राप्रपा नेता दुर्घट्नामा

एल. एन. गच्छदार/विराटचौक (मोरङ)

पूर्वमा सडक दुर्घट्ना हुने क्रम रोकिएको छैन् । यहाँ आज भएको दुर्घट्नामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक नेता घाईते भएका छन् । मोरङ क्षेत्र नं. ८ का क्षेत्रीय अध्यक्ष ललित बहादुर कार्की घाइते भएका हुन् ।

Advt.

दिउँसो २ बजे एउटै दिशाबाट आएको माँ जगदम्बे सप्लायर्सको ना. ७ ख. २६२६ नंम्वरको टिपरले नेता कार्कीको को. २७ प. ४९७७ नंम्वरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिदा उनी घाईते भएका हुन् । उनको दायाँ खुट्टामा गम्भीर चोट लागेको छ । सुकुना सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि बिराट नरसिङ्ग हस्पिटल लगिएको थियो । हाल उनको अवस्था सामान्य छ । टिपर र टिपर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

जनसहयोगमा रुद्ध

  आफ्ना सन्तानहरुलाई नयाँ शैक्षिक सत्रदेखि जनसहयोगमा नै भर्ना गराउने प्रतिबद्धता तरहरा/इटहरी उपमहानगरपालिका वडा नंम्वर २०, ...