धरानमा राइमनलाई सम्झिए

Ads.

Ads.

धरान खबर

गत मंगलबार राती एक बजे झुण्डिएर आत्माहत्या गरेका गायक एवं संगीतकार राइमन बान्तवा राईलाई पूर्वेली कला तथा गायन क्षेत्रका कलाकार तथा सर्जकहरुले सम्झिएका छन् । शुक्रबार धरानको भानुचौकमा क्यानडल लाइटद्धारा उनलाई श्रद्धाञ्जली अपर्ण गरियो ।

गायक एवं संगीतकार राइमन

खास नाम मदन भएका साइमन भोजपुरका हुन् । उनी धरान बसेर गीत तथा संगीत श्रृजना गर्थे । उनी पच्यात माध्यमिक विद्यालयका शिक्षक समेत हुन् ।

श्रद्धाञ्जली सभामा गायक एपी शेर्पा, किरण श्रेष्ठ, रोशन बान्तवा राई, गु सोल्टी, गायिका मेरी श्रेष्ठ, हर्षु राई लगायतका कलाकारहरुको उपश्थीति थियो ।

Ads.

पछिल्लो पटक उनले आफु असुरक्षित (कसैले मार्न खोजेको) रहेको भन्दै पत्रकार राजेश विद्रोही र गोपाल दाहाललाई भनेका, पत्रकारद्धयालले फेशबुक मार्पmत जानकारी गराएका छन् । त्यसपछि धेरैसँग सम्पर्कमा नरहेको, उनीहरुले फेशबुकमा लेखेका छन् ।

ततपश्चातः धरानबाट गुपचुप (सम्पर्कविहिन तरिकाले) काठमाण्डौं गएका र अचानक झुण्डिएर आत्माहत्या गर्नाले आत्माहत्या कसैको डर त्रासले गरेको हुनसक्ने शंका गर्न सकिन्छ, पूर्वेली कला तथा गायन समाजका संयोजक सोल्टीले फेशबुकमा भनेका छन्, उहाँले लिनु भएको यो अप्रिय निर्णय पीडादयी छ । तर, त्यो वाध्य भई डररत्रासमा लिईएको हो कि ! खोजी हुन जरूरी छ । सम्बन्धित निकायरपक्ष र सरोकारवालासँग सत्यतथ्य पत्ता लगाउनका लागि हार्दिक अनुरोध गर्दछौं ।

Ads.

धरान खबर गत मंगलबार राती एक बजे झुण्डिएर आत्माहत्या गरेका गायक एवं संगीतकार राइमन बान्तवा राईलाई पूर्वेली कला तथा गायन क्षेत्रका कलाकार तथा सर्जकहरुले सम्झिएका छन् । शुक्रबार धरानको भानुचौकमा क्यानडल लाइटद्धारा उनलाई श्रद्धाञ्जली अपर्ण गरियो । खास नाम मदन भएका साइमन भोजपुरका हुन् । उनी धरान बसेर गीत तथा संगीत श्रृजना गर्थे । उनी पच्यात माध्यमिक विद्यालयका शिक्षक समेत हुन् । श्रद्धाञ्जली सभामा गायक एपी शेर्पा, किरण श्रेष्ठ, रोशन बान्तवा राई, गु सोल्टी, गायिका मेरी श्रेष्ठ, हर्षु राई लगायतका कलाकारहरुको…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

बेईज्जती होईन, खबरदारी ! (जनप्रतिनिधी राम बहादुर गिरी प्रति हाम्रौ उच्च सम्मान छ ।)

  गत हप्ता, बैशाख २९, शनिबार स्वादेश नेपाल, युट्यूब च्यानलका लागि स्थानीय रिर्पोट तयार पार्ने ...