एमाले पार्टी कार्यालयमा तालाबन्दी

डिपिमाथि बारम्बार जालजेल

ऋषी राई । बेलबारी

एमाले बेलबारी नगर कमिटिको कार्यालयमा तालाबन्दी भएको छ । ताला हिजो राति लागेको हो । तालाबन्दी युवासंघ बेलबारी र लोकतान्त्रीक आदिवासी जनजाती महासंघ जिल्ला कमिटिले लगाएको हो ।

प्रदेश उमेदवारको टिकटको विषयलाई लिएर ताला बन्दी भएको बेलबारी नगर संयोजक इरान राईले जानकारी दिए ।

प्रदेश नं. ३ (ख/२) को उमेदवारका लागि दिलप्रसाद राई (डिपि) को ठाउँमा राजकुमार ओझाको नाम आएको भन्दै तालाबन्दी भएको थियो ।

अस्थायी (टुरीस्ट्) उमेदवारलाई टिकट दिएर स्थानिय उमेदवारलाई पाखा लगाउन खोजेको भन्दै तालाबन्दी गरिएको, स्थानीय एक एमाले श्रोतले बताए । राई  स्थानिय उमेदवार हुन् ।

डिपीले दोस्रो संविधान सभाको चुनावमा पनि उठ्न खोजेका थिए । तर केन्द्रीय नेताको नजिक रहेका विराटनगरका गुरु बरालले पाएका थिए ।

भर्खरै सम्पन्न स्थानिय निर्वाचनमा पनि आफ्नो उमेदवारी दिन खोजेका थिए । तर पार्टीले ज्ञानेन्द्र सुवेदीलाई टिकट दिएको थियो ।

त्यस बेला डिपिलाई प्रदेशमा टिकट दिने सर्त सहित सुवेदीले टिकट पाएका थिए । तर यस पटक पनि पार्टीले टिकट नदिएपछि राई समर्थक कार्यकर्ताहरू आक्रोशित छन् ।

डिपिमाथि बारम्बार जालजेल भएको र यो प्रवृती ठिक नभएको, स्थानीय केही अग्रज एमाले नेताहरुले लोकल खबरसँग भने ।

ऋषी राई । बेलबारी एमाले बेलबारी नगर कमिटिको कार्यालयमा तालाबन्दी भएको छ । ताला हिजो राति लागेको हो । तालाबन्दी युवासंघ बेलबारी र लोकतान्त्रीक आदिवासी जनजाती महासंघ जिल्ला कमिटिले लगाएको हो । प्रदेश उमेदवारको टिकटको विषयलाई लिएर ताला बन्दी भएको बेलबारी नगर संयोजक इरान राईले जानकारी दिए । प्रदेश नं. ३ (ख/२) को उमेदवारका लागि दिलप्रसाद राई (डिपि) को ठाउँमा राजकुमार ओझाको नाम आएको भन्दै तालाबन्दी भएको थियो । अस्थायी (टुरीस्ट्) उमेदवारलाई टिकट दिएर स्थानिय उमेदवारलाई पाखा लगाउन खोजेको भन्दै तालाबन्दी गरिएको, स्थानीय एक एमाले श्रोतले बताए । राई  स्थानिय उमेदवार हुन् । डिपीले दोस्रो…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

सरित सम्मानित

बिराज प्रधान  लोकल खबरका सल्लाहकार सम्पादक तथा स्वादेश नेपाल डट कमका प्रमुख सम्पादक एवं चर्चित ...