विषयान्तरमा प्रतिष्ठान विवाद

जनकऋषि राई (चाम्लिङ)

जनकऋषि राई (चाम्लिङ)

भ्रष्टचार व्यक्तिले होइन संरचनागत तहले गर्ने हो । तसर्थ, उपकुलपति रौनियार भ्रष्टचारमा संलग्न वा प्रतिष्ठानको बेथितिमा संलग्न छन् भने सहयोगीको भूमिकामा को को छन् ? स्पष्ट पार्न आवश्यक छ । सेवा सुविधा पाए जतिसुकै भ्रष्टाचार भए पनि चुप बस्ने आसयबाट उठाइएको आन्दोलनले समर्थनभन्दा बढि प्रश्न जन्माउँछ ।

लेखक राई

अन्ततः जिम्मेवार वडाध्यक्षको हैसियतमा प्रवीण राईले धरान–१८ स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको तालाबन्दी तोडिदिए । वडाध्यक्ष राईको सो गतिविधिले अस्पताल बन्द गर्न तम्सनेहरु एक कदम पछाडि हट्न बाध्य भए । खासमा त वडाध्यक्षको यो कदमले बिमारी उपचार गर्ने अस्पताल आफै बिमारी हुनबाट जोगियो । प्रतिष्ठानमा कार्यरत कर्मचारीको सेवासुविधाको माग उठाउँदै आएको ‘कर्मचारी कल्याण समाज’ को आन्दोलन पछिल्लो चरणमा विषयान्तरण हुँदै आएको र आप्mनो माग पुरा गराउन अस्पतालको प्रतिष्ठालाई धरायसी बनाउन लागेको स्पष्ट हुँदै आएको छ । त्यसैले पनि कुनै न कुनै रुपमा बन्दको विरुद्ध कोही न कोहीले बोल्नै पथ्र्याे वा बन्दको विरुद्धमा सक्रियता देखाउनु पथ्र्याे । जुन काम जननिर्वाचित वडाध्यक्ष प्रवीण राईले गरे । 

प्रतिष्ठानमा कार्यरत कर्मचारीको सेवासुविधाको विषयमा समाजले आवाज उठाउनु सुखद विषय हो । बढ्दो महङ्गीसँग समान्य कर्मचारीको तलबले तादाम्यता राख्नै पर्छ । तर, आवरणमा सेवासुविधाको विषय उठान गरेर भित्रीरुपमा आप्mनो गलत अभीप्सा पूरा गर्ने चाहना राख्नु नियतमा खराबी हो । समाजको आन्दोलन यतिबेला यही गलत नियतको शिकार भएको देखिन आएको छ । आन्दोलन जति लम्बिदैं गइरहेको छ, उति नै आन्दोलनको अन्तर्य के थियो वा रहेछ भन्ने कुरा छर्लङ्ग हुँदै आएको छ । नियत नै गलत राखेर थालिएको आन्दोलन भएकोले यसो हुनु स्वाभाविक पनि थियो । आन्दोलनको विषय उठान एउटा कोणबाट हुनु र बैठानको लागि अर्काे कोण खोजिनु नै आन्दोलनको विडम्बना देखिन आएको छ । प्रतिष्ठानमा आन्दोलनको विषय बनेको कुरा सेवा सुविधाको हो, जो जायज पनि छ । तर, उक्त विषयलाई विषयान्तर गर्दै निकासकोलागि भ्रष्टाचार, कमिशन र प्रतिष्ठानको बेथितिको सवाल उठाउनु कति नैतिक छ ? यो आन्दोलनकारीले बुभ्mनु पर्ने गहन नैतिक सवाल हो । यसको अर्थ प्रतिष्ठानभित्रको सबैखाले खराबीमा मौन बस्नु पर्छ भन्ने होइन, आन्दोलनको उठान गर्दा विषयान्तर नहोस् भन्ने हो । 

सेवा सुविधाको कुरा उठाउँदै आन्दोलनको केन्द्रमा सबैखाले बेथितिलाई जोड्नु नै गलत आसय देखिएको छ । विषय उठान कि त सेवा सुविधामामात्र केन्द्रित हुनु पथ्र्याे कि त प्रतिष्ठानमा भएको सबैखाले बेथितिको विरुद्धमा । यसले प्रष्ट पारेको छ , यदि अस्पताल प्रशासनले आन्दोलन हुनसाथ सेवासुविधा दिएको भए उक्त आन्दोलनले प्रतिष्ठानमा भइरहेको बेथितिको विषय उठान गर्ने थिएन । सेवासुविधा नदिएको कारणले नै आन्दोलन प्रतिष्ठानको सबैखाले बेथितिसम्म जोडिन पुग्यो । यसले के संकेत गर्छ भने सेवासुविधा दिएर अस्पताल प्रशासनले चाहेजति भ्रष्टाचार (आन्दोलनकारीहरुले अहिले लगाएको भ्रष्टाचारको आरोपभन्दा दोब्बर) गरेको सो भ्रष्टाचार अनदेखा हुने थियो वा भ्रष्टाचार भएको कुरा सतहमा आउने थिएन । सेवासुविधा पाएर चुप बस्ने प्रवृत्ति खासमा संस्थागत भ्रष्टाचारको संकेत हो । जुन भ्रष्टाचार व्यक्तिले गरेकोभन्दा सयौं गुणा खतरनाक हुन्छ । समाजले थालेको आन्दोलन यहीनेर विषयान्तर भएको थियो । आन्दोलनको नाममा भ्रष्टाचारलाई संस्थागत गर्ने नियतबाट जनमत सिर्जना गर्न खोज्नु नैतिकताको पराकाष्ठा हो । खासमा सेवासुविधा पाए पनि नपाए पनि समाज भ्रष्टाचारको विरुद्धमा जहिले पनि जहाँ पनि संघर्ष गर्न तयार हुनु पथ्र्याे । 

Advt.

भ्रष्टाचार भन्ने विषय कुनै एक व्यक्ति विशेषको भूमिका विशेष देखिए पनि संरचनागतरुपमा उत्तिकै भूमिका रहेको देखिन्छ । हालका बहालवाला उपकुलपति आरके रौनियार आउनासाथ पक्कै पनि भ्रष्टाचार सुरु भएको होइन । भ्रष्टाचार भएकै हो भने पनि अघिल्लो उपकुलपतिको संरचनाको निरन्तरता हुन सक्छ । होइन भने अघिल्लो समयमा भ्रष्टाचार नै भएको थिएन भनेर ठप्पा लगाउन सक्नुपर्छ । साथै, नयाँ उपकुलपति रौनियारलेमात्र भ्रष्टाचार सुरु गरेको भन्न सक्नुपर्छ । उपकुलपति रौनियारले अघिल्लो संरचना(भ्रष्टाचारको) लाई निरन्तरता दिएको हो भने त्यो अघिल्लो संरचनामा कर्मचारी को को थिए ? यसको खोजी हुन जरुरी छ । अर्थात, हिजो भएको भष्टाचारको नैतिक जिम्मेवारी सांगठानिकरुपमा वा व्यक्तिगतरुपमा जो कोही जिम्मेवार व्यक्तिले लिन जरुरी छ । धरानवासीले अघिल्लो संरचनामा भएको भ्रष्टाचारमा को को संलग्न छ भनेर जान्न चाह्यो भने त्यसको जवाफ कसले दिन्छ ? त्यसैले संरचनागतरुपमा हुँदै आएको भ्रष्टाचारमा आपूmले आपूmलाई पुरेत्याइँ गरेको बेला ‘म म ’ भनेजस्तै आत्मस्वीकार गरिएन भने प्रतिष्ठानको प्रतिष्ठा नामेट हुन्छ । यो सवालमा सबै सचेत हुन जरुरी छ । विषयको उठान सौदाबाजीजस्तो हुनुहुन्न । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

वर्तमान उपकुलपति रौनियारले भ्रष्टाचार नै गरेको देखिएको हो भने समाजले उपकुलपतिद्धारा भएको भ्रष्टाचारको घुमाउरो तरिकाले लाभ लिन सेवासुविधाको कुरा उठाउनु हुन्न । सिधै बहिष्कार, खारेजी वा हाजिरीबाट बञ्चित गराउन सक्नुपर्छ । के यो नैतिकता डा. विष्णुहरी पौडेल, डा. प्रल्हाद कार्की, डा. सीएस अग्रवाल वा डा. निर्मल बरालसँग छ त ? डा. सापहरुले विषयान्तर हुँदै गरेको आन्दोलनलाई लिकमा ल्याउनु पर्नेमा आफै आन्दोलनको बाढिमा हेलिएको देखिएको थियो ।

अझ आन्दोलनको अन्तर्यमा कसैलाई रेक्टर हुनु छ, कसैलाई प्रतिष्ठानबाट बिदा लिएर (भविष्यमा पुनःसोही स्थानमा जागिर खाने) गरि कुनै अमुक आयोग वा संस्थाको प्रमुख भएर अर्काे जागिर खानु छ, कसैले बढुवा चाहिएको छ वा कसैलाई नयाँ उपकुलपतिले भइरहेको शाखाबाट सरुवा गरिदिन्छ कि भन्ने मनोगत त्रास छ । यो त्रासको एकीकृत स्वरुप नै भ्रष्टाचारको अभिव्यक्ति हो । जसको प्रारुप कर्मचारीको सेवासुविधाबाट सुरु भयो ।

त्यसो त भर्खरैसमम पनि निर्वतमान उपकुलपति वीपी दासले प्रतिष्ठानको भीआईपी गेष्ट हाउसलाई निजी क्वाटर बनाएको विषय माथि उल्लेखित डा. सापहरुको बुझाईमा भ्रष्टाचार भएन । प्रशासन लगाएर हटाउनु पर्ने अवस्था आउँदा भीआईपी कोठाका सबै समानहरु निर्वतमान उपकुलपति दासले बोकेर लैजाँदा बिरोध गर्ने कोही भएन । यसको सिधा अर्थ हो, सर्पको खुट्टा सर्पले देखेको छ । अर्थात, निवर्तमान उपकुलपति दासको प्रवृत्तिविरुद्ध बोल्न डा. सापहरुलाई वा समाजका अगुवाहरुलाई यो अर्थमा कठिन भयो कि सबै डा. सापहरु कुनै न कुनै रुपमा नैतिक भ्रष्टाचारमा डुबेका छन् । 

भ्रष्टचार व्यक्तिले होइन संरचनागत तहले गर्ने हो । तसर्थ, उपकुलपति रौनियार भ्रष्टचारमा संलग्न वा प्रतिष्ठानको बेथितिमा संलग्न छन् भने सहयोगीको भूमिकामा को को छन् ? स्पष्ट पार्न आवश्यक छ । सेवा सुविधा पाए जतिसुकै भ्रष्टाचार भए पनि चुप बस्ने आसयबाट उठाइएको आन्दोलनले समर्थनभन्दा बढि प्रश्न जन्माउँछ । जति विषय उठ्यो वा उठाइयो विषयान्तर नहोस् । आन्दोलनले नेपालकै प्रतिष्ठा बोकेको प्रतिष्ठानलाई बदनाम बनाउने वा मलाई नभए अरुलाई पनि नहोस् भन्ने कोणबाट विषय उठान नहोस् ।

Email: hetchakuppa@gmail.com

Facebook : https://www.facebook.com/janak.chamling

About The Author

लेखक–परिचय :
पत्रकारितामा प्रखर र स्पष्ट पत्रकारका रुपमा ख्याती कमाएका लेखक राईका लेखरचना/विचार राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरमा चर्चामा छ । लोकल खबरका सल्लाहकार समेत रहनुभएका राई हाल स्वतन्त्र रुपमा पत्रकारिता गरिरहनुभएका छन् । –सम्पादक

वडा अध्यक्ष राईको तस्वीर : विकाश चाम्लिङ राई 

थप, यो पनि पढ्नुहोस् । 

चाबीले चुलायो चर्चा : के भन्छन् राई ?

 

 

अन्ततः जिम्मेवार वडाध्यक्षको हैसियतमा प्रवीण राईले धरान–१८ स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको तालाबन्दी तोडिदिए । वडाध्यक्ष राईको सो गतिविधिले अस्पताल बन्द गर्न तम्सनेहरु एक कदम पछाडि हट्न बाध्य भए । खासमा त वडाध्यक्षको यो कदमले बिमारी उपचार गर्ने अस्पताल आफै…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

सरित सम्मानित

बिराज प्रधान  लोकल खबरका सल्लाहकार सम्पादक तथा स्वादेश नेपाल डट कमका प्रमुख सम्पादक एवं चर्चित ...