निर्वाचन अनि आशाका त्यान्द्रोहरु (सुमन दाहाल)

सामाजिक संजाल फेशबुक मार्फत लेखकसँग जोडिनका लागि तस्वीरमा (फोटोमा)  क्लिक गर्नुहोस् ।

सुमन दाहाल (शिष्टाचार अभियन्ता)

देश यतिबेला प्रतिनिधीसभा र प्रदेशसभाको लागि निर्वाचनमा होमिएको छ । निर्वाचनपछि देशमा केही परिवर्तन हुने आशा धेरैले व्यक्त गरेका छन् ।

राजनीतिक अस्थिरताबाट स्थिरता, भ्रष्टाचारबाट सदाचार, अपमानबाट सम्मान र अविकसितबाट विकसितका रेखाहरु कोरिने अपेक्षासहित धेरै नेपाली मार्गशीर्ष (मंसिर) १० र २१ गते निर्वाचनमा मतदान गर्न निस्किने छन् ।

विभिन्न कालखण्डमा भएका विभिन्न निर्वाचनले देशमा उल्लेख्य परिवर्तन गर्न नसकेपछि अब हुने निर्वाचनले पनि परिवर्तन गर्ला भनेर नेपाली जनता ढुक्क हुन सकेका छैनन् । यद्यपी, सम्भावना बोकेको यो निर्वाचन विगतभन्दा फरक र इतिहासमा पहिलोपटक हो भन्ने बुझ्न जरुरी छ । आखिरीः खासमा के–के छन त आशाका त्यान्द्रोहरु ? यसरी केलाउन सकिन्छ ।

मरुभूमीमा पानी

मरुभूमीमा पानी सम्भब छ । मानिसको चेतना, बिबेक, निष्ठा र जबाफदेहिताले मरुभूमीमा पानीको सहज ब्यबस्थापन गर्न सकिन्छ । पहिलेका निर्वाचनमा देखिएका कयौं कमीकमजोरीहरु जो चेतना, बिबेक, निष्ठा र जबाफदेहितासँग सम्बन्धित थिए । आज सुधारात्मक संकेतहरु देखिन थालेका छन । ५ प्रतिशत नै सही, हामी सकारात्मक बाटोमा छौं । यद्यपि गन्तब्य सोचेजति नजिक छैन । पूर्ण भरोशा र आशाको धिपधिपे दियो पनि भोली गएर ज्योतिपुन्ज बन्नसक्छ ।

चेतना

हामी किन पछि पर्यौ ।हामीमा के कमीकमजोरी रह्यो ।हाम्रा ऊम्मेदवार हरुले किन सधैं हामीहरुलाई सपना मात्र देखाई रहे । हामीहरुले पटकपटक किन तीनै नेताहरुलाई विश्वाश गरिरहेका छौं । हाम्रो मतले किन उनीहरु सम्ब्रिद्दिको उकालो चढि रहे । मत प्राप्तिकालागी हामीहरु किन यसरी प्रयोग भयौं ( यस्ता हज्जारौं प्रश्नहरुको जबाफ खोज्न हाम्रो मजबुत चेतनाले यतिबेला हामीहरुलाई बसी सुख न उठि सुख बनाएको छ । केही पदलोलुप झुण्डहरु, क्षणिक लाभको आत्मरतीमा रमाउनेहरु त अपबाद मात्र मान्न सकिन्छ ।

बिचार, बोली र व्यबहार

बिचार एउटा, बोली अर्कै र व्यबहार अझ नौलो अर्थात बिचार र बोलिसँग पटक्कै तालमेल नमिल्ने चरित्रबाट वाक्क दिक्क भएको अवस्थामा छौं हामीहरु । अब सबैलाई महशुश हुन थालेको छ कि ( यो त अती भयो । झकिझकाउ बश्त्र धारण गरेर हिंडे पनि सर्बाङ्ग नाङ्गो देखिनु राजनीतिज्ञहरुकालागि अब घातक हुनसक्छ । भनाइ छ झूठलाई सधैकालागि ढाकछोप गर्न सकिन्न । यो निर्वाचनले सिद्धान्त र आदर्शको पक्षमा प्रसस्त सकारात्मक सन्देश प्रबाहित गर्दैछ ।

भ्रष्टाचार

सर्बत्र भ्रष्टाचारले ग्रसित नेपाली समाजमा बिस्तारै सदाचारको चेतना अँकुराउन थालेको छ । भ्रष्टाचारले अब सातपुस्ते सम्वृद्धि होइन सातपुस्ते कलंकको काम गर्छ भन्ने मान्यता स्थापित हुँदैछ । यस् पटकको निर्वाचनले भ्रष्टाचारीहरुको सातोपुत्लो जाने सम्भावना प्रचुर छ । पद, पैसा र शक्तिले केही त्यस्ता ब्यक्तिहरुले यस् पटकको निर्वाचनमा स्थान पाएपनि यो नै अन्तिम हुने सम्भावना छ । इमान्दार र नैतीकवान कार्यकर्ताहरु निर्वाचनमा छेउलाग्नु अन्ततोगत्वा दलहरुको नैतीक पराजय हो ।

हत्या, हिंशा र आतंक

हत्या, हिंशा र आतंकले थिलथिलो नेपाली समाजले यसको बिकल्प खोज्न शुरु गरिसकेको छ । बिगतमा सम्पन्न स्थानिय निर्वाचनले पनि यसको संकेत दिएको प्रष्ट हुन्छ । देशमा सुशाशन, अमनचैन र सम्पूर्णतामा बिकाश नै जनचाहना हो भन्ने सत्यलाई सम्पूर्ण राजनीतिक दलहरुले आत्मसात् नगर्ने हो भने यस्ता राजनीतिक दलहरुको अश्तित्व धरापमा पर्ने निश्चित छ ।

आरोप प्रत्यारोप

आरोप, प्रत्यारोप र हिलो छ्यापाछ्याप गर्ने प्रवृत्ति निमिट्यान्न नभएपनि तुलनात्मक रुपमा कमी भएको महशुश गर्न सकिन्छ । मिडियाहरुमा प्रायजसो देखिने निम्नस्तरका टिकाटिप्पणीले ब्यक्तिको उचाई घट्ने गर्दछ । मर्यादित, सभ्य र सुसंस्कृत राजनीतिले मात्र नैतीकता र निष्ठाको प्रत्याभुती दिने कुरामा अब हामीसबै ढुक्क छौँ ।

शिष्टाचार

देशभर शिष्ट, शालीन र सभ्य चालचलनको बिस्तारै बिकाश भैरहेको छ । यो चालचलन वर्तमान निर्वाचनमा पनि केही हदसम्म लागुहुनु आम मतदाता र उम्मेदवारकालागि खुशीको कुरा हो । हामी पूर्ण आशाबादी छौं निष्ठा र जबाफदेहिताको प्रत्याभुतीकालागि यो निर्वाचन कोशेढुँगा साबित हुनेछ ।

About The Author

शिष्टाचार अभियान नेपालका संस्थापक अभियन्ता दाहाल चिकित्सा, स्वास्थ्व, शिक्षा तथा सामाजिक क्षेत्रमा क्रियशील छन् । सुनसरीको साबिकको हाँसपोसा गाविस, तरहरा (हाल, इटहरी उपमहानगरपालिका वडा नम्वर २०) मा लामो समय सुमन मेडिकल हल संचालन गरेका दाहालले पछि गएर सामुदायीक स्वास्थ्व केन्द्र स्थापना गरे । उनले पुस्तक पनि प्रकाशन गरिसकेका छन् । शालिन, भद्र, शिष्ट र इमान्दार दाहाल सुन्दर, सभ्य, शिष्ट र अनुसाशित समाज निर्माणको परिकल्पनामा हाल अमेरिकामा रहेर पनि नेपाली समुदायमा योगदान पुरयाईरहेका छन् । सम्पादक

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

सरित सम्मानित

बिराज प्रधान  लोकल खबरका सल्लाहकार सम्पादक तथा स्वादेश नेपाल डट कमका प्रमुख सम्पादक एवं चर्चित ...