कैलाशको ४१ औं शाखा इटहरीमा

एलएन गच्छदार/इटहरी

मंसिर ६ गते। पुर्वान्चलको मुटु सुन्दरनगरी इटहरीमा कैलाश विकास बैंकको ४१ औं शाखा विस्तार भएको छ। बैंकका संचालक उद्धवराज गिरिले बिधिवत रुपमा रिवन काटेर शाखाको उदघाटन गरेको छ।

२५ बर्ष पुरानो पोखराबाट सुरु भएको सो बैंकको चुक्ता पुँजि रु.२ सय २९ करोड, निक्षेप तर्फ साढे १८ अर्व तथा कर्जा तर्फ रु. १६ अर्व रहेको छ भने आर्थिक वर्ष २०७३/०७४ मा बैंकले खुद मुनाफा रु. ५० करोड गरेकोछ।

बैंक बारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

बैंकको बार्षिक साधारणसभा यहि मंसिर १५ गते गर्ने भएको छ भने सेयर होल्डरलाई १० प्रतिशत बोनस बितरण गर्नेछ।

 यसअघि असोज र कार्तिकमा बैंकले कोहलपुर र लमहिमा शाखा बिस्तार गरेको र अबको १ महिना भित्रमा धनगढी र भैरहवा शाखा बिस्तार गर्ने बैंकका सिईओ अमृत चरण श्रेष्ठले जानकारी दिए।

 आईक्यानबाट चौथो पटक बेस्ट एकाउन्टसबाट पुरस्कृत भएको  कैलाश विकास बैंकले पुर्वान्चलामा पहिलो पटक शाखा इटहरीमा बिस्तार गरेको हो ।

 कार्यक्रममा शाखाका प्रबन्धक योगेन्द्र गच्छदारले ‘निकट भविष्यमा भिसा डेबिट कार्ड बितरण गर्ने लक्ष्य रहेको’ जानकारी दिए ।

एलएन गच्छदार/इटहरी मंसिर ६ गते। पुर्वान्चलको मुटु सुन्दरनगरी इटहरीमा कैलाश विकास बैंकको ४१ औं शाखा विस्तार भएको छ। बैंकका संचालक उद्धवराज गिरिले बिधिवत रुपमा रिवन काटेर शाखाको उदघाटन गरेको छ। २५ बर्ष पुरानो पोखराबाट सुरु भएको सो बैंकको चुक्ता पुँजि रु.२ सय २९ करोड, निक्षेप तर्फ साढे १८ अर्व तथा कर्जा तर्फ रु. १६ अर्व रहेको छ भने आर्थिक वर्ष २०७३/०७४ मा बैंकले खुद मुनाफा रु. ५० करोड गरेकोछ। बैंक बारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।  बैंकको बार्षिक साधारणसभा यहि मंसिर १५ गते गर्ने भएको छ भने सेयर होल्डरलाई १० प्रतिशत बोनस बितरण गर्नेछ।…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

सरित सम्मानित

बिराज प्रधान  लोकल खबरका सल्लाहकार सम्पादक तथा स्वादेश नेपाल डट कमका प्रमुख सम्पादक एवं चर्चित ...