बाढी पीडितका लागि तिन संस्थाबाट दश लाख

हङकङ । नेपालका बाढीपीडितका लागि हङकङका तीन संस्थाले यहाँ दश लाख रुपैँयाँ संकलन गरेका छन्। नेप्लिज टेनिस सोसाइटी, बगैँचा संञ्चार हङकङ तथा नेपाल फाइनान्स लिमिटेड हङकङले सो रकम संकलन गरेका हुन्।

टेनिस सोसाइटीले सात लाख १३ हजार रुपैँयाँ, बगैँचा सञ्चारले दुई लाख २६ हजार र नेपाल फाइनान्सले ६७ हजार ५०० रुपैँयाँ गरि जम्मा दश लाख रुपैँयाँ संकलन गरेको, आइतबार जोर्डनस्थित बगैँचा रेस्टुरेन्ट तथा पार्टी प्यालेसमा आयोजित सामूहिक सभामा जानकारी गराईयो ।

सोही कार्यक्रममा, बगैँचा संंञ्चारको तर्फबाट राहत संकलनका संयोजक सुवास राईले नगद तथा नेपाल फाइनान्सका अध्यक्ष धिरज राईले चेक सोसाइटीका अध्यक्ष मगेन्द्र राईलाई हस्तान्तरण गरे ।

खेलाडी, समाजसेवी, फोटो पत्रकार समेत रहेका सोसाईटीका अध्यक्ष राईले राहत संकलन अभियानमा रकम सहयोग गर्ने सम्पूर्ण दाताहरुलाई धन्यवाद व्यक्त गरे ।

‘राज्यलाई आपत पर्दा हङकङमा रहेका नेपालीहरुले सधैं मन खोलेर सहयोग गरेका छन् ।’, कार्यक्रममा राईले भने, ‘यसपटक पनि हामीले हातेमालो गरेर नेपालका बाढी पीडितका लागि यो अभियान शुरु ग¥यौं । अब, संस्थाकै प्रतिनिधि मार्फत् यथासिघ्र पीडितसमक्ष राहत पुर्‍याउने प्रतिबद्धता गछौं ।’

नेप्लिज टेनिस सोसाइटी, बगैँचा संञ्चार हङकङ तथा नेपाल फाइनान्स लिमिटेड हङकङले विभिन्न समयमा स्थानीय स्तरदेखि आफ्नो देशका लागि पनि आर्थिकदेखि अन्य सहयोग निरन्तर गरिरहेको छ ।

हङकङ । नेपालका बाढीपीडितका लागि हङकङका तीन संस्थाले यहाँ दश लाख रुपैँयाँ संकलन गरेका छन्। नेप्लिज टेनिस सोसाइटी, बगैँचा संञ्चार हङकङ तथा नेपाल फाइनान्स लिमिटेड हङकङले सो रकम संकलन गरेका हुन्। टेनिस सोसाइटीले सात लाख १३ हजार रुपैँयाँ, बगैँचा सञ्चारले दुई लाख २६ हजार र नेपाल फाइनान्सले ६७ हजार ५०० रुपैँयाँ गरि जम्मा दश लाख रुपैँयाँ संकलन गरेको, आइतबार जोर्डनस्थित बगैँचा रेस्टुरेन्ट तथा पार्टी प्यालेसमा आयोजित सामूहिक सभामा जानकारी गराईयो । सोही कार्यक्रममा, बगैँचा संंञ्चारको तर्फबाट राहत संकलनका संयोजक सुवास राईले नगद तथा नेपाल फाइनान्सका अध्यक्ष धिरज राईले चेक सोसाइटीका अध्यक्ष मगेन्द्र राईलाई हस्तान्तरण गरे । खेलाडी, समाजसेवी, फोटो पत्रकार…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

सरित सम्मानित

बिराज प्रधान  लोकल खबरका सल्लाहकार सम्पादक तथा स्वादेश नेपाल डट कमका प्रमुख सम्पादक एवं चर्चित ...