बस दुर्घट्नामा परि इटहरीमा एकको मृत्यु, पाँच घाईते

धरान । लोकल खबर

धरानबाट पूर्वतर्पm हिडेको एक यात्रुवाहक बस शनिबार इटहरीको हलगडा क्षेत्रमा पल्टिदा एकजनाको मृत्यु हुनका साथै पाँच घाईते भएका छन् । घाईतेहरुलाई इटहरीस्थित स्थानीय स्वास्थ्य केन्द्रहरुमा उपचार गराईएको थियो ।

तीव्र गतिमा हुईकिएको को १ ख ३६२३ नम्वरको बस शनिबार अपरान्ह सवा ५ बजेतिर दुर्घट्नामा परेको, इटहरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घट्नामा मृत्यु हुने मोरङ्ग उर्लावारी ४ निवासी ३५ बर्षीय मनोज विक रहेका हुन् । बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याएर उपचार गर्ने क्रममा उनको मृत्यु भएको हो । घाईते अन्य घर फर्किसकेको, बुझिएको छ ।

दुर्घट्नापछि तत्काल उद्दारका लागि पूर्वी पृतनाका नेपाली सेनाका जवानहरु लगायत स्थानीयवासीले सक्रियता देखाएका, बुझिएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरीले मुख्य सडकभन्दा तल पानीमा पल्टिएको बसलाई क्रेन लगाएर बाहिर निकालेको, प्रहरी जनाएका छन् । घट्नाको अनुसन्धान भईरहेको, बुझिएको छ ।

धरान । लोकल खबर धरानबाट पूर्वतर्पm हिडेको एक यात्रुवाहक बस शनिबार इटहरीको हलगडा क्षेत्रमा पल्टिदा एकजनाको मृत्यु हुनका साथै पाँच घाईते भएका छन् । घाईतेहरुलाई इटहरीस्थित स्थानीय स्वास्थ्य केन्द्रहरुमा उपचार गराईएको थियो । तीव्र गतिमा हुईकिएको को १ ख ३६२३ नम्वरको बस शनिबार अपरान्ह सवा ५ बजेतिर दुर्घट्नामा परेको, इटहरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घट्नामा मृत्यु हुने मोरङ्ग उर्लावारी ४ निवासी ३५ बर्षीय मनोज विक रहेका हुन् । बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याएर उपचार गर्ने क्रममा उनको मृत्यु भएको हो । घाईते अन्य घर फर्किसकेको, बुझिएको छ । दुर्घट्नापछि तत्काल उद्दारका लागि पूर्वी पृतनाका नेपाली सेनाका…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७५

काठमाडौं/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता ...