नेपालमा अपार सफलतापछि “खै ओ म्हिथेवा” हङकङमा

 

नेपालमा अपार सफलतापछि अभिनेता, लेखक तथा निर्देशक सुबास गुरुङको चलचित्र ‘खै अाे म्हि थेबा’ ७ जनवरी २०१८ का दिन याउ मे ताई हल हङकङमा प्रदर्शन गरिने भएको छ । चुमलुङ हिम जाेर्डनमा पत्रकार सम्मेलन आयोजित गर्दै चलचित्रको पाेस्टर सार्वजनिक गरिएको छ ।

सामाजिक परिवेशमा आधारित नेपाली गुरुङ चलचित्र खै ओ म्हिथेवा हङकङमा प्रर्दशन हुने भएको छ ।

हङकङकी निर्मात्री सुर्य गुरूङ परिवारसँग । निर्मात्रीसँग सामाजिक संजाल फेशबुक मार्फत जोडिनका लागि फोटोमा क्लिक गर्नुहोस् ।

धरान/लोकल खबर

खुशी क्लबकी प्रमुख तथा नेपाली समाजसेवी सुर्य गुरूङ चलचित्रका लागि हङकङकी निर्मात्री हुन् । नेपाली कला र कलाकारितालाई माया गर्ने गुरूङले हङकङ गएका अधिकांस नेपाली कलाकारहरुलाई व्यक्तिगत रुपमा पनि सम्मान गर्ने गरेकी छिन् । 

उनी सम्बन्धले नेपाली चलचित्र चकलेट लगायत केही नेपाली गुरुङ चलचित्रका निर्मात्री समेत रहेकी पूर्व राष्ट्रिय खेलाडी खुशी गुरुङकी दिदी हुन् । खुशीको पनि चलचित्रका लागि हङकङकी निर्मात्री हुन् ।

गत जेठ २० मा काठमाण्डौंको राष्ट्रिय नाचघर जमलमा भव्य प्रर्दशन भएको चलचित्र खै ओ म्हिथेवाले यहाँ राम्रौ रेसपोन्स पाएको थियो । हङकङका दर्शकहरुले पनि चलचित्रलाई मन पराउने विश्वास निर्मात्री गुरूङ छ । 

‘आफ्नो भाषाको चलचित्र निर्माण गर्न पाउनु खुशी र गर्वको कुरा भएको’, बताउदै गुरूङले आगामी दिनहरुमा पनि दर्शकहरुको साथ र माया पाउने यो क्षेत्रमा सक्रिय रहने बताएकी छिन् । उनले ७ जनवरी २०१८ का दिन याउ मे ताई हल हङकङमा चलचित्र हेर्न आईदिनका लागि हङकङका नेपाली दर्शकहरुलाई अनुरोध गरेकी छिन् ।

नेपाल, युके, अमेरिकमा प्रदर्शन गरिसकिएको यो चलचित्र नेपाली भएर पनि नेपाली नागरिकता नपाउँदा अनेकौं कष्ट बेहोर्नुपरेको अबस्था झल्काउँदै ‘खै ओ म्हिथेवा’ (आयो है ठुलो मान्छे) चलचित्र निर्माण भएको छ ।

चलचित्र लमजुङको बेसीशहर र तनहुँको केहि भागमा छायाँकन गरीएको छ ।

नेपाली भएर पनि कहिलेसम्म अनागरिक भएर बस्नुपर्ने हो, ‘खै ओ म्हिथेवा’का निर्देशक शुभाष गुरुङ भन्नुहुन्छ ‘ थुप्रै संख्याका नेपालीहरुको त्यो साझा पिडा चलचित्रले झल्काउँछ ।’, गाउँगाउँमा त्यस्तो समस्याबाट पिल्सीएका ब्यक्तिहरुको अबस्था झल्काउन आफुले यो चलचित्र निर्माण गरेको गुरुङले बताए ।

‘क्लाईमेक्स आर्ट’को तेस्रो र ओस्कारको बाह्रौं प्रस्तुतीमा आएको यो चलचित्र नेपाली भाषा र गुरुङ संस्कृतिमा आधारीत छ । यो चलचित्र १५ बर्ष अगाडी निर्माण भएको गुरुङ चलचित्र ‘म्हिथेवा’ को दोस्रो भाग हो ।

रोशनी गुरुङको प्रस्तुती रहेको चलचित्रमा राेशनी सँगै गोपाल गुरुङ, बसन्त गुरुङ, सूर्य गुरुङ, लिला गुरुङ र खुशी गुरुङ निर्माता रहेका छन् ।

चलचित्रमा शुभाष गुरुङ, आनन्द गुरुङ, मञ्जु गुरुङ, उर्मिला गुरुङ, रेशम गुरुङ, गोपाल गुरुङ, खिममायाँ गुरुङ, विश्वास गुरुङ, प्रताप दास(नेपाल अाईडल तेस्रो ) र दिनेश गुरुङ कलाकार तथा संगीत आरके गुरुङले भरेका छन् ।

कार्यक्रममा निमात्र्री सूर्य गुरुङ, कलाकार विश्वास गुरुङ, साहित्यकार तथा गीतरचनाकार ब्रज थुलुङ र मिलन फाउन्डेसनका अध्यक्ष तथा फिल्म निर्माता दुर्गा मिलन गुरुङ समेतको उपश्थीति रहेको थियो ।

लक्ष्मी गुरुङले संचलान गरेकी कार्यक्रममा अतिथीहरुले चलचित्रलाई सफलताको शुभकामना व्यक्त गरे ।

चलचित्र प्रदर्शनीबाट अाएकाे केही रकम काठमाण्डौंमा रहेको माया घर, साामजिक संस्थालाई दिईने निमार्ण पक्षले जनाएको छ ।

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

महर प्रति भट्ट असन्तुष्ठ (नेविसंघ विवाद)

भट्टले महरको कार्यशैली प्रति असन्तुष्ठ काठमाडौं । पुस १३ । नेविसंघका अध्यक्ष नैनसिंह महरले १२ ...