दुखै दुखको जिन्दगीमा सेवावती

About The Author

सुमधुर स्वरकी धनी सेवावती भगत भित्र आफ्नै व्यथा छ तर आफनो सृजनालाई मर्न दिएकी छैनन् । संघर्ष गर्दै अवसर खोजीरहेकि सेवावती बारे मोरङबाट लोकल खबर सहकर्मी एलएन गच्छदार 

उनी विद्यालय जीवनदेखि नै गायनमा औंद्यी रुचि राख्थिईन् । अभैm पनि उनको आफ्नै स्वरमा गीत गाएर रेकर्ड गर्ने ठूलो धोको छ । आर्थिक र शारिरिक रुपमा भगवानले ठगे पनि सुमधुर स्वरकी सेवावतीको सपना गायिका बन्नु छ ।

मोरङ जिल्ला ग्रामथान गाउँपालिका–७, (साविकको बनिगामा गाविस) धोबियारेमा बुवा स्वर्गिय बद्रीनारायण भगत तथा आमा कलशिदेवी भगतको कोखबाट बिक्रम सम्वत २०३८ चैत्र ८ गते जन्मिएकी सेवावती भगत शारिरीक रुपमा असक्त भई हिड्न नसके पनि जब कोही उनी नजिक आउछन्, आफ्नो सुमधुर स्वरले तिनीहरुलाई मन्त्रमुग्ध पार्छिन ।

उनकी आमाले आफ्नो स्तनपान नहुदाँ सेवावतीलाई पर्याप्त स्तनपान गराउन सकिनन् । त्यति मात्र होईन, जब नौं महिनामा सेवावतीलाई हिड्न समस्या हुन थाल्यो र खुट्टा टेक्न छाडिन्, आमाले लाखौं कोशिस गरिन छोरीलाई हिडाउन तर यहाँ पनि उनी असफल भईन् । र्दुभाग्य ! त्यसपछि, सेवावती पोलियो रोगको शिकार पनि भइन् । आमाबुवाले सकेसम्म खर्च गरेर निको पार्ने प्रयास त गरे तर, त्यो व्यार्थ भयो ।

सेवावतीले प्राराम्भमा गाउँमै प्रौढ शिक्षा पढिन् । अरुको सहारा लिएर उनी १६ वर्षको उमेरमा गाउँकै गणेश माध्यमिक विद्यालयमा कक्षा ४ मा भर्ना भइन् र कक्षा ८ सम्म अध्ययन गरिन् ।

त्यसपछि, थप अध्ययनका लागि पब्लिक उच्च माध्यमिक विद्यालय, बनिगामामा भर्ना भइन् । उच्च शिक्षा हासिल गरिरहेकै अवस्थामा, विडम्वना ! उनको बुवाको निधन भयो । त्यहिबाट उनको उच्च शिक्षा हासिल गर्ने सपना अधुरै रह्यो ।

सेवावती

दुबै खुट्टा नचले पनि जिन्दगीमा भने सेवावतीले हार खाएकी छैनन । उनी विद्यालय जीवनदेखि नै गायनमा औंद्यी रुचि राख्थिईन् । अभैm पनि उनको आफ्नै स्वरमा गीत गाएर रेकर्ड गर्ने ठूलो धोको छ । आर्थिक र शारिरिक रुपमा भगवानले ठगे पनि सुमधुर स्वरकी सेवावतीको सपना गायिका बन्नु छ ।

विद्यार्थी जीवनदेखि नै गायन प्रतियोगितामा उनले धेरै ठाउँहरुमा उत्कृष्ट हुँदै पुरस्कार तथा सम्मानहरु पाएकी छिन् । विक्रम संम्वत २०६९ सालमा लोक तथा आधुनिक गायन प्रतियोगितामा इटहरी र धरानसम्म पुगिन् । पूर्वाञ्चल रेकर्डिङ स्टुडियो, इटहरीमा संगीतको लागि निशुल्क व्यवस्था भए पनि अशक्त उनलाई कसैले त्यहाँसम्म नपु¥याईदिएपछि संगीत प्रशिक्षण पनि त्यतिकै थाति लाग्यो ।

स्थानीय स्तरमा उनको गायनको खुब प्रशंसा तथा चर्चा हुने गरेको छ । धेरैले उनको गायिकी मन पराएका छन् ।

अशक्त सेवावतीको दाजु देवनारायण भगत पनि जन्मजात बोल्न सक्दैनन् । उनी अलगै बस्छन् । सेवावती भने प्यारालाईसीस भएकी बिरामी आमासँग छिन् ।

 

मोरङ जिल्ला ग्रामथान गाउँपालिका–७, (साविकको बनिगामा गाविस) धोबियारेमा बुवा स्वर्गिय बद्रीनारायण भगत तथा आमा कलशिदेवी भगतको कोखबाट बिक्रम सम्वत २०३८ चैत्र ८ गते जन्मिएकी सेवावती भगत शारिरीक रुपमा असक्त भई हिड्न नसके पनि जब…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

रामधुनीको दुई ठाउमा झोलुङ्गे पुलको तयारी 

खोलामा वारपार गर्न समस्या रहेकोले पुलको आबस्यक्ता रामधुनी, असार ७ गते । रामधुनी ९स्थित दुई ...