कलाकार तथा गायक हेमद्धारा बाढी पीडितलाई सहयोग

इटहरी खबर 

हङकङ निवासी कलाकार तथा गायक हेम दिलुङ्गछा राईले बाढी पीडित इटहरीका विद्यार्थीहरुका निम्ति जम्मा २० थान स्कूल ब्याग सहयोग गरेका छन् । बाढी पीडित विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री सहयोग अभियान का लागि उनले यो सहयोग दिएका हुन् ।

शुक्रबारबाट शुरु अविराल वर्षाले मध्ये राती १२ बजेबाट उपमहानगरपालिकामा विपत ल्याएको थियो । यो बाढीका कारण हालसम्म ७ जनाको मृत्यु भईसकेको पुष्टि भईसकेको छ भने यो संख्या बढ्न सक्ने, बताईएको छ ।

बाढीका कारण स्कूल डे«स, किताब, कापी, कलम लगायतका सामाग्रीहरु नै बगाईदिएपछि स्थानीय बाढी पीडित विद्यार्थीहरु शिक्षाबाट बञ्चित जस्तै भएका छन् ।

‘डे«स नै छैन, कसरी स्कूल जाओस् ?’, स्थानीय समाजसेवी तथा किप इटहरी क्लिन (केआइसी) का अभियन्ता दिव्यराज गुरूङले भने, ‘डे«ससम्मको व्यवस्था भए, विद्यार्थी भाईबहिनीहरुलाई स्कूल जान समस्या हुने थिएन ।’

कलाकार तथा गायक राईले विद्यार्थी भाईबहिनीहरुलाई सहयोग गर्ने अभियानमा जुटेका कलाकार तथा चलचित्र लेखक एवं निर्देशक गुरूङ सोल्टीको अभियानमा यो सहयोग दिएका हुन् ।

‘नवीन भाई (गुरूङ सोल्टी) मार्पmत बाढी पीडितलाई सहयोग गर्न पाउनु मेरो लागि स्वर्णिम अवसर हो ।,’ कलाकार तथा गायक राई भन्छन्, ‘जस्तोसुकै समस्या परे पनि विद्यार्थी भाईबहिनीहरु शिक्षाबाट बञ्चित हुनुहुन्न । यसकारण पनि सानो सहयोग गरेको हु ।’

यसअघि पनि राईले छोरीलाई शिक्षा अभियानका लागि गुरूङ सोल्टीलाई झण्डै दश हजार रुपैयाँ नगद सहयोग गरेका छन् । नेपाली चलचित्र पार्शलमा अभिनय गरिसकेका राईले भर्खर मात्र काठमाण्डौं, अनमानगरको एक्शन स्टुडियोमा रोशन बान्तवा राईको शब्द, संगीत तथा एरेन्ज रहेको “भूले म त‘९लाग्छ मन तिमीलाई” बोलको गीत रेकर्ड गराएका छन् ।

 

हङकङ निवासी कलाकार तथा गायक हेम दिलुङ्गछा राईले बाढी पीडित इटहरीका विद्यार्थीहरुका निम्ति जम्मा २० थान स्कूल ब्याग सहयोग गरेका छन् । बाढी पीडित विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री सहयोग अभियान का लागि उनले यो सहयोग दिएका हुन् । शुक्रबारबाट शुरु अविराल वर्षाले मध्ये राती १२ बजेबाट उपमहानगरपालिकामा विपत ल्याएको थियो । यो बाढीका कारण हालसम्म ७ जनाको मृत्यु भईसकेको पुष्टि भईसकेको छ भने यो संख्या बढ्न सक्ने, बताईएको छ । बाढीका कारण स्कूल डे«स, किताब, कापी, कलम लगायतका सामाग्रीहरु नै बगाईदिएपछि स्थानीय बाढी पीडित विद्यार्थीहरु शिक्षाबाट बञ्चित जस्तै भएका छन् । ‘डे«स नै छैन,…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

सरित सम्मानित

बिराज प्रधान  लोकल खबरका सल्लाहकार सम्पादक तथा स्वादेश नेपाल डट कमका प्रमुख सम्पादक एवं चर्चित ...