लोकल खबर साप्ताहिक अब डिजिटल (प्रकाशकीय)

 

पत्रकार पत्रकारितामाथि लोकले गरेको विश्वास, चौंथो अंगको रुपमा राज्यबाट पाएको गरिमा आफ्नो अस्तित्वलाई जोगाई राख्नका निम्ति प्रेस जगत गम्भिर हुन जरूरी

विकाशको ढोका चेतनासँग जोडिएको हुन्छ । किनकी, विवेक र चेतनाले नै विकास हुने हो । समाजका प्रत्येकमा सहि विवेक र चेतना भए, समाज परिवर्तन र देश विकास गतिलो रूपले हुनेमा ढुक्क हुन सकिन्छ । निसन्देहः सञ्चारको त्यसमा ठूलो र महत्वपूर्ण भूमिका हुन्छ । किनकी, विवेक, चेनता र सूचनाको सहज सञ्चार अहिलेसम्म निसन्देहः मिडियाले नै गरिरहेको छ । त्यसमा पनि, समाजसँग रफतारमा जोडिदिने काम भने अहिले डिजिटल प्लेटफर्मले (digital platform) गरिरेहेको छ । यो कुईक–येसेसएबल (quick accessible) अर्थात, झट्टै प्रयोग गर्न सकिने भएकोले यसको प्रभाव र विस्तार नेपालमा पनि गतिलैसँग बढीरहेको छ ।

हामीले पनि हाम्रो अग्रसरता बढाउदै स्थानीय पाठक तथा शुभेच्छुकहरुकोे अत्याधिक अनुरोध र सहयोगमा साप्ताहिक रूपमा सुनसरीबाट प्रकाशित हुने लोकल खबर पत्रिकालाई अब डिजिटल पत्रिकाको स्वरूप दिएका हौं । आप्mनो पेशा, धर्म, मर्यदा र पत्रकारिताको ‘ईथिक्स’ प्रति ईमान्दार भएकै कारण सायद तपाईले लोकल खबर अहिले पनि खोजिरहनु भएको हो । हिजो जस्तै अब पनि हामी निरुन्तर सत्यता पहिले भन्ने मुख्य लक्ष्य र उद्देश्यका साथ खबर र विचार अनि सूचना सामाग्री प्रकाशित गरिरहने छौं ।

पत्रकारिता पेशा, धर्म, मर्यदा र यसको ‘ईथिक्स’ ईमान्दारितापूर्वक पालना भए, हिजो जस्तै आज पनि पत्रकार र पत्रकारिता प्रतिको आम हेराई र बुझाई सकारात्मक नै हुनेछन् भन्ने विश्वास लिन सकिन्छ । पत्रकार र पत्रकारितामाथि लोकले गरेको विश्वास, चौंथो अंगको रुपमा राज्यबाट पाएको गरिमा र आफ्नो अस्तित्वलाई जोगाई राख्नका निम्ति प्रेस जगत गम्भिर हुन जरूरी छ । सामाजिक, नैतिक तथा चारित्रिक मूल्य बलियो भए जस्तोसुकै कठिन र अप्रिय अवस्था/परिश्थीतिमा पनि जीत निश्चितः हाम्रै हुनेछ । लोकल खबर यस विषयमा सचेत, गम्भिर अनि चिन्तित छ ।

नवीन गुरूङ

प्रकाशक/सम्पादक

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply