एनआरएनए जापानको महिला उपाध्यक्षमा गुरुङको उम्मेदवारी घोषणा

Ads.

उपाध्यक्ष अनिता लामा गुरुङ

जापान खबर 

तमु धीँ जापानकी वरिष्ठ उपाध्यक्ष अनिता लामा गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको लागि वर्ष २०१७–२०१९ कार्यकालको महिला उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छिन् । नेपाली समुदायमा उनले राम्रो छाप बसाएकी छिन् ।

गुरुङले विशेषगरि; महिला तथा बालबालिकाहरुको लागि काम गर्दै आईरहेकी छिन् । वर्ष २०११–२०१३ कार्यकालमा उनी कार्य समितिमा सदस्य रहेकी थिईन् भने वर्ष २०१३–२०१५ कार्यकालमा आइसीसी महिला प्रतिनिधि थिईन् । जापानमा नेपाली कला र संस्कृतिलाई प्रर्वद्धन तथा प्रचार गर्ने कार्यमा अतुलनीय भूमिका खेलेकी गुरुङले कला क्षेत्रलाई पनि सहयोग पु¥याउदै आएकी छिन् । उनी नेपाल फेस्टिबल २०१३ हुदाँ महिला विभागकी उपाध्यक्ष थिईन् ।

उनले “महिलाहरूमाथि हुने विभिन्न हिंसा न्यूनिकरण गर्न, सुत्केरी तथा बालबालिकाहरूको लागि आवश्यक सेवा तथा परामर्श सहज बनाउँन तथा सामाजिक संघ संस्थाहरूमा महिलाहरूलाई बढिभन्दा बढि सहभागि हुन उत्प्रेरित गर्न र उनीहरुभित्र लुकेका प्रतिभालाई प्रस्फुटित गर्न/गराउन” आपूmले उम्मेदवारी दिएकी प्रतिवद्धता पत्रमा जनाएकी छिन् ।

Ads.

अघिल्लो कार्यकालमा उपाध्यक्ष पदमै उम्मेदवारी घोषणा गरेर अन्तिम समयमा उनले उम्मेदवारी फिर्ता लिएकी थिईन् ।  प्रतिवद्धता पत्रमा उनले “विद्यार्थी, कुक, व्यवसायी, युवा, डिपेन्डेन्ट्स लगायत सम्पूर्ण नेपालीका समस्यालाई आपसी सहकार्यद्वारा समाधान गर्ने” पनि उल्लेख गरेकी छिन् ।

“एनआरएनए एक गैरराजनीतिक, गैरमूनाफा मूलक संस्था भएको” भन्दै आफु सामाजिक सेवा गर्न सधै उत्सुक रहेको  प्रतिवद्धता पत्रमा गुरूङले जनाएकी छिन् ।

“एक नारीको हैसियतले म आफूले जानेको, सिकेको र बुझेको कुरालाई नारीहरूको उत्थानमा योगदान गर्नै पर्दछ ।”, उनले प्रतिवद्धता पत्रमा भनेकी छिन्, “एनआरएनए जापानलाई समस्त जापानवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको भावनात्मक रुपमा समेत एक साझा संस्था बनाउन जोड़ दिनेछु ।”

उपाध्यक्ष अनिता लामा गुरुङ

गुरुङको प्रतिवद्धता पत्र :
आदरणीय जापानवासी आमा-बुवा, दिदी-बहिनी, दाजु-भाई र साथीहरूमा शितल अभिवादन । विदेशमा रहेका हामी नेपालीको एउटै छाता संस्था एनआरएनएको चुनाबी माहौल र प्रतिस्पर्धा संसारभर छरिएर रहेका नेपाली समुदाय भएका देशहरुमा चलिरहेछ ।

तदनुरुप नेपालीहरुको बाक्लो उपस्थिती रहेको साथै एनआरएनएको केन्द्रीय नेतृत्व तहमा पटक पटक बिभिन्न पदमा नेतृत्व गर्ने अग्रजहरु तयार गरेको र गर्दै गरेको एनआरएनए जापान, विश्वभरका नेपालीका लागि एक नमूना र मार्गदर्शक पनि हो । त्यसैले यस अभियानमा जोडिनका लागि मेरो सानो परिचय यहाँहरुसामु राख्न चाहन्छु ।

१० बर्ष अघि जापान आई यस अवधिमा विभिन्न संस्थामा आवद्व भै नेपालीको सेवा गर्न पाउँदा खुशी लागेको छ । जसको केही विवरण निम्नलिखित छन :

१. सर्वप्रथम आफू गुरुङको छोरी भएकोले मेरो सामाजिक सेवाको शुरुवात तमु धीँ जापानबाट भयो । यो संस्थामा लगातार आवद्ध भै हाल बरिष्ठ उपध्याक्ष पदमा सेवारत छु ।

२. जापान आई बिभिन्न पेशा ब्यवसाय गर्दै आउनु भएका मनाङवासीहरुको संस्था मनाङ सोसाइटी जापानको संस्थापक सदस्यको रूपमा अधाबधिक विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय छु ।

३. एनआरएनए जापानको २०११-२०१३ कार्यकालमा कार्यसमितिको सदस्य, २०१३-२०१५ आइसिसी महिला प्रतिनिधि रहि यस संस्थाले गर्दै आएका बिभिन्न सामाजिक कार्यहरूमा क्रियाशील ।

४. नेपाल फेष्टिबल २०१३ को मुख्य आयोजक महिला कमिटिमा उपाध्यक्ष पदमा रही नेपाली कला र संस्कृतिलाई जापानमा चिनाउने पवित्र कार्यमा सक्रिय भई कार्यक्रम भव्य र सभ्य रुपमा सफल ।

५. एनआरएनएको ग्लोबल सम्मेलन २०१४ तातेशिना नागानोकुमा सक्रिय सहभागिताका साथै एनआरएनएबाट हुने हरेक कार्यक्रमहरूमा सक्रियता ।

६. पूर्वी नेपाल सहकार्य विकास केन्द्र,जापानका विभिन्न सामाजिक क्रियाकलापहरुमा सकृय रुपमा आवद्दता ।

७. हामी महिलाहरुको समूहद्वारा नेपालमा ललितपूरको फुलचोकी उच्च माध्यमिक विद्यालय र दोलखाको विद्यालयमा २ जना गरिब तथा जेहेन्दार विद्यार्थी बहिनीहरूलाई ११ र १२ कक्षाको छात्रवृत्ति दिंदै आएको र अन्य ठाउँहरुमा पनि छात्रवृत्ति दिने प्रयासरत छौं ।

यस कारण मेरो उम्मेद्वारी:

महिलाहरूमाथि हुने विभिन्न हिंसा न्यूनिकरण गर्न,

सुत्केरी तथा बालबालिकाहरूको लागि आवश्यक सेवा तथा परामर्श सहज बनाउँन,

महिलाहरूलाई सामाजिक संघ संस्थाहरूमा बढिभन्दा बढि सहभागि हुन उत्प्रेरित गर्न,

महिलाहरूभित्र लुकेको प्रतिभालाई प्रस्फुटित गर्न गराउन, विद्यार्थी, कुक, व्यवसायी, युवा, डिपेन्डेन्ट्स लगायत सम्पूर्ण नेपालीका समस्यालाई आपसी सहकार्यद्वारा समाधान गर्न,

एनआरएनए एक गैरराजनीतिक, गैर-मूनाफा मूलक संस्था भएको र म आफूमा पनि सामाजिक सेवा गर्न सधै उत्सुक रहेको तथा एक नारीको हैसियतले म आफूले जानेको,सिकेको र बुझेको कुरालाई नारीहरूको उत्थानमा योगदान गर्नै पर्दछ भन्ने आकांक्षा भएकोले आउँदो एनआरएनए जापानको चुनावमा महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिँदैछु । सदा झैं यहाँहरुको सहयोग र साथको अपेक्षा गर्दै एनआरएनए जापानलाई समस्त जापानबासी दाजुभाई दिदी बहिनीहरूको भावनात्मक र एक मात्र साझा संस्था बनाउँन अझै जोड़ दिनेछु ।

Advt.

जापान खबर  तमु धीँ जापानकी वरिष्ठ उपाध्यक्ष अनिता लामा गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको लागि वर्ष २०१७–२०१९ कार्यकालको महिला उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छिन् । नेपाली समुदायमा उनले राम्रो छाप बसाएकी छिन् । गुरुङले विशेषगरि; महिला तथा बालबालिकाहरुको लागि काम गर्दै आईरहेकी छिन् । वर्ष २०११–२०१३ कार्यकालमा उनी कार्य समितिमा सदस्य रहेकी थिईन् भने वर्ष २०१३–२०१५ कार्यकालमा आइसीसी महिला प्रतिनिधि थिईन् । जापानमा नेपाली कला र संस्कृतिलाई प्रर्वद्धन तथा प्रचार गर्ने कार्यमा अतुलनीय भूमिका खेलेकी गुरुङले कला क्षेत्रलाई पनि सहयोग पु¥याउदै आएकी छिन् । उनी…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

सरित सम्मानित

बिराज प्रधान  लोकल खबरका सल्लाहकार सम्पादक तथा स्वादेश नेपाल डट कमका प्रमुख सम्पादक एवं चर्चित ...