एनआरएनए परिषद्को महासचिवमा गुरूङको उमेदवारी घोषणा

हङकङ । गैर-आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को महासचिवमा हङकङमा रहेर गैरआवासीय नेपाली संघमा लामो समयदेखि सक्रिय त्रिलोक (यमकुमार) गुरूङले उमेदवारी घोषणा गरेका छन् ।

हङकङ राष्ट्रिय समितिका पूर्व अध्यक्ष, एशिया-प्यासफिक क्षेत्रीय संयोजक एवं अन्तर्राष्ट्रिय समन्वय परिषद्मा सल्लाहकार समेत रहिसकेका लमजुङका गुरूङ हङकङ र मकाउमा निर्माण र सुरक्षा सम्बन्धी क्षेत्रमा व्यवसाय गर्दै आएका छन् ।

प्रभावकारी ढंगले संस्थाप्रति समर्पित भई काम गर्ने वातावरण बन्ने भएकोले  बताउदै गुरूङले एनआरएनएले संचालन गरिरहेका परियोजनालाई सफल पार्न पनि आफुले उम्मेदवारी दिएको घोषणा सभामा बताए ।

एनआरएनएमा पारदर्शिता, समानता र एकता मेरा मूलमन्त्र हुन् । घोषणा सभामा गुरूङले भने, यहि मूल मन्त्रमा रहेर भिजन २०२० लाई पनि साकार पार्नु छ । यसकारण पनि मेरो नेतृत्वदयी भूमिका जरुरी देखिएको छ ।

एनआरएनएको विश्व सम्मेलन दशैँपछि असोज २८–३१ (अक्टोबर १४–१७), काठमाडौँमा आयोजना हुदैछ । त्यसै सम्मेलनले अर्को दुई वर्षको लागि नयाँ नेतृत्व चयन गर्दैछ ।

घोषणासभामा, गैर-आवासीय नेपाली संघ (एनआरएनए) हङकङकी अध्यक्ष टीका (राधिका) गुरुङ तथा भूतपूर्व अध्यक्ष ललित सुब्बा लगायतका उपश्थीति रहेको थियो ।

 

हङकङ । गैर-आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को महासचिवमा हङकङमा रहेर गैरआवासीय नेपाली संघमा लामो समयदेखि सक्रिय त्रिलोक (यमकुमार) गुरूङले उमेदवारी घोषणा गरेका छन् । हङकङ राष्ट्रिय समितिका पूर्व अध्यक्ष, एशिया-प्यासफिक क्षेत्रीय संयोजक एवं अन्तर्राष्ट्रिय समन्वय परिषद्मा सल्लाहकार समेत रहिसकेका लमजुङका गुरूङ हङकङ र मकाउमा निर्माण र सुरक्षा सम्बन्धी क्षेत्रमा व्यवसाय गर्दै आएका छन् । प्रभावकारी ढंगले संस्थाप्रति समर्पित भई काम गर्ने वातावरण बन्ने भएकोले  बताउदै गुरूङले एनआरएनएले संचालन गरिरहेका परियोजनालाई सफल पार्न पनि आफुले उम्मेदवारी दिएको घोषणा सभामा बताए । एनआरएनएमा पारदर्शिता, समानता र एकता मेरा मूलमन्त्र हुन् । घोषणा सभामा गुरूङले भने, यहि मूल मन्त्रमा रहेर भिजन २०२०…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७५

काठमाडौं/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता ...