डियर स्यालरी (बान्तवा अमोल)

डियर स्यालरी,
आज तिमीलाई मनैभित्रबाट पत्र लेख्न मन लाग्यो । प्रिय तलब जब तिमी आउछौं मन खुशीले गद्गद भएर आउछ अनि यस्तो लाग्छ कि संसार मेरै हो । तर तिमी कति निष्ठुरी है आउछौ २/३ दिनभन्दा बढी साथमा रहनै मान्दैनौं । म हरेक दिन ८ देखि १२ घन्टा तिम्रै लागि मिहेनत गर्छु । खै किन ! किन तिमी बिना मेरो जीवन शून्य लाग्छ मलाई । यो महिना त तिमी जम्मा चार घन्टा नि बस्न मानिनौ, आउछौ रे भन्ने सुनेर तिमीलाई भेट्न आएको थिए तर तिमी त कतै अन्तै जाने तयारीमा रहेछौ ।

किन यति साह्रै निष्ठुरी भएकि तिमी तलब रु तिमीसँग भेटेर धेरै कुरा गर्नु छ मलाई, आउने महिना आउदा चाहि अलि लामो बिदा लिएर आउनु है। यो पाली तिमी आएपछि सँगै बजार घुम्न जाने योजना बनाएको छु ।

अनि सुनत् ! यो चोटी अलिअलि दुब्लाएर आईछौ अब आउदा चाही मोटाएर आउनु ल ।
उहि तिमिलाई माया गर्ने
बान्तवा अमोल ।

बान्तवा अमोलको फेशबुकबाट साभार ।

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

पसिना हाेईन इमान गन्हायो (जनकॠषि राई)

आदिवासी जनजाती पत्रकार महासंघ (फोजिन) का पूर्व अध्यक्ष एवं लोकल खबर अनलाईनका सल्लाहकार पत्रकार जनकॠषि राईको ...