एन.जी. ईन्टरटेनमेन्ट (परिचय)

एन.जी. ईन्टरटेनमेन्ट:
सुनसरी जिल्ला, इटहरी उपमहानगरपालिका (साबिकको हाँसपोसा गाविस) तरहरा, चौकमा आफ्नै निजी भवन भएको एन.जी. ई्न्टरटेनमेन्ट नेपाल सरकार, उद्योग मन्त्रालय, घरेलु तथा साना उद्योग कार्यालय, इटहरी, सुनसरीमा प्रा.फा.नं. १०७९४–०७२/०७३ मा दर्ता भएको संस्था हो ।

नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभाग, स्थायी लेखा नम्बर (पान) ३०४९८८६६२ भएको यस संस्थाले अखवार मुद्रण तथा प्रकाशन, श्रव्य, दृश्य सामाग्री तयार गर्ने (चलचत्रि तथा अडियो/भिडियो निर्माण गर्ने) गर्छ ।

प्रवन्ध निर्देशक बारे: 
एन.जी. ईन्टरटेनमेन्टका प्रवन्धक निर्देशक नवीन गुरूङ हुन् । विट्रिस आर्मी (युके) का सार्जन्ट बुवा स्वर्गिय बल बहादुर गुरूङ र हाल हङकङमा रहनु भएकी आमा श्रीमत्ती सार्जन्ट दिल कुमारी गुरूङका कान्छो सुपुत्रको रुपमा जन्मिएका प्रवन्धक निर्देशक गुरूङलाई साहित्य क्षेत्रमा एन.जी. तमू र कलाकारिता क्षेत्रमा गुरूङ सोल्टी भनेर पनि चिन्दछन् ।

मलेसियाको ग्यान्टिङ हाईलेण्ड, गोतङ जयामा रहेको ग्यान्टिङ ईन्टि ईन्टरनेशनल कलेजबाट होटल म्यानेजमेन्टमा ग्रेजुएसन गरेका गुरूङले उत्कृष्ठ कला प्रर्दशन गरेर मलेसियामा नै पनि सम्मान र पुरस्कार ग्रहण गरिसकेका छन् ।

हाल उद्योग वाणिज्य संघ, इटहरी, सङ्गीत रोयल्टी सङ्कलन समाज, नेपाल, चलचित्र निमार्ता सघंका साधारण सदस्य रहेका गुरूङ अन्य विभिन्न सामाजिक संघसंस्थाहरुमा समेत आवाद्ध छन् । गुरूङका ‘घाईतेको–पत्र’ (एक अन्तर मनको व्यथा), ‘गुरूङ सोल्टी, भाग–१’ (अडियो सिडि एल्बम) र ‘गुरूङ सोल्टी, भाग–२’ (भिडियो डिभिडि एल्बम) बजारमा प्रकाशन/रिलिज भईसकेका छन् भने नेपाली सामाजिक डिजिटल चलचित्र ‘नेपाल बन्द’ म्युजिक अफ नेपाल, युटयूब च्यानलमा रिलिज भईसकेको छ ।

उनको नेपाली फिचर फिल्म ‘भू. पू. लाहुरे’ प्रर्दशनको तयारीमा छ । गुरूङ सुनसरी जिल्लाबाट प्रकाशित साप्ताहिक पत्रिका ‘लोकल खबर’ तथा लोकल खबर अनलाईन डट कम  र गुरूङ सोल्टी एन्.जी. युट्यूब टिभीका सम्पादक तथा निर्देशक पनि हुन् ।

उद्देश्य:
#स्थानीय स्तरबाट साहित्य, कला, सूचना प्रविधि तथा संचार क्षेत्रको विकास र प्रर्वद्धन गर्ने ।
#स्थानीय प्रतिभाहरुलाई अवसर प्रदान गर्दै उनीहरुलाई परिचित गराउने । साथै, आ–आफ्नो क्षेत्रमा स्थापित गराउन सहयोग पु¥याउने ।
#विभिन्न समय/अवसरमा विभिन्न साहित्यीक, सामाजिक एवं गीत तथा साँगीतिक मनोरन्जनात्मक कार्यक्रमहरुको आयोजन गर्ने ।
#पत्रपत्रिका (प्रिन्ट तथा डिजिटल) तथा युटयूब च्यानल प्रकाशन/प्रसारण गर्ने । भविष्यमा आफ्नै टेलिभिजन संस्था संचालनमा ल्याउने ।
#पुस्तक, अडियो तथा भिडियो निरन्तर प्रकाशन/रिलिज गरिरहने । चलचित्र निमार्ण तथा उत्पादन गर्ने र देश विदेशमा त्यसको बजार व्यवश्थापन, शो र प्रर्वद्धन गर्ने ।       #स्थानीय उत्पादनलाई विश्वस्तरमा पु¥याउने र प्रचारप्रसारमा सहयोग गर्ने ।
#वार्षिक रुपमा स्थानीय साहित्यकार, कलाकार तथा संचारकर्मीहरुलाई प्रोत्सहानका निम्ति कदर/सम्मान कार्यक्रमको आयोजन गर्ने ।

लक्ष्य:
स्थानीय स्तरका कलाकार, सर्जक तथा प्रतिभाहरुलाई सामाजिक तथा आर्थिक हिसाबले सम्बृद्ध बनाई केन्द्रिय स्तरसम्म पहुच बनाईदिने ।

एन.जी. ईन्टरटेनमेन्ट: सुनसरी जिल्ला, इटहरी उपमहानगरपालिका (साबिकको हाँसपोसा गाविस) तरहरा, चौकमा आफ्नै निजी भवन भएको एन.जी. ई्न्टरटेनमेन्ट नेपाल सरकार, उद्योग मन्त्रालय, घरेलु तथा साना उद्योग कार्यालय, इटहरी, सुनसरीमा प्रा.फा.नं. १०७९४–०७२/०७३ मा दर्ता भएको संस्था हो । नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभाग, स्थायी लेखा नम्बर (पान) ३०४९८८६६२ भएको यस संस्थाले अखवार मुद्रण तथा प्रकाशन, श्रव्य, दृश्य सामाग्री तयार गर्ने (चलचत्रि तथा अडियो/भिडियो निर्माण गर्ने) गर्छ । प्रवन्ध निर्देशक बारे:  एन.जी. ईन्टरटेनमेन्टका प्रवन्धक निर्देशक नवीन गुरूङ हुन् । विट्रिस आर्मी (युके) का सार्जन्ट बुवा स्वर्गिय बल बहादुर गुरूङ र हाल हङकङमा रहनु भएकी आमा श्रीमत्ती सार्जन्ट दिल कुमारी गुरूङका…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply