सालैजो साँझमा खुशीको निम्तो

मजाको राई/हङकङ

हङकङमा निरन्तर विभिन्न कार्यक्रमहरु गर्दै आईरहेकी खुशी गुरूङले अब आफ्नै ब्यानरबाट कार्यक्रमहरु आयोजन गर्न थालेकी छिन् । नेपाली चलचित्रकी निर्मात्री समेत रहेकी खुशीले नेपालका ख्यातिप्राप्त कलाकारहरुलाई आमन्त्रण गरेर हङकङमा एक साँगीतिक कार्यक्रम गर्दैछिन् ।

साँगीतिक एवं सास्कृतिक मनोरन्ज, फेशन, फिल्मी प्रर्दशन जस्ता कार्यक्रमहरु आयोजना गर्दै आईरहेकी ‘ईभेन्ट’ आयोजक तथा निर्मात्री खुशीले अब भने आफ्नो खुशी ईभेन्टस् दर्ता गराएकी छिन् । नेपाली चलचित्र चकलेट तथा केही गुरूङ चलचित्रहरुका निर्मात्री समेत रहेकी खुशीले यहि आफ्नो ब्यानरको पहिलो प्रस्तुती सालैजो साँझ गर्दैछिन् ।

“गाउँघर, डाँडा पाखा, मेलापात, पुजाआजामा गुन्जिने सालैजो, प्रत्यक्ष कौडा झ्याउरे तथा पुराना मौलिक लोकगित तथा दोहोरी घम्साघम्सीसहितको लोकभाकाहरुले मनोरन्जन गराउने उदेश्यका साथ कार्यक्रम आयोजन गरिएको हो ।”, खुशीले कार्यक्रम बारे भनिन्, “साथमा बेजोड टप्पा नृत्यहरु पनि हेर्न पाईने छ ।”

उनले ‘दिनभरिको थकान र पिडालाई एकैछिन भुलेर आफ्नै गाउँघरको पारामा रमाइलो गर्न’ आईदिन निम्तो गरेकी छिन् ।

हङकङको याक एण्ड यति रेष्टुरेन्ट बार २६ अगस्ट शनिबार ७ः३० बजेदेखि हुने कार्यक्रममा नेपालबाट गायक तिलक सोमै मगर तथा गायिकाहरु चिजा तामाङ र जुना श्री मगर अनि मोडल तथा डान्सर रिना थापा मगर प्रस्तुतीका लागि आउने, खुशी ईभेन्टस्ले जनाएको छ ।

 

मजाको राई/हङकङ हङकङमा निरन्तर विभिन्न कार्यक्रमहरु गर्दै आईरहेकी खुशी गुरूङले अब आफ्नै ब्यानरबाट कार्यक्रमहरु आयोजन गर्न थालेकी छिन् । नेपाली चलचित्रकी निर्मात्री समेत रहेकी खुशीले नेपालका ख्यातिप्राप्त कलाकारहरुलाई आमन्त्रण गरेर हङकङमा एक साँगीतिक कार्यक्रम गर्दैछिन् । साँगीतिक एवं सास्कृतिक मनोरन्ज, फेशन, फिल्मी प्रर्दशन जस्ता कार्यक्रमहरु आयोजना गर्दै आईरहेकी 'ईभेन्ट' आयोजक तथा निर्मात्री खुशीले अब भने आफ्नो खुशी ईभेन्टस् दर्ता गराएकी छिन् । नेपाली चलचित्र चकलेट तथा केही गुरूङ चलचित्रहरुका निर्मात्री समेत रहेकी खुशीले यहि आफ्नो ब्यानरको पहिलो प्रस्तुती सालैजो साँझ गर्दैछिन् । "गाउँघर, डाँडा पाखा, मेलापात, पुजाआजामा गुन्जिने सालैजो, प्रत्यक्ष कौडा झ्याउरे तथा पुराना मौलिक लोकगित तथा दोहोरी घम्साघम्सीसहितको लोकभाकाहरुले…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

लेटाङ्की शान्तिको अपिल

आफूलाई भोटिङ गरी उक्त प्रतियोगितामा विजयी गराउन पनि सबैलाई अपिल उर्लावारी/लेटाङ् लायान्सकी संस्थापक अध्यक्ष शान्ति ...