मतदान हाम्रोलाई होइन राम्रालाई गरौँ । (हस्त थापा)

त्यसैले गुन्द्रुकमा जात नफालौ आदरणीय मतदाताहरू आफुले सर्वश्रेष्ठ संवैधानिक अधिकार कसैलाई दिँदै हुनु हुन्छ भने दश पल्ट ठन्डा दिमागले सोँचेर योग्य, कर्मठ र इमान्दार उम्मेदवारलाई विजयी गराउनु भयो भने मात्र तपाई हाम्रो सम्पूर्ण समस्याले निकास पाँउलान् । 

 

हस्त थापा

असारमा सम्पन्न स्थानियतहको निर्वाचनमा म पनि सकृय रुपले सहभागी भएँ । दुई दशकपछी प्रदेशबाट घर आएको एउटा नेपाली जति हर्सित हुन्छ, मलाई पनि विभिन्न पार्टीहरूको चुनावी अभियान एवं प्रचार–प्रसारमा उर्लिएको जनसागर देख्ता कम खुशी त कहाँ भयो र ! आफ्नौ वडामा र छिमेकको वडाहरूमा तीन हप्ता जति प्रचार प्रसारमा हिड्दा, अनि जनताहरूको ठुलो संख्यामा सहभागिता देखियो । त्यो सहभागिता देख्दा लाग्थ्यो अब त नेपाली जनताले विकासका सम्बाहकहरू अवस्य पाए । चार, पाँच महिना वित्यो जनप्रतिनिधिहरू निर्वाचित भएर कार्यभार सम्हालेको पनि । बेलबारी र आसपासका गाउँपालिका अथवा नगरपालिकामा कतै अधिकृत नआएर त कतै जनप्रतिनिधिका विचमा विवादले गर्दा विकास, निर्माणको कामले गति लिन सकेको छैन । जन स्तरमा जनु योगी आए पनि कानै चिरेको हुँदो रहेछ भन्ने उखान मुखाग्र भएको सुनिन थालेको छ ।

अर्को कुरा नेपालको बजेट आजसम्म समयमा सम्बन्धित ठाउँमा पुगेको रेकर्ड सायदै होला । पुगिहाले पनि तीन भागको दुई भाग जति मात्र पुग्छ । भागबन्डा र कमिसन मौलाएको देशमा बजेट दोहन हुनु या दुरुपयोग हुनुलाई किन अस्वाभाविक मान्ने ? किन भने सबै पार्टीका नेतामहोदयहरूले कर्मचारी लगायत धुपौरे, चम्चेलाई सिकाएका नै यस्तो छ । सरकारी कुर्सीमा बस्ने उच्च पदस्थ कर्मचारीदेखि लिएर मन्त्री, मन्त्राणी र नजिकका उनका अश्रित प्राणी समेत मौका परे बजेटमा चौका हान्ने दाउमा हुन्छन् । भने नेपाली र नेपालको जीवन स्तर उकासेर हामी समृद्ध पाछौँ भन्दै चुनावी सभामा कुर्लने नेताहरूको जनताले विस्वास के का आधारमा गर्ने ? आफ्नौ पार्टीका कार्यकर्ताहरूलाई काख र पाखा गर्ने बेइमानहरूको हालिमुहाली भएको अनि चुनावमा राम्रालाई छोडेर हाम्रालाई उम्मेदवारको टिकट बाड्न ग्याङ् फाइट समेत हुने राजनीतिक दलहरूबाट अब गरिविको रेखामुनी बाँचीरहेका जनताले कति आशा राख्ने ? फेरि पनि केन्द्र र प्रदेशको चुनाव नजिकिदै छ । धुर्तहरू र अवसर बादीहरू प्रसस्त सलबलाउदै छन् । उमेद्वार छनोटको कार्य यिनैका सल्लाहमा हुने गर्छ । हाम्रो गाउँघरमा विकास होला, महंगी नियन्त्रण होला, गाँस, बास र कपासको व्यवस्था सरकारले गर्ला भनेर निर्धा, निमुखा जनताले आशा गर्नु के अर्थ रह्यो र ! त्यसैले समयमै बुद्धी पु¥याएर कसलाई भोट दिँदा हाम्रो कल्याण गर्छ भन्ने कुरा ठह¥याएर इमान्दार, योग्य र सम्य जनप्रतिनिधि छानौँ । जसलेविगतमा पनि तपाई हाम्रो विस्वासको पात्र भएर काम गरेको छ । पारदर्शी एवम् प्रगतिवादी पनि यदि छ र तपाईहरूको क्षेत्रको समग्र विकास र निर्माणका कार्यहरू कुसलतापुर्वक यो उम्मेदवारले कार्यसम्पन्न गर्ने छ भन्ने ठह¥याएर भोट दिनु भएमा अवस्य खेर जाने छैन । विभिन्न झट्टा बहाना गर्ने, अलंकारिक र कपोकल्पित आस्वासन बाँड्ने र भोज, भतेर, पैसा आदि गुप्त ठाँउमा बोलाउदै दिने धुर्तहरूदेखि अब होसियार नभए हामीलाई यिनले पशुलाई झै कुनै दिन घाँस समेत खुवाउने हिम्मत नगर्लान भन्न सकिन्न ।

त्यसैले गुन्द्रुकमा जात नफालौ आदरणीय मतदाताहरू आफुले सर्वश्रेष्ठ संवैधानिक अधिकार कसैलाई दिँदै हुनु हुन्छ भने दश पल्ट ठन्डा दिमागले सोँचेर योग्य, कर्मठ र इमान्दार उम्मेदवारलाई विजयी गराउनु भयो भने मात्र तपाई हाम्रो सम्पूर्ण समस्याले निकास पाँउलान् । साथै समग्र विकासको ढोका खुल्ने पनि छन् । नत्र ए हजुर जुन योगी आएपनि कानै चिरेको होला ।

About The Author

लेखकको निजी विचार । लेखक स्थानीय समाजसेवी हुन् । –सम्पादक

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

तिम्रो राजनीति र मेरो मधुशाला (वेदराज पौडेल)

तिमीले निर्धाहरुको धड्कन नापेर बेझिझक स्पिकरहरुमा आश्वासन बाड्दै गर्दा त्यहि साँझ म मधुशालामा तिनीहरुसंगै प्रेम, ...