जनताले मनाए ३८ औं शिक्षा दिवस

एलएन गच्छदार । मोरङ संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार भन्ने मुल नाराका साथ मोरङको सुन्दरहरैंचा नगरपालिका -१, पचाममा अवस्थित श्री जनता माध्यमिक विद्यालयले ३८ औं शिक्षा दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ। बिद्यालय व्यवस्थापन समिती तथा बिद्यालय परिवारको आयोजना तथा समितिका अध्यक्ष धामनारायण खवासको सभाध्यक्षतामा संचालन भएको उक्त कार्यक्रमका प्रमुख अतिथि सांसद भोटनी देवि खवासले कार्यक्रम समुदघाटन गरिन् । खवासले आफुले शिक्षा आर्जन गरेको विद्यालयमा आफै प्रमुख अतिथी भएर आउन पाउँदा खुशी लागेको बताईन् । उनले 'भौतिक पुर्वाधारको अभावमा निकै दु:ख साथ पढेको' स्मरण गरिन् । उनले नव निर्मित पुस्तकालय भवन समेत उदघाटन गरिन् । सांसद क्षेत्र विकास कोषबाट १२…

Review Overview

एलएन गच्छदार । मोरङ

संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार भन्ने मुल नाराका साथ मोरङको सुन्दरहरैंचा नगरपालिका -१, पचाममा अवस्थित श्री जनता माध्यमिक विद्यालयले ३८ औं शिक्षा दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ।

बिद्यालय व्यवस्थापन समिती तथा बिद्यालय परिवारको आयोजना तथा समितिका अध्यक्ष धामनारायण खवासको सभाध्यक्षतामा संचालन भएको उक्त कार्यक्रमका प्रमुख अतिथि सांसद भोटनी देवि खवासले कार्यक्रम समुदघाटन गरिन् ।

खवासले आफुले शिक्षा आर्जन गरेको विद्यालयमा आफै प्रमुख अतिथी भएर आउन पाउँदा खुशी लागेको बताईन् । उनले ‘भौतिक पुर्वाधारको अभावमा निकै दु:ख साथ पढेको’ स्मरण गरिन् ।

उनले नव निर्मित पुस्तकालय भवन समेत उदघाटन गरिन् । सांसद क्षेत्र विकास कोषबाट १२ लाख ७५ हजार रुपैयाँ ७ सय ८० पैसा तथा विद्यालयबाट ४ लाख ९९ हजार रुपैयाँ २ सय २५ रुपियाँ १६ पैसा गरि जम्मा १७ लाख ७५ हजार ५ रुपैयाँ १६ पैसाको लागतमा पुस्तकालय बनेको हो ।

सांसद खवासले पुस्तकालयमा पुस्तकको अभाव रहेको हुँदा थप पुस्तकको व्यवस्था समेत गर्ने बताईन् ।

उक्त कार्यक्रममा सेवा निवृत शिक्षक बिनोद कुमार चपागाईलाई एक महिना बराबरको तलब, आधा तोला सुनको औंठीले र परिचर खुम नारायण चौधरीलाई एक महिनाको तलब र एक तोला चाँदीको औंठीले बिदाइ गरिएको थियो।

विद्यालयको शिक्षक मध्येबाट बिभिन्न विषयमा उत्कृष्ट शिक्षक बाबुराम भट्टराई , शंकर खड्का र अतिरिक्त समयमा विद्यालयको काम गर्ने शिक्षक देवेन्द्र अधिकरीलाई सम्मान गरिएको थियो । साथै, हरि प्रसाद पौडेल स्मृति कोषबाट SEE मा उत्कृष्ठ छात्र र छात्रा गरि २/२ जनालाई छात्रवृत्ती प्रदान गरियो ।

बचाई हुलिया साह स्मृति कोषबाट जनही १ हजार ३ सयका दरले जेहन्दार तथा विपन्न परिवारका विद्यार्थी ५ जना, सडक बालबालिका विद्यार्थी १ जना, अपांग बालबालिका विद्यार्थी १ छात्रवृत्ति वितरण गरिएको थियोे ।

त्यसैगरी सम्राट स्मृति कोषबाट कक्षागत रुपमा उत्कृष्ट अंक ल्याउने कक्षा १ देखि ९ सम्मका विद्यार्थी र कक्षा ११ बाट उत्कृष्ट ल्याउने छात्र तथा छात्रा गरि १/१ जनालाई र रत्ना प्रधान कोषबाट कक्षा ११ का ७ जनालाई र विद्यालय आन्तरिक कोषबाट उत्कृष्ट २४ जनालाई समेत छात्रवृत्ति प्रदान गरिएको थियो ।

साथै, उक्त कार्यक्रममा वार्षिक परिक्षाको नतिजा अनुसार र अतिरिक्त क्रियाकलापको आधारमा विद्यार्थीहरुलाई पुरस्कृत समत गरिएको थियोे ।

कार्यक्रममा प्रध्यानाध्यापक हिरालाल साहुले विद्यालयको वार्षिक गतिविधि प्रस्तुत गरे । उनले २२ वटा कम्प्युटर भएपनि विद्यार्थीको संख्यात्मक अनुपातमा वृद्धि हुँदा सहज रुपमा कम्प्युटर शिक्षा दिन नसकेको र पर्याप्त प्रयोगात्मक समाग्री समेत अभावमा रहेकोे बताए। हाल उक्त विद्यालयमा कुल विद्यार्थी १ हजार ४० रहेका छन भने कक्षा १ देखि ३ सम्म अंग्रेजी माध्यममा पठनपाठन हुँदै छ ।

“आगामी लक्ष्य कम्प्युटर र प्रोजेक्टर मार्फत शिक्षण गराउने लक्ष्य रहेको”, प्रध्यानाध्यापक साहुले सुनाए, “विद्यार्थीको चाप अनुसार पर्याप्त खानेपानी र शौचालय नहुदाँं लाईन बस्नु पर्ने समस्या छ ।”

कार्यक्रममा अभिभावक, सुकुना बहुमुखी क्याम्पस प्रमुख प्रेम भट्टराई, वडा प्रमुख बिनोद बहादुर बस्नेत, पुर्व विद्यालय प्र.अ खड्गजंग पराजुली, समाजसेवी तथा बुद्धिजिवि भगवती पौडेल, हरि कार्की, नन्दकिशोर मिश्र, उचित खबास, बिन्देस्वर साह, घनश्याम रिमाल लगायतको उपस्थित रहेको थियोे ।

एलएन गच्छदार । मोरङ संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार भन्ने मुल नाराका साथ मोरङको सुन्दरहरैंचा नगरपालिका -१, पचाममा अवस्थित श्री जनता माध्यमिक विद्यालयले ३८ औं शिक्षा दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ। बिद्यालय व्यवस्थापन समिती तथा बिद्यालय परिवारको आयोजना तथा समितिका अध्यक्ष धामनारायण खवासको सभाध्यक्षतामा संचालन भएको उक्त कार्यक्रमका प्रमुख अतिथि सांसद भोटनी देवि खवासले कार्यक्रम समुदघाटन गरिन् । खवासले आफुले शिक्षा आर्जन गरेको विद्यालयमा आफै प्रमुख अतिथी भएर आउन पाउँदा खुशी लागेको बताईन् । उनले 'भौतिक पुर्वाधारको अभावमा निकै दु:ख साथ पढेको' स्मरण गरिन् । उनले नव निर्मित पुस्तकालय भवन समेत उदघाटन गरिन् । सांसद क्षेत्र विकास कोषबाट १२…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

बेईज्जती होईन, खबरदारी ! (जनप्रतिनिधी राम बहादुर गिरी प्रति हाम्रौ उच्च सम्मान छ ।)

  गत हप्ता, बैशाख २९, शनिबार स्वादेश नेपाल, युट्यूब च्यानलका लागि स्थानीय रिर्पोट तयार पार्ने ...