हङकङ तरहरा मञ्चले दियो दुई लाख

तरहरा । हङकङ तरहरा मञ्च, हङकङले त्यहाँबाट पठाएको नगद दुई लाख रुपैयाँ मंगलबार बाढीका कारण ज्यान गुमाएका इटहरी उपमहानगरपालिकाका मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । प्रति मृतकका परिवारलाई जनही नगद ३० हजार र एकै परिवारका दुई मृतकका जम्मा दुई परिवारलाई जनही नगद ४० हजार रुपैयाँ प्रदान गरियो ।

कलाकार गुरूङ सोल्टीको संयोजनमा मञ्चका साधारण सदस्यद्धया सुबेक्छु देवान राई र शिब रुम्देली राईकोसहितको टिमले इटहरी उपमहानगरपालिका वडा नम्वर २०, तरहरा बास्केट बल ग्राउण्डमा इटहरी–४, गैरी गाँऊका वर्ष ३ का रूपेश राई र वर्ष ८ की उपशनी राई तथा वर्ष ५० का माला शाह (सदा) र उनका छोरा सिटी शाह (सदा) का परिवारलाई जनही नगद ४०/४० हजार रुपैयाँ, इटहरी–४, आईतबारेका ईश्वर सुनुवार र अन्दाजी वर्ष २९ की आशा देवी राई, इटहरी–१०, शिव नारायण टोलका सुनीता धिमाल तथा चन्दा तामाङ्गलाई जनही ३०/३० हजार रुपैयाँ राहत रकम हस्तान्तरण गरेका हुन् ।

तस्विर सुबेक्छु देवान राईको फेशबुकबाट ।

तरहरा । हङकङ तरहरा मञ्च, हङकङले त्यहाँबाट पठाएको नगद दुई लाख रुपैयाँ मंगलबार बाढीका कारण ज्यान गुमाएका इटहरी उपमहानगरपालिकाका मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । प्रति मृतकका परिवारलाई जनही नगद ३० हजार र एकै परिवारका दुई मृतकका जम्मा दुई परिवारलाई जनही नगद ४० हजार रुपैयाँ प्रदान गरियो । कलाकार गुरूङ सोल्टीको संयोजनमा मञ्चका साधारण सदस्यद्धया सुबेक्छु देवान राई र शिब रुम्देली राईकोसहितको टिमले इटहरी उपमहानगरपालिका वडा नम्वर २०, तरहरा बास्केट बल ग्राउण्डमा इटहरी–४, गैरी गाँऊका वर्ष ३ का रूपेश राई र वर्ष ८ की उपशनी राई तथा वर्ष ५० का माला शाह (सदा) र उनका…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

सरित सम्मानित

बिराज प्रधान  लोकल खबरका सल्लाहकार सम्पादक तथा स्वादेश नेपाल डट कमका प्रमुख सम्पादक एवं चर्चित ...