तरहरा जेसीजको जेसीज सप्ताह हुदै

फुटसल चै पहिलोपल्ट हुन लागेको हो । यसका संयोजक जेसी बहादुर तामाङ हुन् ।

तरहरा । नेपाल जेसीज क्षेत्र क सम्मेलन जस्तो भव्य एवं ऐतिहासिक कार्यक्रम गरिसकेको तरहरा जेसीजले असोज २३ गते सोमवारदेखि २८ गतेसम्म तरहरा जेसीज वर्ष २०१७ को जेसीज सप्ताह गर्दैछ ।

सप्ताहका मूल संयोजक जेसी सुमन दाहालका अनुसार, २३ गते सोमबार सप्ताह उद्घाटन तथा खुल्ला सडक दौंड हुनेछ । त्यसपछि, २४ गतेदेखि २८ गतेसम्म प्रत्येक दिन क्रमशः शैक्षीक सामाग्री वितरण, कविता गोष्ठी, फुटसल तथा खुल्ला लोक नृत्य प्रतियोगिता हुनेछ ।

यी मध्ये, फुटसल चै पहिलोपल्ट हुन लागेको हो । यसका संयोजक जेसी बहादुर तामाङ हुन् । २८ गते शनिबार नै सप्ताह समापन तथा मनोरन्जन कार्यक्रम हुने, संयोजक विष्णु दुलालले जानकारी गराए । यो सप्ताहका मूल सहसंयोजक जेसी मिलन गुरूङ हुन् ।

यसअघि, नेपाल जेसीज क्षेत्र क सम्मेलनमा औपचारिक निमन्त्रणा नगरेको लोकल खबरलाई यसपटक भने तरहरा जेसीजले पत्र नै पठाएर निम्तो गरेको छ ।

उक्त सम्मेलनमा स्थानीय कलाकार, युवा सामाजिक अभियन्ता तथा लोकल खबरका नवीन गुरूङलाई निमन्त्रणा नगरिएपछि देशविदेशमा तरहरा जेसीज बारे विभिन्न प्रतिक्रियाहरु जनाइएको थिए भने केही जेसीहरुले अनौपचारिक रुपमा क्षमा मागेका थिए ।

पछि, तरहरा जेसीजको चाडपर्व शुभकामना आदनप्रदान कार्यक्रम नियतवस नभई त्रुटीवस निमन्त्रणा गर्न चुकेको भन्दै तरहरा जेसीजले क्षमा मागेको थियो । (हेर्नुहोस् भिडियो) ।

तरहरा जेसीजले क्षमा मागेको यो पनि पढ्नुहोस् । 

जेसीजको शुभकामना : माग्यो क्षमा

यो पनि पढ्नुहोस् । 

हाँसपोसाका तिन नक्षत्रहरु सम्मानित

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

सरित सम्मानित

बिराज प्रधान  लोकल खबरका सल्लाहकार सम्पादक तथा स्वादेश नेपाल डट कमका प्रमुख सम्पादक एवं चर्चित ...