खाँदवारी नेपालको मिनी संघाइ

विश्वास लामसोङ

नेपाल, चीन र भारतको त्रिपक्षीय व्यापारको मुख्यबाटोको रुपमा कोशी–ल्हासा (रेवाहाङ) राजमार्ग निर्माण गर्न सके त्यसको सबैभन्दा बढी फाइदा नेपाललाई नै हुने प्रष्ट्र छ । अझ कोशी–ल्हासा राजमार्गलाई रेल मार्गको रुपमा निर्माण सके भारतको कलकत्ता, जोगमुनी, विराटनगर, खाँदवारी, किमाथाङ्का हुँदै ल्हासासंग रेलमार्ग जोड्न सक्ने सम्भावना उच्च छ । यसबाट नेपालको सामुन्द्रिक क्षेत्रमा पहुँच पुग्ने थियो । चीनको ल्हासा पुन्ने सबै भन्दा छिटो र सहज नाका किमाथाङ्क भएकोले पनि कोशी ल्हासा राजमार्ग निर्माणमा राज्यले प्रथामिकता दिनु पर्दछ । यी सम्पुर्ण सम्भावनाको केन्द्र भने खाँदबारी शहर बन्ने देखिन्छ । यसर्थ राज्यले खाँदवारीलाई नेपालकै संघाइ बनाउन पहल गर्नु पर्छ ।

१. विषय प्रबेश
सन् २०२० सम्ममा मित्र राष्ट्र चीन विश्वकै पहिलो आर्थिक शक्ति बन्नका लागि सम्पूर्ण ध्यान केन्द्रित गरिरहको छ भने मित्र राष्ट्र भारतले पनि विश्वको प्रमुख आर्थिक शक्तिको रुपमा स्थापित गर्दैछ । विगत ३ दशकदेखि चीनले दोहोरो अङ्कको आर्थिक बृद्धिदर हाँसिल गरिरहको छ भने भारतले पनि एक दशकयता त्यही अङ्कमा आर्थिक बृद्धिदर हाँसिल गरिरहेको छ । भारतको विहार जस्तो पछाडि परेको राज्यले पनि विगत एक दशकमै राम्रो आर्थिक सुधार गरिसकेको छ । चीनले आफ्नो राष्ट्रको आर्थिक केन्द्रको रुपमा ‘संघाइ’लाई विकास गरेको छ भने भारतले पनि ‘मुम्बाइ’ आर्थिक केन्द्र मान्दै आएको छ । दुई विशाल आर्थिक सम्भावना भएका मित्र राष्ट्रका बिचमा रहेको हाम्रो देश नेपाल भने अझै राजनीतिको खिचातानीमै समय बर्बाद गरिहेको छ ।

२. प्राचिन खाँदवारी र वर्तमान
अरुण नदि (मायोवा होङमा)को किनारमा रहेको विशाल फाँट तुम्लिङटार र यसको थाप्लोमा रहेको खाँदवारी (खोमवारी) अत्यन्तै सुन्दर छ । धेरै पहिले यहाँका मूलबासी किराँत लोहोरुङ समुदायका राजा रेवाहाङ देखिम लोहोरुङले पानीको अभाबलाई कम गर्न बर्षातको पानी भेला गर्ने एउटा विशाल ‘खावा’ खनाए । क्रमश त्यहाँ बर्षातको पानी जम्मा हुँदै गएपछि ठूलो पोखरीको रुपमा विकास भयो । यसलाई लोहोरुङहरु आफ्नो (खाप्) भाषामा ‘खोमवारी तोम्फोकलिवा’ भन्थे । ‘खोम/खोम्मा’ भनेको लोहोरुङ भाषा भेला हुनु र ‘वारी’ भनेको चाँही आकाशको बर्षे पानी हो । यही खोमवारी शब्द नै अगान्तुक समुदायहरुले बोलीमा सरलीकृत गर्दै आज खाँदवारी भएको छ ।

यो खोमवारी तोम्फोकलिवा (खाँदवारी पोखरी) अहिलेको रेवाहाङ लोहोरुङ पार्कमा थियो । उक्त पोखरी वि.स. २००६ सालसम्म केही अंश रहेको थियो भने वि.स. २०३५/३६ सालमा खोपरीको डिलै छेदन गरी त्यहाँको पानी बाहिर पठाइयो र त्यहाँ भएको विशाल खाल्डोलाई पुरियो । हाल यहाँ इतिहासमा सम्झनाको लागि नमुना-सानो पोखरी बनाइएको छ ।

विक्रम सम्बतको १८औं शाताब्दीमा नै यहाँ चीनको तिब्बतसँग ब्यापर भएको इतिहास छ । खाँदवारीमा धेरै समयअगाडिदेखि पाक्षिक रुपमा बजार लाग्ने गरेको तथ्य पाइन्छ । यहाँका मूलबासी लोहोरुङ समुदायसंग गोरुको छालामा राखिएका ढ्याक्की प्राचिन पैसा (याङ)ले पनि त्यो तथ्यको थप पुष्टि गर्छ । वि.स. १९९० सालको भुकम्प जाँदा पनि त्यस बेला रहेको खोमवारी पोखरी छेऊमा बजार लागिरहेको, इतिहास छ ।

वि.स. २०५३ सालमा खाँदवारी नगरपालिका घोषित भए यता यो सुन्दर र ऐतिहासिक शहरमा विकास तिब्र हुँदै आइरहेको छ । यहाँ प्रत्येक बर्ष अर्बऔंको कारोबार हुन्छ । ख्यरुपमा अलैची, चिराइतो, रुद्राक्ष, यार्चागुम्बा लगायतका बस्तुहरुको कारोबार हुने खाँदवारीमा यि बस्तुहरुबाट जनताले लाखौं लाभ लिने गरेका छन् । भोजपुरको उत्तरी क्षेत्रमा उत्पादन हुने रुद्राक्षको पनि मुख्य बजार खाँदवारी नै हो ।

यहाँ थुप्रै पक्की व्यापारिक भवनहरुको निर्माण भईरहेको छ । जनसंख्या बढिरहेको छ । राष्ट्रिय बाणिज्य बैङ्क, नबिल बैङ्क, सानिमा बैङ्क लगायतका बाणिज्य स्तरका राष्ट्रिय बैङ्कहरुको शाखा स्थापना गरिएको छ, अन्य बैङ्क तथा फाइनन्सको शाखा पनि थुप्रै देखिन्छ । स्थानियहरुका लगानीमा केही बर्षदेखि खाँदवारी विकास बैङ्कले समेत कारोबार गरिरहेको छ । वित्तिय कारोबार गर्ने सहकारीहरुको टोलै पिच्छे साइनबोर्ड देखिन्छ ।

पछिल्लो समय चिया, मिनरल वाटर, चिप्स, सिङके चाउचाउ, नेपाली कागजको ब्यवस्थीत उत्पादन हुन थालको छ । चीनको तिब्बतबाट पनि नयाँ–नयाँ दैनिक उभोग्य बस्तुहरुको प्रबेश दिनदिनै बढेको छ । पछिल्लो समय मोटरबाटोले चीन को तीब्बतसंग अझै नजिकिएपछि थप कारोबार बढेको छ । विगतमा गाई-गोरु दमक हुदै भारततिर पशु-व्यापारीहरुले बेच्ने गर्थे । अहिले चीन तर्फ यो व्यापर बढेको छ । एउटै भाले कुखुराको नेपाली रुपैयाँ ३ हजारसम्म हालेर चिन तर्फ लग्ने गरेको पाइन्छ जसले गर्दा सङ्खुवाभामा लोकल कुखुराको भाउ असाध्यै बढेको छ । कुनै समय यहाँका लोहोरुङहरु नुन लिन तिब्बत जान्थे ।

३. सम्भावना
कोशी–ल्हासा (रेवाहाङ) राजमार्ग राष्ट्रिय प्राथमिकतामा राखेर राज्यले तिब्र गतिमा निर्माण गर्न आवश्यक छ । अरुण तेस्रो, दोस्रो लगायतका आयोजना सहज रुपले अगाडि बढाउन पनि राजमार्ग निर्माण छिटो सम्पन्न गर्नु पर्ने देखिन्छ ।

नेपाल, चीन र भारतको त्रिपक्षीय व्यापारको मुख्यबाटोको रुपमा कोशी–ल्हासा (रेवाहाङ) राजमार्ग निर्माण गर्न सके त्यसको सबैभन्दा बढी फाइदा नेपाललाई नै हुने प्रष्ट्र छ । अझ कोशी–ल्हासा राजमार्गलाई रेल मार्गको रुपमा निर्माण सके भारतको कलकत्ता, जोगमुनी, विराटनगर, खाँदवारी, किमाथाङ्का हुँदै ल्हासासंग रेलमार्ग जोड्न सक्ने सम्भावना उच्च छ । यसबाट नेपालको सामुन्द्रिक क्षेत्रमा पहुँच पुग्ने थियो । चीनको ल्हासा पुन्ने सबै भन्दा छिटो र सहज नाका किमाथाङ्क भएकोले पनि कोशी ल्हासा राजमार्ग निर्माणमा राज्यले प्रथामिकता दिनु पर्दछ । यी सम्पुर्ण सम्भावनाको केन्द्र भने खाँदबारी शहर बन्ने देखिन्छ । यसर्थ राज्यले खाँदवारीलाई नेपालकै संघाइ बनाउन पहल गर्नु पर्छ ।

सङ्खुवासभाको प्रकृतिक सैन्दर्य र आर्थिक गतिविधिले ‘खाँदवारी’ नेपालको संघाइ बन्ने लक्ष्यण छ । अहिले देखि नै खाँदवारीलाई सबैले ‘मिनी संघाइ’को रुपमा विकास गरौं ।

loklunghang@gmail.com

नेपाल, चीन र भारतको त्रिपक्षीय व्यापारको मुख्यबाटोको रुपमा कोशी–ल्हासा (रेवाहाङ) राजमार्ग निर्माण गर्न सके त्यसको सबैभन्दा बढी फाइदा नेपाललाई नै हुने प्रष्ट्र छ । अझ कोशी–ल्हासा राजमार्गलाई रेल मार्गको रुपमा निर्माण सके भारतको कलकत्ता, जोगमुनी, विराटनगर, खाँदवारी, किमाथाङ्का हुँदै ल्हासासंग रेलमार्ग जोड्न सक्ने सम्भावना उच्च छ । यसबाट नेपालको सामुन्द्रिक क्षेत्रमा पहुँच पुग्ने थियो । चीनको ल्हासा पुन्ने सबै भन्दा छिटो र सहज नाका किमाथाङ्क भएकोले पनि कोशी ल्हासा राजमार्ग निर्माणमा राज्यले प्रथामिकता दिनु पर्दछ । यी सम्पुर्ण सम्भावनाको केन्द्र भने खाँदबारी शहर बन्ने देखिन्छ । यसर्थ राज्यले खाँदवारीलाई नेपालकै संघाइ बनाउन पहल गर्नु पर्छ । १. विषय…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

मतदान हाम्रोलाई होइन राम्रालाई गरौँ । (हस्त थापा)

  असारमा सम्पन्न स्थानियतहको निर्वाचनमा म पनि सकृय रुपले सहभागी भएँ । दुई दशकपछी प्रदेशबाट ...