हाँसखेल गर्दागर्दै गायक हेमको मोडल रितुसँग पिरती बसेपछि…

दौंरा, सुरुवाल, ढाका टोपी र कोटमा चिटिक्क सजिएका हेमसँग काठमाण्डौंकी रितु पहिलो नजरमा नै भुतुक्कै भईन् । हङकङबाट आएका हेमले काठमाण्डौंकी रितुलाई गाँऊमा भेटेका थिए । नौंमती बाजा रसैले बज्ने गाँऊमा भेट् बाक्लिदै गयो । त्यसपछि, बोलचाल र हाँसखेल बढ्न थाल्यो । अत्यन्तै सुन्दर रितु अनि प्रेमिल मनका हेम, अन्ततः पिरती बसिगयो ।

दौंरा, सुरुवाल, ढाका टोपी र कोटमा चिटिक्क सजिएका हेमसँग काठमाण्डौंकी रितु पहिलो नजरमा नै भुतुक्कै भईन् । हङकङबाट आएका हेमले काठमाण्डौंकी रितुलाई गाँऊमा भेटेका थिए । नौंमती बाजा रसैले बज्ने गाँऊमा भेट् बाक्लिदै गयो । त्यसपछि, बोलचाल र हाँसखेल बढ्न थाल्यो । अत्यन्तै सुन्दर रितु अनि प्रेमिल मनका हेम, अन्ततः पिरती बसिगयो ।

हजुर ! पाठक मित्र, हामी रियल लाईफको होईन, रिल लाईफको कुरा गरिरहेका छौं । गायक, मोडल तथा कलाकार हेम दिलुङछा राईको स्वरमा रहेको नौंमती बाजा बोलको पूर्वेली भाकाको लोक गीतको यसै साता छायाँकन सम्पन्न भिडियोको एक अंश बारे बताईरहेका थियौं ।

पूर्वी धनकुटाको आहाले क्षेत्रमा गुनगुनाईने लोक भाकाको गीत गाँउदै अहिले गायक, मोडल तथा कलाकार हेम आफ्नै रेकर्डको पहिलो गीत संसारलाई दिने तयारीमा छन् ।

“नौंमती बाजा रसैले बज्यो,
गाँउघरै रसिलो ।
बोलचाल गर्दा, हाँसखेल गर्दा,
पिरती बसिगयो ।”

‘यस प्रकारको गीत पहिलोपल्ट गाएको हु ।’, हेमले लोकल खबरसँग कुरा गर्दै भने, ‘आशा छ, मेरा दर्शक तथा श्रोताले अवश्य मन पराईदिनुहुनेछ ।’

नौंमती, पञ्चे बाजा लगायत लाईभ गरेको गीतमा गायिका देशु सुहाङले साथ दिईएकी छिन् । भिडियोमा भने उनलाई अत्यन्तै सुन्दरी मोडल रितु सुब्बा नेम्वाङ्गले साथ दिएकी छिन् ।

‘उहाँसँग काम गर्न अत्यन्तै सहज भयो ।’, हेमले भने, ‘उहाँले आफ्नो भूमिकालाई न्याय पनि गर्नुभएको छ ।’

यो अत्यन्तै कर्णप्रिय गीतको शब्द संकलन तथा संगीत अनि भिडियो छायाँकन, सम्पादन एवं निर्देशन वहुप्रतिभाशाली चर्चित गायक, संगीतकार एवं निर्देशक खगेन्द्र पन्धकले गरेका हुन् ।

गणेश गुरूङले एरेन्ज गरेको गीत काठमाण्डौंको सेवा स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियोमा कलाकारलाई मेकअप भने सुमि लिवाङ लिम्बुले गरेकी छिन् ।

गायक, मोडल तथा कलाकार हेमले यसअघि गायिका श्रेया सोताङ्गको ‘पूmलमा पात…’ र, गायिका विष्णु चेम्जोङ्गको ‘आऊ सुटुक्क…’ बोलको चर्चित गीतमा पनि अभिनय गरिसकेका छन् ।

यो पनि पढ्नुहोस् ।

किन आए हेम नेपाल ?

किन र कसलाई भने हेमले, “लाग्छ मन तिमीलाई…”

कलाकार तथा गायक हेमद्धारा बाढी पीडितलाई सहयोग

दौंरा, सुरुवाल, ढाका टोपी र कोटमा चिटिक्क सजिएका हेमसँग काठमाण्डौंकी रितु पहिलो नजरमा नै भुतुक्कै भईन् । हङकङबाट आएका हेमले काठमाण्डौंकी रितुलाई गाँऊमा भेटेका थिए । नौंमती बाजा रसैले बज्ने गाँऊमा भेट् बाक्लिदै गयो । त्यसपछि, बोलचाल र हाँसखेल बढ्न…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

प्रथम खोटाङ आईडल तेजकुमार राई

 ‘को भन्दा को कम ’ का प्रतिभाहरुलाई किनारा लगाउँदै फाईनल चरणबाट तेजले पहिलो आईडलको बाजी ...