लुक्यो इतिहासमा सत्यता, खोज्दै पत्रकार

धरान/लोकल खबर

अंग्रेज फौजसँगको युद्धमा विरता र बहादुरीका साथ युद्ध लड्दै देशको अस्मिता जोगाएका इतिहासका एक नायकका बारेमा इतिहासले समेत सत्यता लुकाउन खोजेपछि, एकजना विद्धवान पत्रकार त्यसको खोजीमा निस्केका छन् ।

पत्रकार डण्ड गुरूङ

सेना नायक सरदार वंशु गुरुङले वि.सं. १८२४ मा सिन्धुलीको पौवागढी (आडा) मा भएको अंग्रेज फौजसँगको युद्धमा क्याप्टेन किनलकको अंग्रेज फौजलाई हराएर देशको अस्मिता जोगाएका थिए । तिनै साहसी, वीर र बहादुर योद्धा बारे एबिसि टेलिभिजनका पत्रकार तथा आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) का अध्यक्ष डण्ड गुरूङ सेना नायक सरदार वंशु गुरुङ र उनको इतिहासको खोजीमा छन् ।

पत्रकार गुरूङले आफ्नो फेशबुकमा अनुरोध गर्दै भनेका छन्, “सिन्धुलीगढीको युद्ध र वंशु गुरुङसँग सम्वन्धित कुनै पनि पुस्तक, लेख, सिलालेख लगायतका सामग्री छन् भने उपलव्ध गराइदिनु हुन अनुरोध गर्दछु । म वंशुको खोजीमा छु ।”

सम्पर्कका लागि उनको ठेगना तल उल्लेख गरिदिएका छौं ।
डण्ड गुरूङ– gurung.danda7@gmail.com Phone- 9841 215574

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

जनसहयोगमा रुद्ध

  आफ्ना सन्तानहरुलाई नयाँ शैक्षिक सत्रदेखि जनसहयोगमा नै भर्ना गराउने प्रतिबद्धता तरहरा/इटहरी उपमहानगरपालिका वडा नंम्वर २०, ...