हङकङमा २३ औं विश्व आदिवासी दिवस


हङकङ खबर

हङकङ/ विदेशी भूमिमा रहेता पनि पहिचान र संघीयताका पक्षमा जोडतोड्ले आवाज उठाउन नेताहरुले एक कार्यक्रममा यहाँ बताएका छन् । नेपालमा एकल तानाशाही शासनको अन्त्य भई लोकतान्त्रिक संघीय गणतन्त्रको स्थापना भईसक्दा पनि राज्यसत्ता भने एकात्मकवादीहरुकै हातमा रहेको, उनीहरुको भनाई थियो ।

नेपाल आदिवासी जनजाती महासंघ हङकङले आकर्षक झाँकी तथा साँकृतिक कार्यक्रमसहित #आज मनाएको २३ औं विश्व आदिवासी दिवसमा वक्ताहरुले एकात्मकवादी शासकहरुले पहिचान तथा संघीयताका मुद्धालाई कमजोर बनाउने षड्यन्त्र गरिहेको चिन्ता प्रकट गर्दै आदिवासी जनजातीका हकहित, अधिकार, पहिचान, समानुपातिक उपश्थीति र समावेशिताका लागि आवाज उठाए ।

याउ मा तेई कम्युनिटी हल भएको कार्यक्रममा नेपालबाट पहिचान र संघियता पक्षधारका राष्ट्रीय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवा र लिम्बुवान आन्दोलनका नेता सन्जुहाङ पालुङवा विशेष वक्ताका रुपमा आएका थिए । महासंघका अध्यक्ष एम.बि. थापा मगरको सभापतित्वमा भएको कार्यक्रममा हङकङमा रहेका विभिन्न जातीय संघसंस्थाहरुका प्रमुख तथा प्रतिनिधीहरुका समेत उपश्थीति रहेको थियो । अरेन्द्र गुरूङका अनुसार, महासंधका उपाध्यक्ष दुर्गा मिलन गुरुङले स्वागत मन्तव्य राखेका कार्यक्रमलाई महासचिव हस्त मास्वाले संचालन गरेका थिए ।

तस्वीरहरु: अरेन्द्र गुरूङ/हङकङ

#हिजो प्रकाशित समाचारमा असावधानीवस, समाचारको शिर्षक ‘आदिवासी दिवस’ हुने हुनुपर्नेमा ‘आदिवासी दिवस सम्पन्न’ भएकोमा क्षमायाचनासहित सच्याउदछौं । साथै, ‘मनाउने छ’ हुनुपर्नेमा ‘मनाएको छ’ र ‘आमन्त्रित छन्’ हुनुपर्नेमा ‘आमन्त्रित थिए’ भएकोमा, दुवै वाक्यंश सच्याउदछौं । सम्पादक

हङकङ खबर हङकङ/ विदेशी भूमिमा रहेता पनि पहिचान र संघीयताका पक्षमा जोडतोड्ले आवाज उठाउन नेताहरुले एक कार्यक्रममा यहाँ बताएका छन् । नेपालमा एकल तानाशाही शासनको अन्त्य भई लोकतान्त्रिक संघीय गणतन्त्रको स्थापना भईसक्दा पनि राज्यसत्ता भने एकात्मकवादीहरुकै हातमा रहेको, उनीहरुको भनाई थियो । नेपाल आदिवासी जनजाती महासंघ हङकङले आकर्षक झाँकी तथा साँकृतिक कार्यक्रमसहित #आज मनाएको २३ औं विश्व आदिवासी दिवसमा वक्ताहरुले एकात्मकवादी शासकहरुले पहिचान तथा संघीयताका मुद्धालाई कमजोर बनाउने षड्यन्त्र गरिहेको चिन्ता प्रकट गर्दै आदिवासी जनजातीका हकहित, अधिकार, पहिचान, समानुपातिक उपश्थीति र समावेशिताका लागि आवाज उठाए । याउ मा तेई कम्युनिटी हल भएको कार्यक्रममा नेपालबाट पहिचान र संघियता पक्षधारका राष्ट्रीय जनमुक्ति…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

सरित सम्मानित

बिराज प्रधान  लोकल खबरका सल्लाहकार सम्पादक तथा स्वादेश नेपाल डट कमका प्रमुख सम्पादक एवं चर्चित ...