ।

उनी भविष्यमा काठमाण्डौंमा क्याफे संचालन गरेर होटल तथा रेष्टुरेन्ट व्यवसायमा पनि आफुलाई सक्रिय पारिरहने समेत बताए ।

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

रामधुनीको दुई ठाउमा झोलुङ्गे पुलको तयारी 

खोलामा वारपार गर्न समस्या रहेकोले पुलको आबस्यक्ता रामधुनी, असार ७ गते । रामधुनी ९स्थित दुई ...