तिम्रो राजनीति र मेरो मधुशाला (वेदराज पौडेल)

तिमीले निर्धाहरुको धड्कन नापेर बेझिझक स्पिकरहरुमा आश्वासन बाड्दै गर्दा त्यहि साँझ म मधुशालामा तिनीहरुसंगै प्रेम, मिलन र विछोडका गाथा सुनाइरहेछु । फरक यत्तिछ, तिम्रो अनि मेरो भेलामा तिम्रा डाइनोसर आश्वासन निल्न उनीहरुसंग भिजाउने थुक समेत छैन । तर म उनीहरुलाई मदिरासंगै अभावसंग भिड्ने आत्मविश्वास पिलाइरहेछु । थाहा छैन तिम्रो सूर्य साम्यवादलाई काँध हालेर कहिले उदाउने हो । समाजवादको गुलियो आँप कुन रुखमा फल्ने हो । अनि तिलस्मी दुनिया जस्तै बन्ने हो, हामी गरिबको जीवन । त्यतिन्जेल यो बिर्खे, तिमी अनि म रहन्छौं की…

Review Overview

तिमीले निर्धाहरुको धड्कन नापेर
बेझिझक स्पिकरहरुमा आश्वासन बाड्दै गर्दा
त्यहि साँझ म मधुशालामा तिनीहरुसंगै
प्रेम, मिलन र विछोडका गाथा सुनाइरहेछु ।

फरक यत्तिछ, तिम्रो अनि मेरो भेलामा
तिम्रा डाइनोसर आश्वासन निल्न
उनीहरुसंग भिजाउने थुक समेत छैन ।
तर म उनीहरुलाई मदिरासंगै
अभावसंग भिड्ने आत्मविश्वास पिलाइरहेछु ।

थाहा छैन तिम्रो सूर्य
साम्यवादलाई काँध हालेर कहिले उदाउने हो ।
समाजवादको गुलियो आँप कुन रुखमा फल्ने हो ।
अनि तिलस्मी दुनिया जस्तै बन्ने हो, हामी गरिबको जीवन ।
त्यतिन्जेल यो बिर्खे, तिमी अनि म
रहन्छौं की रहनौं कस्ले जान्या छ र ।

तर हेर त आज
बिर्खे, भुन्टे र जोगेनहरु
एकछिन भएपनि मदमस्त नाचिरहेछन् ।
तिम्रो सम्यवाद र समाजवादमा आफैंलाई भुलेर
यसरी नाच्न पाइएलाकी नपाइएला
त्यसैले ‘साइली एक ट्वाक थप त ।’
म यथार्थमा मस्त जीउन चाहन्छु ।

तिमी भाषण दिन उडेर आउने
जाहजको छायाँ मात्र पर्छ यो गाउँमा
त्यहि छायाँलाई पछ्याउदै प्लेन चढेको
अनुभूतिमा बिर्खेको सानो छोरो
कान्लाबाट लड्छ र रगताम्य पार्छ घुँडो ।

सायद तिमीले फेरि ल्याउन लागेको
समानताको ब्यावस्थामा
हामी गरिबलाई जहाजको छायाँ
र यथार्थमा घुँडो दुखाइ त हुने होलानी ।

खै त धेरै वटा ब्यावस्था बदल्दा पनि
बिर्खेको आरन बद्लीएको,
खै त साल्दाईको खिया परेको कल बद्लीएको
जमुना भाउजूले कुच्चीएको तामेगाग्रीमा
पधेंराबाट पानी बोकेको पनि युगौं भयो ।
खै त तिम्रो राजनीतिले पधेंराको पानी
माल्दाईको जुठेल्नामा धारो बनेर झरेको ।

सुन्छु आजकत तिमी
राजधानीका तारेहरुमा
फरक फरक अंगालोमा पनि निदाउन सक्दैनौं रे ।
म त त्यहि साइलीको लोकलमेडको
रमरममा धुस्ने परालमै मग्न निदाउछु ।

तिम्रा आलिंगनको न्यानो पन र धुस्नेको न्यानोमा फकर छैन ।
फरक यत्तिहो धुस्नेले न्यानो बनाए वापद मसंग केही माग्दैन ।
उस्को अनि मेरो सम्बन्ध निस्वार्थ भएर होला हामी फेरिएनौं ।

बेलुका माइला बाहुनका घरबाट ल्याएको अमिलो मोहीमा
सिलीबरे तपेसमा पकाएको च्याँख्लो भिजाउछु
अनि ढुंग्रामा राखेको ध्वाँसे नुन मिसाएर
गाँस हाल्दै गर्दा
भोली दिनभरिको मेलापातको
तालिका मिलाउछु ।
किनकी म यर्थाथवादी हुँ ।
मलाई तिम्रो जस्तो सपनासंग
कसैको जीवन साट्नु छैन ।

About The Author

लेखक वेदराज पौड्याल राष्ट्रिय फोटो पत्रकार समूहका राष्ट्रिय उपाध्यक्ष हुन् । साहित्य श्रृजना, कविता लेखन तथा गीत–शब्द रचनामा विशेष रुची राख्ने पौड्याल वहुआयमिक छन् । कवि, साहित्यकार एवं पत्रकार पौड्याल कान्तिपुर राष्ट्रिय दैनिकका हालः इटहरी संवाददाता पनि हुन् । पत्रकारिता र शब्द श्रृजनामा मात्र होईनन्, उनी सामाजिक कार्यहरुमा पनि आफुलाई सक्रिय राखिरहेका हुन्छन् । –सम्पादक

तिमीले निर्धाहरुको धड्कन नापेर बेझिझक स्पिकरहरुमा आश्वासन बाड्दै गर्दा त्यहि साँझ म मधुशालामा तिनीहरुसंगै प्रेम, मिलन र विछोडका गाथा सुनाइरहेछु । फरक यत्तिछ, तिम्रो अनि मेरो भेलामा तिम्रा डाइनोसर आश्वासन निल्न उनीहरुसंग भिजाउने थुक समेत छैन । तर म उनीहरुलाई मदिरासंगै अभावसंग भिड्ने आत्मविश्वास पिलाइरहेछु । थाहा छैन तिम्रो सूर्य साम्यवादलाई काँध हालेर कहिले उदाउने हो । समाजवादको गुलियो आँप कुन रुखमा फल्ने हो । अनि तिलस्मी दुनिया जस्तै बन्ने हो, हामी गरिबको जीवन । त्यतिन्जेल यो बिर्खे, तिमी अनि म रहन्छौं की…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

मतदान हाम्रोलाई होइन राम्रालाई गरौँ । (हस्त थापा)

  असारमा सम्पन्न स्थानियतहको निर्वाचनमा म पनि सकृय रुपले सहभागी भएँ । दुई दशकपछी प्रदेशबाट ...