“राज्य संचालक शासकहरु अभैm एकात्मकवादी”

 

प्रमिला राई/इटहरी

नेपालको अन्तरिम संविधान २०६३ को प्रस्तावनामा प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन व्यवस्था लागू भई देश लोकतान्त्रिक संघीय गणतन्त्रमा प्रवेश गरे पनि राज्य सत्ता संचालक शासकहरु भने अभैm पनि एकात्मकवादी नै भएको टिप्पणी गर्दै पहिचान र संघीयताका पक्षधारहरु एकमत भई अधिकारका लागि लड्नु पर्ने आदिवासी जनजातीहरुका पहिचान र संघीयता पक्षधारका वक्ताहरुले बताएका छन् ।

२३ औं विश्व आदिवासी दिवशको अवसरमा नेपाल आदिवासी जनजाती युवा महासंघ नेपालले इटहरीमा आयोजना गरेको आदिवासी दिवश तथा सम्मान कार्यक्रम वक्ताहरुले यस्तो धारणा राखेका हुन् । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपमेयर लक्ष्मी गौतम, तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषर्द केन्द्रीय सदस्य केशरमान गुरुङ तथा नेपाल आदिवासी जनजाती महासंघ समन्वय परिषद सुनसरी जिल्ला अध्यक्ष राम कुमार राई लगायतका नेताहरुकको उपश्थीति रहेको थियो । सोही कार्यक्रममा, इटहरीका नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत सम्मान गरियो ।

विगत बर्ष जस्तै यस बर्ष पनि तमु गुरूङ, धिमाल, शेर्पा नेवार, थारु, तामाङ लगायतका जातजातीका आकर्षक झाँकी तथा साँकृतिक कार्यक्रमसहित दिवस भव्य मनाईएको थियो ।

 

  प्रमिला राई/इटहरी नेपालको अन्तरिम संविधान २०६३ को प्रस्तावनामा प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन व्यवस्था लागू भई देश लोकतान्त्रिक संघीय गणतन्त्रमा प्रवेश गरे पनि राज्य सत्ता संचालक शासकहरु भने अभैm पनि एकात्मकवादी नै भएको टिप्पणी गर्दै पहिचान र संघीयताका पक्षधारहरु एकमत भई अधिकारका लागि लड्नु पर्ने आदिवासी जनजातीहरुका पहिचान र संघीयता पक्षधारका वक्ताहरुले बताएका छन् । २३ औं विश्व आदिवासी दिवशको अवसरमा नेपाल आदिवासी जनजाती युवा महासंघ नेपालले इटहरीमा आयोजना गरेको आदिवासी दिवश तथा सम्मान कार्यक्रम वक्ताहरुले यस्तो धारणा राखेका हुन् । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपमेयर लक्ष्मी गौतम, तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषर्द…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

बेईज्जती होईन, खबरदारी ! (जनप्रतिनिधी राम बहादुर गिरी प्रति हाम्रौ उच्च सम्मान छ ।)

  गत हप्ता, बैशाख २९, शनिबार स्वादेश नेपाल, युट्यूब च्यानलका लागि स्थानीय रिर्पोट तयार पार्ने ...