एम्बुसबाट बालबाल बचे तेन्जिङ लामा !

 पहाड, तराइ, मधेसका जनताले अब राजपालाई चुन्ने लामाको दाबी 

तरहरा/लोकल खबर

छत्रपति लामा : सामाजिक संजाल फेशबुक मार्फत जोडिनका लागि तस्वीरमा क्लिक गर्नुहोस् ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रिय सचिव तथा समानुपातिक उम्मेदवार तेन्जिङ (तेन्जि/छत्रपति) लामाले आफु एम्बुसबाट बालबाल बचेको बताएका छन् । उनले विप्लबको नाँऊमा सरकारी पक्षबाट नै विपक्षीहरुलाई एम्बुस पार्ने काम भईरहेको, आरोप लगाएका छन् ।

‘विप्लबको नाम बेचेर सरकारी पक्षले नै उद्दण्ड गरिरहेका छन् ।’, लामाले लोकल खबरसँगको विशेष कुराकानीमा भने, ‘जनकपुरमा एम्बुस थापिएको थियो । तर, हामी बालबाल बच्यौं ।’

उनले सरकार एकात्मवादी र नश्लवादी चिन्तन भएकाहरुद्धारा चलाईएको र उनीहरुले आफ्नो साम्राज्य समाप्त हुने भयले विपक्षीलाई एम्बुसमा पार्न खोजेको गम्भिर आरोप लगाउदै भने, ‘एम्बुसबाट तर्सिने छैनौं । जनताको अधिकारको लागि आफ्नो ज्यानको बलिदानी दिन पनि तयार छौं ।’

उनले सरकारले घरि बन्दुकको नालीले ठोक्ने, घरि एम्बुसमा पार्न खोज्ने दमनकारी काम गरेको भन्दै आदिवासी जनजाती, मधेसी, मुस्लीम, दलित, उत्पीडित वर्गको आवाजलाई सुन्ने र सम्बोधन गर्ने काम गर्नु पर्ने, विचार व्यक्त गरे ।

‘अब पनि एकल शासन चलाउछु भन्ने कल्पना नगर्न’ लामाले चेतवानी दिए ।

उनले राजपा निर्वाचनमा होमिए पनि यो आन्दोलनकै एउटा स्वरुप भएको खुलाए ।

‘हामी अझै पनि आन्दोलन नै गरिरहेका छौं । निर्वाचनमा मार्फत जनताको अधिकार र शासन हामी फिर्ता गर्नेछौं ।’, उनको कथन थियो, ‘जनताको मतको कदर र सम्मान गर्नका लागि हामी निर्वाचनमा आएका हौं ।’

राज्य सत्ताको दुरुप्रयोग गरेर सरकारले चुनाव जित्ने सपना देखेको भए पनि पहाड, तराइ, मधेसका जनताले अब राजपालाई चुन्ने लामाको दाबी थियो ।

उनले पहिचान, संघीयता र समावेशीताको विषयमा कोहीसँग सम्झौता नहुने तर, राष्ट्रिय सहमतिका लागि राजप सधैं तयार रहेको बताए ।

मन्त्री बन्ने सम्भावना !

राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय सचिव जस्तो महत्वपूर्ण जिम्मेवारी सम्हालेका लामालाई समानुपातिक निर्वाचन प्रणालीअन्र्तगत प्रतिनिधिसभा सदस्यमा सिफारिस गरिन सक्ने सम्भावना रहेको, राजपा केन्द्रिय स्रोतले जनाएको छ ।

आदिबासी जनजातीको पार्टीमा उपश्थीति कम रहेको र लामाले कम समयमा राजनीतिक फड्कको मारेकोले पनि उनी प्रतिनिधिसभा सदस्यमा सिफारिस हुने बढी सम्भावना छ, श्रोतले भन्यो, यदि यसो भए राजपा सरकार गठनको खेलमा लागे उनी मन्त्री मण्डलका लागि सिफारिमा पनि पर्न सक्छन् ।

घरदैलोमा व्यस्त:

क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उमेदवार मुन्ना देवी मेहेता, प्रदेश सभा १ ‘क’ उमेदवार बिमला तामाङ लगायतलाई यतिबेला लामाले ‘गाइड’ गरिरहेका छन् । उनकै प्रभावका कारण पाहाडे वस्तीमा पनि राजपाको घरदैलो कार्यक्रममा बाक्लो उपश्थीति देखिएको छ ।

बुद्ध चौक, तरहरा बजार, सुर्य टोल लगायतका स्थानमा लामासहित उमेदवारहरु भोट माग्दै हिडेका थिए ।

तस्वीरहरु सबै लामाको फेशबुकबाट साभार । 

 

तरहरा/लोकल खबर राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रिय सचिव तथा समानुपातिक उम्मेदवार तेन्जिङ (तेन्जि/छत्रपति) लामाले आफु एम्बुसबाट बालबाल बचेको बताएका छन् । उनले विप्लबको नाँऊमा सरकारी पक्षबाट नै विपक्षीहरुलाई एम्बुस पार्ने काम भईरहेको, आरोप लगाएका छन् । ‘विप्लबको नाम बेचेर सरकारी पक्षले नै उद्दण्ड गरिरहेका छन् ।’, लामाले लोकल खबरसँगको विशेष कुराकानीमा भने, ‘जनकपुरमा एम्बुस थापिएको थियो । तर, हामी बालबाल बच्यौं ।’ उनले सरकार एकात्मवादी र नश्लवादी चिन्तन भएकाहरुद्धारा…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

जनसहयोगमा रुद्ध

  आफ्ना सन्तानहरुलाई नयाँ शैक्षिक सत्रदेखि जनसहयोगमा नै भर्ना गराउने प्रतिबद्धता तरहरा/इटहरी उपमहानगरपालिका वडा नंम्वर २०, ...